अब सांसदलाई स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम मार्फत ४ करोड
काठमाडौं । सरकारले संसदिय क्षेत्र विकास कोषको साटो स्थानीय पुर्वाधार विकास साँझेदारी कार्यक्रम अघि सारेको छ । बजेटले ४ करोड लागतमा मार्फत ३ बर्षमा सडक खानेपानी, सिंचाई, नदि नियन्त्रणका अधिकतम ५ वटा आयोजना मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरेको हो । त्यसमा प्रतिनिधी सभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा संघिय, प्रदेश र स्थानीय तहका प्रतिनिधीको समन्वय र सहजीकरणमा लागत साँझेदारी मार्फत ती कार्यक्रमलाई सञ्चालन गर्ने व्यवस्था गरेको हो ।
यातायात क्षेत्र विकासको लागि ५० अर्ब ५० करोड
काठमाडौं । यातायात क्षेत्रको विकास गर्न ५० अर्ब ५० करोड विनियोजन गरिने छ । सरकारले आर्थिक वर्ष २०७५ ०७६ मा यातायात क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरिएको हो ।
७५० मेगावाटको पश्चिमसेती आयोजना स्वदेशी लगानीमा बन्ने
काठमाडौं । सरकारले प्रस्तावित ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ । चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेशनबाट खोसेर सरकार आफैले स्वदेशी लगानी जुटाएर बनाउने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट सार्वजनिक गर्दै पश्चिमसेती स्वदेशी लगानीबाट बनाउने घोषणा गरेका हुन् । सरकारले गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीमा बनाउन शिफारिश गरेको थियो । समितिको शिफारिशका आधारमा आयोजना नेपाल आफैले बनाउन लागेको हो ।
काभ्रेको नागिडाडाँमा आन्तरिक विमानस्थल बनाइने
काठमाडौं । सरकारले काभ्रेको नागीडाँडामा वनेपा आन्तरिक विमानस्थल निमार्ण गर्ने भएको छ । विमानस्थल निर्माणका लागि आगामी वर्षदेखि गुरुयोजना तयारी हुने भएको छ ।
हवाइ क्षेत्रको बजेट १९ अर्ब ३५ करोड
काठमाडौं । सरकारले आगामी आवमा हवाइ क्षेत्रकालागि १९ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चुरेको मदन भण्डारी लोकमार्गलाई ४ अर्ब ५० करोड
काठमाडौं । सरकारले चुरे क्षेत्रमा निर्माण हुने मदन भण्डारी लोकमार्गका लागि ४ अर्ब ५० करोड रुपैंयाँ विनियोजन गरेको छ । १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्गले इलामको मेचीनगरदेखि डढेलधुरासम्मको चुरे क्षेत्रलाई समेट्ने छ । धरान–चतरा–गाइघाट–सिन्धुली–हेटौँडा सडकलाई नै विस्तार गरेर मेची देखि महाकाली पुर्याउन लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।
घर विहिन सबै परिवारलार्इ जस्ता किन्न ५० हजार अनुदान, भूकम्प पीडितले पनि पाउने
काठमाडाैं । सरकारले अावास विहिन सबै परिवारलार्इ जग्ता र काठ किन्नलार्इ प्रति परिवार ५० हजार अनुसान दिने भएकाे छ । यस्ताे सुविधा भूकम्प पीडितले पनि पाउने अर्थमन्त्री युवराज खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।
उद्योगको बजेट साढे १० अर्ब
काठमाडौं । सरकारले उद्योग क्षेत्रका लागि १० अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।