आइएनजीओलाई डिसेम्बर चटारो, बजेट सक्ने गरी कार्यक्रम र छलफल दिनदिनै
काठमाडौं १३, पुस । एनजीओआईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनावरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलसहित राजधानीबाहिरका सबै होटल तथा लजका बैठककक्ष एनजीओकर्मीका कारण भरिभराउ छन् । अहिले राजधानीका तारे होटलसहित राजधानीबाहिरका होटल तथा लजका सबै बैठक कक्ष आईएनजीओएनजीओका बैठक तथा सेमिनारजस्ता कार्यक्रम आयोजना भइरहेकाले आफूहरूलाई भ्याइनभ्याई भएको होटल सञ्चालकको भनाइ छ । समाजकल्याण परिषद्का अनुसार हाल नेपालमा दुई सय ५४ वटा आईएनजीओले नवीकरण गरेर काम गरिरहेका छन् । द्वन्द्वपीडित चन्द्रकला उप्रेती डिसेम्बर लागेपछि व्यस्त छिन् । बेपत्ता परिवारकी उप्रेती केही दिनअघि मात्र स्नेहा होटलमा सञ्चालन भइरहेको द्वन्द्वपीडित महिलाको पाँचदिने तालिममा सहभागी भइन् । द स्टोरी किचनु नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको यो तालिम अगाडि इन्सेकको कार्यक्रममा सहभागी भएकी थिइन् उनी । दिनकै व्यस्त छु, कहिले कसले बोलाउँछ कहिले कसले, जानैपर्योु, धम्बोजीकी उनले भनिन्, ुबोलाएजति कार्यक्रममा जानसमेत पाएकी छैन । गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) का कार्यक्रमले गर्दा डिसेम्बरमा उप्रेतीझैं देशैभरि थुप्रैको व्यस्तता बढ्छ । तिनले वर्षको अन्तिम महिना गोष्ठी, समीक्षालगायत कार्यक्रम गर्छन् । एनजीओआईएनजीओको यो शैली आर्थिक वर्ष सकिने असारमा सरकारी अड्डाले बजेट सक्न गर्ने चटारोभन्दा फरक छैन । राजधानी र वाहिरको होटल पनि आईनजीकोअको कार्यक्रमले नै भरिभराउ भएको छ । देशैभर आइएनजीओलाइ भ्याइनभ्याइ छ । अन्नपूर्ण पोस्टबाट ।
आइफोनमा टेलिकमको फोरजी नचल्ने, बजारमा रहेको ३० प्रतिशत मोवाइलमा मात्रै फोरजी चल्ने
काठमाडौं १३, पुस काठमाडौं । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्। नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याटिबल) बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन्। आगामी आइतबार पुस १७ गते (जनवरी १) देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको छ। त्यसका लागि टेलिकमले केही दिनदेखि प्राविधिक परीक्षण गरिरहेको छ। परीक्षणका क्रममा अमेरिकी ब्रान्ड एप्पलका फोरजी चल्ने मोडलमा समेत टेलिकमको फोरज भने नचलेको हो। ‘टेस्टिङका क्रममा आइफोनका फोरजी कम्प्याटिबल मोडलमा समेत चलनेन,’ टेलिकमका एक प्राविधिकले भने, ‘एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ नगरिदिएकाले यस्तो भएको हो।’ उनका अनुसार टेलिकमले पहिले नै फोरजीका लागि आफ्ना उपकरणको सुरक्षामा बढी सचेत एप्पलसँग सम्झौता नगरेकाले यस्तो समस्या आएको हो। तर, एनसेलले भने अनुमति पाउनुपूर्व नै एप्पलसँग यस्तो सम्झौता गरी आफ्नो नेटवर्कको फोरजी सेवा चल्ने बनाइसकेको छ। परीक्षणका क्रममा आइफोनमा फोरजी नचलेर समस्या आएको एप्पलका लागि नेपालको वितरक जेनेरेसन नेक्टका सञ्चालक पवन भिमसेरियाले पुष्टि गरे। ‘एप्पल अरू कम्पनी जस्तो हैन, हरेक कुरामा एप्पलको आफ्नै प्रणाली छ,’ उनले भने, ‘टेलिकमले पहिले फोरजी चलाउनका लागि एप्पललाई आग्रह गर्नुपर्नेमा नगर्दा समस्या आएको हो।’ आइफोनमा फोरजी नचल्ने देखिएपछि टेलिकमले भिमसेरियालाई फोरजी चल्ने बनाइदिन आग्रह गरेको थियो। ‘हामीले शुक्रबारै एप्पलको मुख्य कार्यालय र सिंगापुर कार्यालयमा अनुरोध गरिसकेका छौं,’ भिमसेरियाले भने, ‘अहिले उता क्रिसमसको बिदा परेकाले रेस्पोन्स आउन कम्तीमा एक साता लाग्ने देखिन्छ।’ एप्पलले आफ्ना उपकरणमा ‘लोकेसन इनेबल’ गरेपछि मात्र निश्चित प्रविधि चल्ने प्रणाली विकास गरेकाले समस्या भएको टेलिकमका ती अधिकारीले बताए। ‘हरेक सेवा प्रदायकका नेटवर्कको लोकेसन कोड हुन्छ, त्यसलाई इनेबल नगरी आइफोनमा फोरजी नचल्ने रहेछ,’ उनले भने, ‘टेलिकमले त्यसैका लागि अहिले एप्पलसँग अनुरोध गरेको हो।’ नेपाल टेलिकमको लोकेसन कोड ‘४२९०१’ हो भने एनसेलको ‘४२९०२’ हो। एप्पलले लोकेसन कोड ‘४२९०२’ लाई मात्र ‘इनेबल’ गरेकाले टेलिकमका समस्या देखिएको हो। एनसेल आइफोनको ‘बन्डलिङ पार्टनर’ (सिमकार्डका साथ आइफोन बेच्ने साझेदार) समेत भएकाले उसले पहिले नै ‘लोकेसन इनेबल’ गरिदिएको हो। टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने त्यस्तो समस्याबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई त्यस्तो समस्या आएको जानकारी छैन,’ उनले भने, ‘आएकै भए पनि हामी फोरजी सुरु हुने दिनसम्म समाधान गरी उपभोक्तालाई सेवा दिनेछौं।’ टेलिकम अधिकारीहरूका अनुसार हाल नेपाल टेलिकमको थ्रिजी ९तेस्रो पुस्ताको मोबाइल सेवा० चल्ने सिमकार्ड प्रयोग भएका करिब २ लाखभन्दा बढी आइफोन प्रयोगकर्ता छन्। त्यसमध्ये करिब १ लाख ७० हजार जति आइफोनमा भने फोरजीसमेत चल्ने देखिएको छ। आइफोनका ‘फोर–एस’, ‘फाइभ’, ‘फाइभ–सी’, ‘सिक्स’, ‘सिक्स–एस’, ‘सेभेन’ र ‘सेभेन–प्लस’ मोडलमा फोरजी चल्छ। एप्पल अधिकांश ब्रान्डका मोबाइल सेटमा फोरजी चल्ने बिक्रेताहरूले बताएका छन्। अहिले बजारमा रहेकामध्ये २५ देखि ३० प्रतिशत सेटमा फोरजी चल्ने बिक्रेताहरू बताउँछन्। सरकारले गत कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो। अनुमतिअनुसार टेलिकमले आइतबारदेखि देखि फोरजी सेवा सुरु गर्नुपर्नेछ। कान्तिपुर दैनिकबाट ।
बिक्न छाडे अग्ला घर, भूकम्पपछि अग्ला र ठूला घरमा वस्ने आकर्षण नै घट्यो
भूकम्पपछिको अपार्टमेन्टको फाइलफोटो काठमाडौं १३, पुस । अघिल्लो वर्षको वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्। पछिल्लो समय ससाना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ। घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्। नागरिक दैनिकबाट ।
सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली, यात्रु ठगिन नियन्त्रण हुने
काठमाडौं १३, पुस । सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ। मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि नापतौल तथा गुणस्तर विभागको ट्याक्सी तथा टेम्पो एकाइले पुस १७ गतेबाट आलोपालो सिस्टम लगाउँदै प्रिन्टर मेसिन जडानका लागि समय तालिका सार्वजनिक गरेको छ। एक सातामा पाँच सयवटा ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन गर्ने गरी तालिका प्रकाशन गरिएको छ । अन्नपूर्ण पोष्टबाट।
चोर पक्रिन हेलिकोप्टर चार्टर , प्रहरीबाट भागेको चोर पक्रिएकोले हेलिकोप्टर चार्टर अर्थपूर्ण
सोलुखुम्बु १३, पुस । नाम्चे बजारका व्यवसायीहरूले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयवासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्याएका हुन् । ‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं अन्ततः उनीहरू पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने । शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार रातिको हो । चोरले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास ग(यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो। रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेर फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन् भन्ने खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो । स्थानीयले आफन्तमार्फत गोप्य रूपमा सोधखोज थाले । चोरीको असफल प्रयासपछि प्रहरीबाट भाग्दै मगर शनिबार होटलमा पुगेको जानकारी प्राप्त भयो। ‘प्रहरी तत्काल त्यहाँ नपुगेमा अभियुक्त भाग्न सक्ने सम्भावना थियो हिँडेर पुग्न एक दिन लाग्ने भएकाले स्थानीयले होलिकोप्टर लिएर जान प्रस्ताव गरे,’ इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख तेजनारायण यादवले भने, ‘सो स्थानमा २० मिनेटमा नै पुग्न सफल मात्र भएनौं अभियुक्तलाई पक्राउ गर्नसमेत सफल भयौं ।’ मगरलाई पक्राउ गरी प्रहरी टोली र स्थानीय भने हिँडेरै आइतबार नाम्चे फर्कियो । हेलिकोप्टर भने एक विदेशी नागरिक लिन होर्सेतिर लाग्यो । ‘अभियुक्तलाई पैदल मार्गबाट अस्ति (आइतबार) साँझ इलाका प्रहरी कार्यालय नाम्चेमा ल्याएका छौं,’ निरीक्षक यादवले भने । निरीक्षक यादव प्रहरीको काममा नाम्चेवासीले गरेको सहयोगबाट थप उत्साहित भएको बताउँछन् । राजधानी दैनिकबाट ।
सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम, एक सय १० मुलुकमा टेलिकमको रोमिङ सेवा
काठमाडौं १३, पुस । नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय १० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् । सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ । व्यक्तिगत वा व्यावसायिक कामले विदेश गइरहने प्रयोगकर्ताले अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन । कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ । यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ । कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन् । यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन् । खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन् । नेपाल टेलिकमले सन् २००३ मा भारतको मुम्बईबाट सुरु गरेको अन्तर्राष्ट्रिय रोमिङ सेवा अहिले ७२ वटा मुलुकमा उपलब्ध छन् । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको अन्तर्राष्ट्रिय रोमिङ सेवा ११० मुलुकमा उपलब्ध छन् । यसका लागि कम्पनीले ती मुलुकका कुल ३३८ वटा सेवाप्रदायकसँग सम्झौता गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।
१० जना बिजेतालाई जिओनीको एस ६ एस प्रदान
काठमाडौं, १२ पुस । न्यूरोडको ताम्रकार कम्प्लेक्स्मा ब्राण्ड न्यू एस ६ एस १–१ थान र जिओनीको गिफ्टह्याम्पर १० जना बिजेताहरुलाई प्रदान गरियो । सो गिफ्ट मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय २०१६ वर्षा लेखीद्वारा बिजेताहरुलाई प्रदान गरिएको छ । फेसबुक सेल्फी प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजेता भएका १० जना सहभागीहरुलाई जिओनिको स्मार्ट फोन, सेल्फी फ्ल्यास एस ६ एस मोबाइल फोन वितरण गरिएको कम्पनीले जनाएको छ ।
मेगा र सम्साराबीच रेमिट्यान्स सम्झौता, तीन मुलुकको रेमिटेन्स कारोबार सहज
काठमाडौं, १२ पुस । मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । मंगलबार सम्पन्न उक्त सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ । सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरि खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । मेगा बैंकको हाल ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमिट एजेन्ट छन् ।