नेपाली बजारमा आफ्नो उचाई अनुसार सिट घटाउन र बढाउने मिल्ने स्कुटर
काठमाडौँ । तपाई स्कुटर प्रयोग गर्दा अग्लो वा होचो भएर समस्यामा पर्नु भएको छ ? यदि छ भने अब आफ्नो आवश्यता अनुसारको उचाई घटाउन र बढाउन मिल्ने स्कुटर पनि नेपाली बजारमा उपलब्ध छ । महिन्द्राले स्कुटर चालकहरुलाई मध्यनजर गरेर आफ्नो ब्रान्डको गस्टो भिएक्स स्कुटरलाई ३ इन्चसम्म घटाउन र बढाउन सकिने स्कुटर बजारमा बिक्री भैरहेको छ । महिन्द्राको मार्केटिङ डिपार्टमेन्टका सुजित लुइंटेलले भने, ‘नेपाली बजारमा महिन्द्रा गुस्टो भिएक्स स्कुटरको मात्रै सिट अग्लो र होचो बनाउन सकिन्छ ।’ अरु कम्पनीको भन्दा महिन्द्राको स्कुटर र बाइक बढि बिक्री भएका छन् । महिन्द्रा गस्टोे भिएक्स ११० सिसिको स्कुटर हो । महिन्द्रा १२५ सिसिको गस्टोे भिएक्सको मूल्य १ लाख ७६ हजार ९ सय र १२५ सिसिको नै अर्काे गस्टो भिएक्सको मूल्य १ लाख ८७ हजार ९ सय कम्पनीले तोकेको छ । महिन्द्रा गस्टोे भिएक्सको २ वटै स्कुटरमा स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यसका साथै डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुंचका लागी आकर्षक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो भिएक्स स्कुटर स्टाइलिस, सहज, सुविधा र आकर्षक रहेको छ । महिन्द्राको बाइकहरु १ लाख ५१ हजार देखी ५ लाख ८० हजार सम्मका छन् । त्यसैगरी स्कुटर १ लाख ७८ हजार देखी १ लाख ८७ हजार सम्मका छन् । महिन्द्रा कम्पनीले बिक्री गर्ने बाइक ११० सिसिको सेन्चुरो रकस्टार बाइकको मूल्य १ लाख ५१ हजार ५ सय कम्पनीले तोकेको छ । ११० सिसिको सेन्चुरो डिक्स ब्रेक बाइकको मूल्य १ लाख ६३ हजार ९ सय र त्यसैगरी ३०० सिसिको मोजो बाइकको मूल्य ५ लाख ८० हजार कम्पनीले तोकेको छ । महिन्द्रा कम्पनीले बिक्री गर्ने स्कुटर १२५ सिसिको रोडियो युजो स्कुटरको मूल्य १ लाख ७८ हजार ९ सय, कम्पनील ११० सिसिको गस्टो आर एस स्कुटरको मूल्य १ लाख ६७ हजार ५ सय र त्यसैगरी १२५ सिसिको गस्टो आर एस स्कुटरको मूल्य १ लाख ६७ हजार ५ सय कम्पनीले तोकेको छ ।
टिभीएस अपाचे आटिआर १६० फोरभी नेपालमा सार्वजनिक, मूल्य २ लाख ७९ हजार
काठमाडाैं । नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस आरटिआर १६० फोरभी मोडेल नेपालमा सार्वजनिक गरेको छ। यो मोटरसाइकल टिभीएस आरटिआर १६० फोरभी अत्यन्त शक्तिशाली १६० सीसी मा रहेको कम्पनीले जनाएकाे छ । नयाँ मोटरसाइकल भृकुटिमण्डपमा आयोजना गरिएको टिभी एस अपाचे आरटिआर १६० फोर भी बिट्स नामक कार्यक्रम मार्फत नेपाली बजारमा सार्वजानिक गरिएको हो। उक्त सांगीतिक कार्यक्रममा नेपाली गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामांग,निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाहीआदिले आफ्नो प्रस्तुति दिएका थिए। ४ भल्भ, आयल कुल्ड इन्जिनभयको बेस्ट एनक्लास टि भी एस आर टि आर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेसिड्ड च्याम्पियन शिप (आइएनएमआर सी) को छ पटकको बिजेता मोटरसाइकल हो, “नयाँ टिभीएस आर यीआर १६० फोरभीमा थप प्रविधिहरु सहित अाएको छ। यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भएको १६० सी सी र बेस्ट इनक्लास मोटसाइकल हुनेछ।” सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले भने । साथै, यसमा सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिंग लुक रहेकाे उनले बताए । टिभीएस आरटिआर १६० फोरभीका बारे टोर भेरिअण्टमा उपलब्ध रहेको छ । १५९.७ ससी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ । पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिड्ड को अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आर टि आर १६० फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०-६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ। पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिड्डले सुसज्जित रहेको छ। टिभीएस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिड्ड यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ। यो मोटरसाइक फुल्ली डिजिटल भएको स्पिडोमिटर आइएनएमआर सीमा आधारित रेस मेशिनआर टि आर १६५ मा आधारित छ। अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्यागग्राफिक्स र स्लिकशार्प टेलहरु ग्राहकहरुलाई थपआकर्सित गर्ने बिसेशताहरु हुन। नेपाली बजारमा यस माेटरसाइकलकाे मूल्य २ लाख ७९ हजार ९ सय रूपैयाँ ताेकिएकाे छ । जुन, आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।
सहयोगी विकास बैंकले हिरोको दुई चक्के सवारीमा ५० प्रतिशतसम्म लगानी गर्ने
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधनमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग सम्झौता सम्पन्न गरेको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिप नारायण महतोले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार शान्ति अटो इन्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले ग्राहकहरुलाई फाइदा होस् भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि सम्झौता गरिसकेको बताएका छन् ।