विकासन्युज

नारायणगढ-मुग्लिन सडकको ७४ प्रतिशत काम सम्पन्न, अझै तीन महिना मिति थप्ने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिँदैछ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताए । ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । उनले भने, “ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने गरी मिति थपिन्छ ।” आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ । दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो । दिउँसोमा काम गर्दा प्रभावकारी भएको इञ्जिनियर खनालले बताए। उनले भने, “अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।” भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ । खनालका अनुसार फेब्रुअरी ४ तारिखका दिन एकै दिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुन आउँछ । हालसम्म तीनवटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । सडकलाई तीनखण्ड गरेर ठेक्का दिइएको छ । पहिलोखण्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्नितर्फ छ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ । दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीले १० दशमलव ७ किलोमिटरमध्ये हालसम्म ७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले १२ दशमलव १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त सडकखण्ड ३३ दशमलव २ किलोमिटर रहेको छ । जसमध्ये ५५ प्रतिशत भाग कालोपत्र गरिएको हो । तीनखण्डमध्ये सबैभन्दा बढी बीचको सडकखण्डको काम प्रभावकारी देखिएको छ । खनालका अनुसार यही गतिमा काम भएमा सो खण्ड भने आउँदो एक महिनामा सम्पन्न हुनेछ । अन्य दुई खण्ड पनि चैतसम्ममा भित्तो काट्नु पर्नेबाहेक अधिकांश भाग कालोपत्र भइसक्ने उनले बताए । सो सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नु पर्नेमध्ये १२० मिटर काटिसकिएको छ भने १८० मिटर काट्न बाँकी छ । त्यसको पनि माथिल्लो भाग काटिएको छ । घुमाउनेमा २०० मिटर भित्तो काट्नु पर्नेमा १०० मिटरमात्रै बाँकी छ । सोको पनि माथिल्लो भाग निकै तल झरेर आठ मिटर उचाइमा आइपुगेको छ । सो क्षेत्रमा ४४ मिटर अग्लो पहाड थियो । उता तेस्रो सडकखण्डको भने चेपाङ डाँडामा २०० मिटर पहाड काट्नु पर्ने छ । सोको भने निकै कममात्रै प्रगति भएको देखिन्छ । सो पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताए । नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । रासस

भ्यालेन्टाइनका लागि २ लाख २० हजार स्टीक गुलाफ बुक, १ लाख ७० हजार भारतीय

काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि बिहीबारदेखिनै भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख ७० हजार स्टीक गुलाफ फेब्रुवरी १३ सम्ममा भारतबाट मुलुकमा भित्रिसक्ने व्यवसायीहरुले बताएका छन् । फ्लोरीकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले भ्यालेन्टाइन डेको चहलपहल सुरु भइसकेको बताए । उनका अनुसार बिहीबारदेखि नै भारतबाट गुलाफको आयात हुन थालिसकेको छ । यो भ्यालेन्टाइन डेको लागि खुद्रा पुष्प व्यवासयीहरुबाट २ लाख २० हजार स्टीक गुलाफको माग भएको छ । ‘सो माग गएको वर्षभन्दा करिब १६ प्रतिशत बढी हो,’ उनले भने ‘गएको वर्षको भ्यालेन्टाइन डेमा १ लाख ९० हजार स्टीक गुलाफको कारोबार भएको थियो ।’ प्रत्येक वर्ष २०/३० हजार गुलाफको माग बढीरहेको उनको भनाइ छ । उनले अझै पनि भ्यालेन्टाइनको लागि माग अनुुसार स्वदेशमै गुलाफको उत्पादन हुन नसकेको बताए । ‘यो सिजनमा भ्यालेन्टाइन डेको लागि ५० हजार स्टीक गुलाफ मात्रै स्वदेशमा उत्पादन भएको छ,’ उनले भने ‘बाँकी गुलाफ भारतबाट आयात हुने गरेको छ ।’ पुष्पा व्यवसायीहरुका अनुसार यो भ्यालेन्टाइनमा प्रतिस्टीक गुलाफ ५० देखि ११० रुपैयाँसम्ममा उपलब्ध हुनेछ । हाल बजारमा १३/१४ किसिमका गुलाबहरु उपलब्ध छन् । जसमध्ये भ्यालेन्टाइनको समयमा ९० प्रतिशत रातो गुलाब खपत हुदै आएको छ । भ्यालेनटाइनबाहेकको अबधिमा पनि आन्तरिक उत्पादन भएको ५/७ हजार स्टीक गुलाफ बिक्री हुनेगरेको छ । एशोसिएशनको अनुसार भ्यालेन्टाइनबाहेकको सयमा गुलाबको बजार आन्तरिक उत्पादनलेनै धान्ने गरेको छ । यद्यपि भ्यालेन्टाइनको समय पुस, माघ र फागुनमा महिनामा भने जाडो मौसम भएको कारणले स्वदेशी उत्पादन घटेर १५ प्रतिशतमा मात्रै सिमित हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै पुष्प व्यवसायीहरुले आयातीत गुलाफलाई प्रतिस्थापन गर्न गुणस्तरीय गुलाफ फार्म, हाइटेक ग्रिनहाउस लगायतको विकास गर्नेक्रममा रहेको व्यवसायीहरुले जानकारी दिएका छन् । एशोसिएशनको अध्यक्ष श्रेष्ठले समग्र पुष्प व्यवसायमा गुलाफको व्यापारको हिस्सा ६/७ प्रतिशत हुने गरेको बताए । उनका अनुसार मुलुकको पुष्प व्यवसायको आकार १ अर्ब ७१ करोड रुपैयाँकोे छ । ‘जसमा यो भ्यालेन्टाइनको अबधिमा मात्रै करिब २ करोड रुपैयाँको गुलाफको कारोबार हुने अपेक्षा गरेका छौं,’ उनले भने ।

नेपाल इन्टरमोडेल यातायातमा २३ जनालाई सरकारी जागीर खाने अवसर

काठमाडौं । नेपाल इन्टरमोडेल यातायात विकास समितिले एकै पटक २३ जना कर्मचारी मागेको छ । यातायातमा रिक्त रहेका अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटर र साहायक स्तरका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्नका लागि दरखास्त फारम खोलेको हो । यातायातले प्रशाासन तर्फ ११ जना, प्रविधिक तर्फ ८ जना र विविधमा ४ जनाको लागि विज्ञापन खुलाएको छ । दरखास्त दिन इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित फागुन २६ सम्म अनलाइन फारम भर्न सक्नेछन् । यातायतले जारी गरेको सूचना अनुसार फारम भर्नको लागि दिनको ११ बजे देखि ३ बजेसम्म पाइनेछ । यातायातले तह १० को लागि १५ सय ५०, तह ९ को लागि १२ सय ५०, तह ८ को लागि १०५०, तह ७ को लागि ९ सय ५०, तह ५ को लागि ६ सय २५, तह र ४ को लागि ५ सय २५ रुपैंया परिक्षा शुल्क तोकेको छ । इन्टरमोडेल यातायातले हाल नेपालको विभिन्न स्थानमा सुख्खा बन्दारगाह निर्माण गर्दै आएको छ । यसैगरी चोभारमा १०५४ रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निमार्ण गरिरहेको छ ।

सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने, हाइड्रो पावर र माइक्रोफाइनान्सबाट धेरैले हात धुनुपर्ने

काठमाडौं । अब सूचिकृत कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धी निर्देशिका मार्फत सूचिकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था गरेको हो । यो व्यवस्था आगामी साउन १ गतेदेखि कुनै पनि सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने व्यवस्था लागु गर्न लागेको हो । हाल कार्यकारी अध्यक्षले सञ्चालन गरिरहेका कम्पनीहरुले असार मसान्तसम्ममा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फरक फरक व्यक्ति बनाईसक्नुपर्नेछ । हाल अधिकांश हाइड्रो पावर कम्पनी र माईक्रोफाइनान्स कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र प्रमुख कार्यकारीको जिम्मेवारीमा छन् । साउन १ गतेदेखि भने त्यस्ता कम्पनीहरुले अनिवार्यरुपमा अध्यक्ष र कार्यकारी प्रमुख अलग अगल व्यक्तिलाई तोक्नुपर्नेछ । धितोपत्र बोर्डले एकाघर भित्रका सदस्यहरु एक भन्दा बढिलाई एउटै कम्पनीमा एक जना भन्दा बढि सञ्चालक बनेमा बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरेको छ । त्यस्तै कुनै पनि सूचिकृत कम्पनीमा सञ्चालकको नियुक्त साधारण सभाले मात्रै गर्न पाउने व्यवस्था समेत निर्देशिकामा गरिएको छ । अब सञ्चालकहरुको भत्ता तथा अन्य सुविधा समेत साधारण सभाले पारित गरेपछि मात्रै लागु हुनेछ । बिशेष गरि गुरु न्यौपानेको परिवार जोडिएक हाइड्रो पावर कम्पनीमा कार्यकारी अध्यक्षको अभ्यास रहेको छ । त्यस्तै अधिकांश माइक्रोफाइनान्स कम्पनीमा समेत त्यस्तै व्यवस्था रहेको छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)ले नै माइक्रोफाइनान्स कम्पनीहरुमा कार्यकारी अध्यक्षको व्यवस्था रहन सक्ने सुबिधा दिएको थियो ।  

अब ट्रेडमार्क पनि अनलाइन प्रणालीबाटै, ७० हजार ट्रेडमार्क डिजिटाइजेशन गरिने

काठमाडौं । उद्योग विभागले ट्रेडमार्कलाई अनलाइन प्रणालीमा लाने तयारी गरिरहेको छ । त्यसको सुरुवात स्वरुप चालु आर्थिक वर्षभित्र ७० हजार दर्ता हुने ट्रेडमार्कलाई विभागले डिजिटाइजेशन गर्ने भएको छ । ट्रेडमार्क दार्ता पक्रिया सहज बनाउनदै आवश्यक रेकर्ड समयमै तुरुन्त प्राप्त गर्ने उद्देश्यले विभागले ट्रेडमार्कलाई अनलाईन प्रणालीमा लाने तयारी गरेको हो । विभागका वौद्धिक सम्पत्ति शाखाका निर्देशक दण्डपाणी भुसालले ट्रेडमार्कलाई अनलाइन प्रणालीमा लाने तयारी भइरहेको बताए । ‘जसअनुरुप चालु आर्थिक वर्षभित्र विभागमा दर्ता हुन आउने विभिन्न कम्पनीका ७० हजारभन्दा बढी ट्रेडमार्कलाई कम्प्युटरमा डिजिटाइजेशन गर्नेछौं,’ उनले भने ‘त्यसका आवश्यक प्रक्रियाहरु अगाडी बढिसकेको छ ।’ उनका अनुसार ट्रेडमार्कलाई डिजिटाइजेशन गरेपछि कम्पनीहरुको ट्रेडमार्कको सफ्ट फाइल कम्प्युटरमा राखिनेछ । हालसम्म ट्रेडमार्कको फाइल कागजमा मात्र राखिने गरेको छ । केही ट्रेडमार्कका सनातिना बिवरण मात्र कम्प्युटरमा राखिएको छ । ट्रेडमार्कलाई डिजिटाइजेशन गरेपछि उद्योग दर्ता, राजस्वको प्रमाण–पत्र, कर दर्ता, ट्रेडमार्कका नमुना लगात अवश्यक ट्रेडमार्क सम्बन्धि सम्पूर्ण कागजातलाई कम्प्युटरमा फाइल बनाएर सुरक्षित राखिने उनको भनाइ छ । जसबाट आवश्यक कागजात समयमै सहजै उपलब्ध हुन सकोस् । उनले ट्रेडमार्क डिजिटाइजेशनसन भएपश्चात कम्पनीको फाइल चोरी हुने, कागजातको क्षति तथा दुरुपयोग हुने लागयतका विविध जोखिमबाट जोगिने बताए । साथै उक्त डिजिटाइजेशन प्रणाली समयको माग समेत रहेको उनको बुझाइ छ । विभागका लेखा अधिकृत अवधेश शाहले ट्रेडमार्कलाई डिजिटाइजेशनमा लैजान हाल तीन ओटा कम्पनी छनौटमा परेको बताए । उनका अनुसार रेडियन्ट इन्फोटेक, वाईसीओ प्रालि, योङ माइन्डस क्रीएसन रहेको छ । ‘ती कम्पनीहरुको प्राविधिक र आर्थिक प्रस्ताव मूल्याङकन गरिरहेका छौं,’ उनले भने ‘मूल्याङ्कन आउने हप्ताभित्र गरिसक्ने भइसक्नेछ ।’ ट्रेडमार्कको डिजिटाइजेशनले लेखा प्रणाली व्यवस्थित हुने उनको भनाइ छ । उनको अनुसार ट्रेडमार्क डिजिटाइजेशनको लागि गएको कातिकमै विभागले आशय–पत्र (इओआई) खुलाको थियो । जसबाट ७ ओटा आईटी कम्पनीहरुले निवेदन बुझाएका थिए । जसबाट प्राविधिक क्षमताको आधारमा तीन ओटा कम्पनीलाई छनौट गरिएको थियो । ती कम्पनीहरुलाई आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको छ । लेखा अधिकृत शाहले उक्त कार्यक्रमको लागि सरकारले ४४ लाख रुपैयाँ बजे विनियोजन गरेको बताए । निर्देशक भुसालका अनुसार हाल विभागमा ४५ हजारको हाराहारीमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका ट्रेडमार्क दर्ता भएका छन् । चालु अर्थिक वर्षको अन्तसम्ममा उक्त संख्या बढेर ७० हजार पुग्ने छ । उक्त सबै दर्ता भएको ट्रेडमार्कलाई जिजिटाइजेशन गरिनेछ । ‘ट्रेडमाकासँगै वौद्धिक सम्पत्ति अन्तर्गतका विधाहरु पेटेन्ट र डिजाइनलाई समेत डिजिटाइजेशन गर्ने योजना छ,’ उनले भने । उनका अनुसार अहिले करिब ७५ संख्यामा पेटेन्ट र डेढ सयको हाराहारिमा डिजाइन विभागमा दर्ता छ ।

प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई सघाउने केपी ओलीको प्रतिवद्धता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अष्टलक्ष्मी शाक्यलाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा सघाउने बचन दिएका छन् । अध्यक्ष ओली र मुख्यमन्त्रीको दावेदार शाक्यबीच बिहीबार गोप्य भेट भएको थियो । सो भेटमा अघि बढ्न ओलीले शाक्यलाइ संकेत गरेको स्रोतले जनायो । शुक्रबार हुने मुख्यमन्त्रीको निर्वाचनमा अष्टलक्ष्मी र एमालेका अर्का नेता राजेन्द्र पाण्डेले पनि दावी गरेका छन् । दुबैले मुख्यमन्त्रीको दावी गरिरहेका बेला अध्यक्ष ओलीले सुटुक्क अष्टलक्ष्मीलाई भेटेका हुन् ।

सगरमाथा इन्स्योरेन्सले वरुण डेभलपर्सलाई दियो ३१ करोड भुक्तानी, भूकम्पको २८०० दावी फर्छ्योट

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बरुण डेभलपर्सलाई ३१ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । ०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको कारणबाट परेका मध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको हो ।   राजधानीको धापासीमा रहेको पार्क होराइजन एपार्टमेन्टको क्षति सम्बन्धी दाबीवापत सो रकम भुक्तानी गरेको सगरमाथाले जनाएको छ । भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दावी मध्ये एउटै बीमालेखमा गरिएको यो नै सबैभन्दा ठुलो भुक्तानी भएको कम्पनीले जनाएको छ । योसँगै कम्पनीले भूकम्पको समयमा परेका करिब २ हजार ८ सय दाबी फर्छ्योट गरेको छ । कम्पनीले १ करोड रुपैयाँ भन्दा माथिका २५ वटा दाबीको भुक्तानी गरेको छ । जसमा वेस्टार प्रपर्टिज प्रालिलाई १९ करोड ७६ लाख ५ हजार, सांग्रिला हाउजिङ्ग प्रालिलाई ६ करोड ८७ लाख ७८ हजार, युनिक हाईडेल कम्पनीलाई ५ करोड ९६ लाख २६ हजार, कृष्णबहादुर गुरुङलाई ५ करोड ५५ लाख ६६ हजार र बज्र एण्ड साँग्रिला रेसिडेन्सी प्रालिलाई ५ करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी रोयल आर्किड डेभलपर्स प्रालिलाई ४ करोड ८७ लाख ६४ हजार, कान्तिपुर पब्लिकेशन प्रालिलाई ३ करोड ३१ हजार, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई २ करोड ५ लाख ४८ हजार र कोङ्गदी होटललाई २ करोड रुपैयाँ भुक्तानी गरेको हो । हिमालयन डिकोर रगसलाई १ करोड ९९ लाख ९९, पवन फुँयाललाई १ करोड ८९ लाख ९९ हजार, शेर्पा साँग्रिला रिसोर्टलाई १ करोड ८० लाख, सिभिल स्टेट प्रालिलाई १ करोड ६० लाख, सिभिल बिजनेश कम्प्लेक्स प्रालिलाई १ करोड ५९ लाख ५० हजार, ट्रान्सट्रिप गार्मेन्ट इन्डष्ट्रिज प्रालिलाई १ करोड ५० लाख, बैंक अफ काठमाण्डूलाई १ करोड १८ लाख ५८ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । बरुण बेभरेज नेपाललाई १ करोड १७ लाख ८५ हजार, प्लाटिनम डेभलपर्सलाई १ करोड १५ लाख ३१ हजार, निमा मोक्तान र कान्छिनानी तामाङनीलाई १ करोड १३ लाख ५० हजार, दिपज्योति शैक्षिक प्रष्ठिानलाई १ करोड ९ लाख ७४ हजार र जगतलाल शाहीलाई १ करोड ४ लाख २१ हजार भुक्तानी गरेको हो । सगरमाथाले सह–बीमाअन्तर्गत अन्यबाट पर्न आएका दावी मध्ये हिमालयन जनरल इन्स्योरेन्स सँगको डाउन टाउन हाउजिङलाई २ करोड ३६ लाख ११ हजार र नेको इन्स्योरेन्ससँगको अश्विनी मेडिकल कलेज एण्ड हस्पिटललाई १ करोड ८३ लाख ६२ हजार हजार भुक्तानी गरेको छ ।

सोनीको नयाँ शोरुम दरवारमार्गको शेर्पामलमा

काठमाडौं । सोनीको नयाँ शोरुम काठमाडौंको दरवारमार्ग स्थित शेर्पामलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक बिक्रेता नेपाहिमा टे«ड लिंकले बिहिबारबाट उक्त शोरुम सञ्चालनमा ल्याएको हो । बिहीबार एक कार्यक्रमबीच सोनीको विजनेस हेड जेरिमाई हेङ्ग, चर्चित निर्देशक निश्चल वस्नेत र नेपाहिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवर सट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआर सिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् । यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिममल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।