काठमाडौं र चितवनमा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३) तीन दिनसम्म काठमाडौं र चितवनमा यो विशेष अफर लागू हुनेछ ।  काठमाडौं उपत्यकामा कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजना गरिनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमासको शोरुममै कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम अवधिमा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका मोडल, तिनका प्रमुख विशेषता, सेवा–सुविधा तथा विशेष अफरबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफरअन्तर्गत प्रोटोन ईमास ७ को मूल्य ४७ लाखबाट सुरु हुने बताइएको छ । प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउन्ड क्लियरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर रहेको छ । उन्नत सुरक्षा प्रणाली, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइले यस इभीलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ । यस विशेष एक्सचेन्ज अफरमार्फत ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री इलेक्ट्रिक सवारीसाधनमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीले जनाएको छ ।

बीवाईडी डल्फिन विश्वभर १० लाख बिक्री, नेपाली सडकमा २५ सयभन्दा बढी

काठमाडौं । लोकप्रिय चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाईडीको डल्फिनले बिक्री १० लाख युनिट पार गर्न सफल भएको छ । योसँगै डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक ईभी बन्न सफल भएको छ ।  विश्व बजारमा जस्तै नेपालमा पनि बीवाईडी डल्फिनको ‘क्रेज’ लोभलाग्दो छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार हाल नेपालका सडकमा २ हजार ५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् । सन् २०२३ को सेप्टेम्बरमा नेपालमा सार्वजनिक गरिएको यो गाडी छोटो समयमै सर्वाधिक बिक्री हुने विद्युतीय सवारीको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ ।  नेपाली बजारमा ह्याचब्याक सेग्मेन्टको बिक्री सुस्त भइरहेको समयमा डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः जागृत गराएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार डल्फिन प्रविधि, मूल्य र डिजाइन तीनवटै पक्षमा अब्बल छ । यसका मुख्य विशेषताहरूमा विवाईडीको अत्याधुनिक ‘ई–प्लेटफर्म ३.०’ मा आधारित यो गाडीमा ७८.२ प्रतिशत ‘हाइ स्ट्रेन्थ स्टिल’ प्रयोग गरिएको छ । जसले नेपाली सडकको जुनसुकै परिस्थितिमा पनि यात्रुलाई उच्च सुरक्षा प्रदान गर्छ ।  यसमा १२.८ इन्चको रोटेटिङ (घुमाउन मिल्ने) टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमीको ह्विलबेससहितको फराकिलो क्याबिन स्पेस रहेको छ ।  स्मार्ट ड्राइभिङः डल्फिनमा ‘लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम’ जडान गरिएको छ। यसमा क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्सजस्ता सुरक्षा फिचरहरू समावेश छन् ।  बीवाईडीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ। हाल चीनमा परीक्षणको चरणमा रहेको नयाँ मोडलमा डिजाइन र ड्राइभिङ अनुभवमा महत्त्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ। 

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा डोङफेङ र दीपाल शोरुम उद्घाटन

काठमाडौं । नेपालका लागि दीपाल तथा नामी विद्युतीय सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपालको अत्याधुनिक शोरुमको औपचारिक उद्घाटन गरेको छ । यससँगै एमएडब्लु वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा बजार सुदृढ गर्ने योजनाअन्तर्गत नेपालगन्जमा सञ्चालनमा आएको यो शोरुम एमएडब्लु वृद्धिको लागि महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ । शोरुमको उद्घाटन नाडा एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्रप्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द तथा पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा अटोमोटिभ तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित अतिथि, सरोकारवाला, स्थानीय अधिकारी, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस शोरुमले डोङफेङ र दीपालका नवीनतम विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । ग्राहकको सुविधा र आरामलाई ध्यानमा राखी डिजाइन गरिएको शोरुममा आगन्तुकहरूले सवारी साधनहरू नजिकबाट अवलोकन गर्दै उत्पादनसम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् । शोरुम उद्घाटनको एक दिनअघि नेपालगन्जमा नामी भिगो र दीपाल एस–०५ सार्वजनिक गरिएको थियो । यी नयाँ मोडलहरूले नेपाली बजारमा विद्युतीय सवारी साधनका विकल्पहरूलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प सञ्चालन शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जस्थित पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिरहेको छ । क्याम्पअन्तर्गत ग्राहकहरूले डोङफेङ र दीपालका विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । कार्यक्रममा आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहित उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट वा ३.५ किलोवाट), निःशुल्क बीमा तथा प्रत्येक टेस्ट ड्राइभमा उपहारको सुविधा प्रदान गरिने एमएडब्लु वृद्धिले जनाएको छ ।