नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ कायम रहेको छ । पछिल्लो कारोबारमा कोषको सेयर प्रतिकित्ता ५००८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा कोषको पहिलो कारोबार प्रतिकित्ता २७८४ रुपैयाँदेखि शुरु हुने छ ।

सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आज सोमबार सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३३८ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०७ रुपैयाँदेखि शुरु हुने छ ।

बोनसपछि मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज सोमबार मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९ रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३४१ रुपैयाँदेखि शुरु हुने छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर सहित) गरी १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सम्बन्धित समाचार मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, चुक्ता पुँजी पाैने ५ अर्ब नाघ्ने

सिनर्जी पावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आइतबार सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य समायोजन भएको छ । ४.७५ प्रतिशत बोनस सेयर पछि संस्थाको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँमा झरेको छ । जबकी यसअघि संस्थाको सेयर सेयर प्रतिकित्ता २१७ रुपैयाँमा कारोबार भएको थियो ।

बोनसपछि आशा लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ रहेको थियो ।

आरएसडीसी लघुवित्तसहित तीन वाणिज्य बैंकको सेयर मूल्य समायोजन, कसकाे कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । तीन वाणिज्य बैंक र एक लघुवित्त गरी चार कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । यी सबै कम्पनीको शुक्रबार(पुस १० गते) मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८१ रुपैयाँ कायम भएको छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ७१५ रुपैयाँमा भएको थियो । त्यस्तै, प्रभु बैंकका पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता ३७५ रुपैयाँमा भएको बैंकको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ । नेपाल बङ्गलादेश बैंकको ६ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २५० कायम भएको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको थियो । त्यसैगरी, आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ तय गरिएको छ । संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता ६३३ रुपैयाँमा भएको थियो ।

नबिल बैंकसँग मर्जको हल्लासँगै एनसीसी बैंकको सेयर मूल्यमा उछाल

काठमाडौं । नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलेपछि एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । एक महिनायता एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको छ । एक महिनाअघि प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको एनसीसी बैंकको सेयर बुधबार प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार बन्द भयो । बुधबार मध्यान्न ३८५ रुपैयाँसम्ममा कारोबार भएको थियो जुन मूल्य एक महिना पहिलाको तुलनामा ६३ प्रतिशतले बढी हो । पछिल्लो समय बैंकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । नबिल बैंकसँग मर्जको विषयमा छलफल भईरहेको तर यस्तो कुराकानी अहिलेसम्म अनौपचारिकतामा नै सीमित रहेको एनसीसी बैंकका एक उच्च अधिकारीले बताए । ‘साथीहरुले अनौपचारिक तवरले कुरा गरिरहनु भएको छ । कुराकानी सकारात्मक भएको रिपोर्टिङ गर्नु भएको छ । तर औपचारिक रुपमा सञ्चालक समितिमा छलफल भएको छैन’ उनले भने । नबिल र एनसीसी बैंकबीच मर्जको विषयमा नबिल बैंकको व्यवस्थापन तथा सञ्चालक समिति दुबै तहमा छलफल नभएको नबिल बैंकका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा भने । ‘नबिल बैंकले पहिलो पटक मर्जको प्रस्ताव  साधारणसभामा लैजादैछ । ग्लोबल आईएमई बाहेक निजी क्षेत्रका सबै बैंकले नबिलमा मर्ज हुन पाए हुन्थ्यो भने चाहाना राखेका छन् । प्रस्तावहरु आएका छन्’ उनले भने । पछिल्लो एक महिनामा नबिल बैंकको सेयर पनि प्रतिकित्ता ९७२ बाट १४८९ रुपैयाँ पुगेकाे छ । बैंकले ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यसमा ३३.५ प्रतिशत बोनस सेयर दिने निर्णय सञ्चालक समितिले गरेको छ । नबिल रोज्नुको तीन कारण एनसीसी बैंकले नबिल बैंक तीन कारणले रोजेको छ । पहिलो, नबिल बैंकको व्यवस्थापन राम्रो छ । सम्पत्तिको हिसाबले एनसीसी बैंक धेरै राम्रो छ । मर्ज हुँदा सिनर्जी आउँछ । दोस्रो, एनसीसी बैंकको ठूलो समस्या भनेको प्रवद्र्धकहरुबीचको झगडा हो । नबिल जस्तो ठूलो संस्थासँग मर्ज भएको एनसीसी बैंकका प्रवद्र्धकहरुको सेयर हिस्सा सानो हुन्छ । त्यसपछि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सवालदेखि विवाद निकालेर बैंकलाई अप्ठ्यारो पार्ने हैसियत एनसीसी बैंकका प्रवद्र्धकले गुमाउने छन् । तेस्रो, एनसीसी बैंकको नेटवर्क धेरै ठूलो छ । एनसीसीसँग मर्ज भएमा नबिल बैंकलाई ग्लोबल आईएमई वा एनआईसी एशिया जस्ता धेरै शाखा भएका बैंकसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।

बोनसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन

काठमाडौं। बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत बुधबार(पुस ८ गते) को अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लाभांश प्रभावः नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको सेयर मूल्यमा सर्किट

काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित बजार खुलेको केही अवधिमै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नबिल बैंकको सेयर मूल्यमा सर्किट लागेको हो । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५८६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २३५ रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २३५१ रुपैयाँमा भएको थियो । यो अवधिमा इन्स्योरेन्सको सेयर बेच्न इच्छुक कोही छैनन् भने एक लाख बढी कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । त्यस्तै, नबिल बैंकको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको छ । उच्च लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १४८९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३५ रुपैयाँले बढी हो । अघिल्लो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १३५४ रुपैयाँ थियो । यो समाचार तयार पर्दासम्म कम्पनीको १ लाख ९३ हजार ३५२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । उता बेच्न इच्छुक कोहि पनि देखिएका छैनन् । यी दुबै कम्पनीको लाभांश घोषणाको प्रभाव सेयर मूल्यमा परेको हो । दुबैले गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश वितरण गर्ने भएसँगै लगानीकर्ता यी कम्पनीको सेयरमा आकर्षित भएका हुन् । नेपाल लाइफ इन्स्योरेन्सले पुस ७ गते मात्रै गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । कम्पनीले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? त्यस्तै, नबिल बैंकले पनि पुस ६ गते मात्रै गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । बैंकले सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी

उच्च लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्याे ?

काठमाडौं । वाणिज्य बैंकमध्ये उच्च लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार काराेबार खुलेकाे केही समयमै कम्पनीकाे सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेकाे हाे । लाभांश घोषणा गरेपछिको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जुन अघिल्लाे दिनकाे तुलनामा १२३ रुपैयाँले बढेर प्रतिकित्ता १३५४ रुपैयाँ पुगेको छ । जबकी सोमबारको बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२३१ रुपैयाँ रहेको थियो । बैंककाे मार्केट डेप्थ अनुसार कम्पनीकाे सेयर किन्नेकाे चाप रहेकाे छ भने बिक्रीकर्ता काेही पनि छैनन् । याे समाचार तयार पर्दासम्म बैंककाे ८ लाख २९ हजार ६९७ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेकाे देखिन्छ । नबिल बैंकले हिजो सोमबार मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको थियो । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सम्बन्धित समाचार नेप्सेको इन्डेक्स नै हल्लाउने नबिलले जारी गर्यो लाभांश, अरु ४ कम्पनीले कहिले गर्लान् ? नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी

बोनसपछि सनराइज बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५३ रुपैयाँ थियो ।

बोनसपछि समता लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आज(पुस ५ गते) आइतबार समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ५५० रुपैयाँमा झरेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ रहेको थियो । यससँगै दोश्रो बजारमा संस्थाको पहिलो सेयर कारोबार प्रतिकित्ता ५५० रुपैयाँदेखि शुरु हुने छ ।

दोश्रो दिन पनि माउन्टेन इनर्जीको सेयर मूल्यमा सर्किट

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको दोश्रो दिन पनि माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सर्किट लागेको छ । पुस १ गते बुधबारदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको हो । पुस २ गते बिहीबार कारोबार शुरु भएको केहि समयमै कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले बढेर सर्किट लागेको हो । जुन अघिल्लो दिनकाे कारोबारको तुलनामा ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा कम्पनीको शुरुवाती सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँ रहेको थियो । अघिल्लो दिन बुधबारको बजारमा पनि कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर सर्किट लागेको थियो । बुधबारजस्तै बिहीबारको बजारमा पनि सेयर बेच्न इच्छुक कोही छैनन् । उता खरिद अडर दिनेको भने चाप देखिएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीको ८१ हजार ८४२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । सम्बन्धित समाचार कारोबार शुरु भएको केहि मिनेटमै माउन्टेन इनर्जीको मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

बोनसपछि चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । सोमबार चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार (मंसिर २८ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बोनसपछि अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको गत बिहीबार (मंसिर २५ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

साल्ट ट्रेडिङको सेयर मूल्य समायाेजन, प्रतिकित्ता कति ?

काठमाडौं। सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायाेजन भएकाे छ । कम्पनीकाे २५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६००० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७५०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बोनसपछि कुमारी बैंककाे सेयर मूल्य समायाेजन

काठमाडौं। सोमबार कुमारी बैंककाे सेयर मूल्य समायाेजन भएकाे छ । बैंककाे १०.८५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अरुण काबेलीको सेयर मूल्य समायोजन

काठमाडौं । अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.७१ प्रतिशत बोनस पछिको मूल्य समाजोन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ थियो । यससँगै आगामी आइतबार संस्थाको सेयर कारोबार प्रतिकित्ता २५४ रुपैयाँदेखि हुने छ ।

बाेनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज बिहीबार सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५१ रुपैयाँ थियो । मूल्य समायोजन पछिको कारोबारमा बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । बिहीबार कारोबार भइरहेको बजारमा कम्पनीको सेयर मूल्य ४.७४ प्रतिशतले बढीसकेको छ । दिउँसो १२ बजेसम्ममा बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेर प्रतिकित्ता २४३ रुपैयाँ पुगेको छ ।

बोनसपछि एनआईसी एशियाको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बुधबार (मंसिर १० गते) एनआईसी एशिया बैंको सेयर मूल्य समायोजन भएको छ । बैंकको १९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो । यससँगै बुधबारको बजारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ५८६ रुपैयाँदेखि शुरु हुने छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश(१९ प्रतिशत बोनस र १ प्रतिशत नगद) वितरण गर्ने निर्णय गरेको थियो । यससँगै मंसिर ९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको उक्त बाेनस पाउने भएका छन् ।