एनएमबि बैंकले ल्यायो आकर्षक अटो लोन, ५ वर्षसम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै
काठमाडौं । एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको छ । बैंकका अनुसार यस नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव-चडाबको तनावबाट उन्मुक्ति दिने भएको छ । यो अटो लोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको छ । यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
एनसेलको फोरजी सेवा अब कोहलपुर र विरेन्द्रनगरमा, शुक्रबारदेखि संचालनमा
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर – कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) – मा विस्तार गरेको छ । यहि शुक्रबार (भदौ १६) देखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कोहलपुर र विरेन्द्रनगरमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लाभ लिन सक्नेछन् । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ३ दिनको लागि मान्य हुनेछ । फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा, एनसेलले यी दुई शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनि उपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् । कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरहरुमा पुगेको छ । एनसेलले फोरजी सेवा पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा संचालनमा ल्याएको थियो । कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल लगायत नेपालगञ्जमा पनि उपलब्ध छ । ‘‘एनसेलले आफ्नो प्रतिवद्धता बमोजिम थप शहरहरुमा फोरजी सेवा बिस्तार गरेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पाेरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने आफ्नो लक्ष्य अनुरुप हामी देशका अन्य शहरहरुमा पनि क्रमशः फोरजी/एलटिई सेवाको विस्तार गर्दै जाने छौ जसले धेरै भन्दा धेरै जनसंख्यालाई नयाँ प्रविधिमा पहुँच सुनिश्चित गरी र नयाँ अवसरहरु प्रदान गर्नेछ,’’ आचार्यले भने । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । ‘‘फोरजीको विस्तार बाहेक, हामी आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक अफरहरु ल्याउन प्रतिबद्ध छौं,’’ आचार्यले भने । फोरजी/एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र निःशुल्क योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्नेछन् ।
सिप्रदीद्धारा नाडा अटो शोमा म्याक फोरटी रोयल सार्वजनिक
काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नाडा अटो शो मा म्याक फोरटी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार म्याक फोरटी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरि उत्पादन गरिएको सेमी सिन्थेटिक आयल हो । साथै कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्ताहरुलाई सो उत्पादन प्रयोग गर्न आग्रह समेत गरेको छ । यसले उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न सक्छ । यसका साथै यसको छिटो पिकअपले रोमाञ्चक ड्राइभिङ्ग अनुभव प्रदान गर्दछ । यसले अक्सिडेसन स्थिरतालाई बढाउँछ जसले गर्दा इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्दछ । लुब्रिकेन्टको उत्पादनहरुलाई निरन्तर रुपमा विस्तार गरि म्याकलाई ग्राहकहरुको पहिलो रोजाईको रुपमा स्थापित गराउने क्रममा म्याक फोरटी रोयललाई भारत पेट्रोलियम कर्पोरेशन लि. ले भारतमा उद्घाटन गरिसकेको छ । उक्त कम्पनीले लुब्रिकेन्ट वर्गमा गुणस्तरीय उत्पादनहरु जस्तै अटामोटिभ इीन्जन, गियर आयल, ट्रान्समिसन आयल, स्पेसियालिटी आयल र ग्रिज जस्ता उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
आर्थिक रुपमा सबल बन्न चीनसँग अधिकतम फाइदा लिनुपर्छः मन्त्री महरा
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले चीनले सुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताए । बिहीबार नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा) को उद्घाटनमा बोल्दै मन्त्री महराले नेपालले आर्थिकरुपमा सबल बन्न बिआररआई अधिकतम फाइदा लिनुुपर्ने जोड दिएका हुन् । “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ,”उनले भने । उनले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदै नेपाली र चिनियाँबीच राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने बताए ।नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्न सडक निर्माण जस्ता पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए । लुम्विनी नीकै ठुलो पर्यटकीय स्थल भएकाले सो ठाउँमा पुग्नको लागि उपयुक्त बाटो विस्तारको रणनिती ल्याउने मन्त्री महराले बताए । ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘चीनसँग राम्रो सम्बन्ध कायम गरेर हामीले पर्यटन क्षत्रमा निकै फाइदा लिन सक्छौं ।’ नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा पर्यटन प्रमुख सुर्य थापाले इतिहासलाई स्मरण गर्दै बुद्ध भारतमा जन्मिएको भनेर उत्तर कोरियामा पाठ्य पुस्तकबाट हटाइएता पनि जापानमा भने कायम नै रहेको हुनाले सो भ्रम हटाउन जोड दिए । उनी भने, ‘चीनसँग नेपालको एतिहासिक सम्बन्ध रहेको छ, त्यसैले नेपालको पुर्वाधार विकास, आर्थिक समुन्ती तथा भविष्यसँग चीन जोडिएको छ ।’ काठमाडौं, पोखरा लुम्बिनीलाई सुरक्षित र फराकिलो बाटो बनाए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने चीनका भुतपुर्व राजदुत टंक कार्कीले बताए । उनले भने, ‘टालटुले नीति नलिइ उपयुक्त रणनीति अपनाएर आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने देखिन्छ ।’ कार्यक्रममा संस्थाका तर्फबाट अनुभवी पथप्रदर्शक ८१ वर्षीय किसनबहादुर नगरकोटीलाई सम्मान गरिएको थियो ।
सिद्धार्थ बैंकको नयाँ शाखा जोरपाटी र कुलेश्वरमा
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा जोरपाटी र कुलेश्वरमा सञ्चालनमा ल्याएको छ । बिहीवार एक विशेष समारोहका बीच बैंकले यी दुई शाखा कार्यालयहरुकोे औपचारिक उद्घाटन गरेको हो । सो शाखाहरुकोे उद्घाटन बैंकका अध्यक्ष मनोजकुमार केडियाले गरेका थिए । बैंकको सो शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने छ । यस शाखा समेत बैंकले देशभरि रहेका आफ्ना ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
गण्डकी विकास बैंकको वीरगञ्ज र पोखराबाट कारोबार शुरु, थप तीन शाखा खोल्ने तयारी
काठमाडौं । गण्डकी विकास बैकले पोखराको चाउथे र वीरगञ्ज शाखाबाट कारोबार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको ५३ वटा शाखा कार्यालय भएका छन् । बैकका सवै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । निकट भविश्यमा नै विर्तामोड, विराटनगर, गोगंबु, र अमुवाबाट शाखा संचालन गर्ने तयारी भइरहेको छ । बैंकले आ.व. २०७३/७४ मा १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोही अवधिमा बैंकले संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गरेको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
चाडपर्वको अवसरमा प्रभुले ल्यायो नयाँ योजना, ग्राहकलाई आर्कषक पुरस्कार
काठमाडौं । प्रभु मनि ट्रान्सफरले ‘प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबैजना दंग’ नामक नयाँ योजना ल्याएको छ । प्रभुले विगत बर्षहरु जस्तै यस बर्ष पनि हिन्दुहरुको महान चाड दशै, तिहार, र छठको उपलक्ष्यमा आफ्ना ग्राहकलाई लक्षित गरी उक्त उपहार योजना ल्याएको हो । यस योजना अन्तर्गत प्रभुले आफ्ना ग्राहकलाई लक्की ड्रबाट प्रथम पुरस्कार एलइडी टिभी हरेक हप्ता एक जनालाई प्रदान गर्ने भएको छ । त्यस्तै, द्धितीय पुरस्कार प्रभु टिभी सेट टप बक्स हरेक दिन एक जनालाई प्रदान गरी साथमा एक महिनाको रिचार्ज प्रदान गरिने बताएको छ । साथै, तेश्रो पुरस्कार हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने छ । त्यसका साथसाथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा-मुक्तिनाथ-पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने छ । यो योजना भदौ २५ गतेदेखि शुरु भई असोज १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
चाइना थ्री गर्जेजले पश्चिम सेतीको सम्झौता अनुमोदन गर्यो
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले प्रस्तावित पश्चिमसेती जलासययुक्त आयोजना बनाउने विषयमा गरेको संयक्त लगानी सम्झौता (जेभीए) अनुमोदन गरेको छ । नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता हालै थ्री गर्जेजको सञ्चालक समितिले अनुमोदन गरेको हो । प्राधिकरणले जेभीए भएको केही दिनमा अनुमोदन गरेको थियो । दुबैतर्फबाट जेभीए अनुमोदन भएकाले अब आयोजनाको काम अघि बढाउन बाटो खुला भएको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) मा ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ ।