सहयोगी विकास बैंकको ११ लाख कित्ता हकप्रद सेयर जेठ १ गतेदेखि
काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि आउने भएको छ । बैंकल जेठ २ गतेदेखि असार ४ गतेसम्म ११ करोड एक लाख १३ हजार ५ सय रुपैंयाँ बराबरको ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रति १० कित्ता बराबर ३.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सहयोगी विकास बैंकले एनसीएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । आफ्ना सम्पुर्ण शाखा र एनसीएमको कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने बताएको छ ।
गरिमा विकास बैंकको ९० करोडको हकप्रद सेयर आजबाट
काठमाडौं । गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो । चुक्ता पुँजी वृद्धिको योजना अनुसार गरिमाले १० कित्ता बराबर ७ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्य अंकित ९० लाख ७६ हजार २ सय ९६ कित्ता सेयर निष्काशन गरेको हो । चैत २९ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर किन्न सक्नेछन् । एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको गरिमाले आफ्ना देशभरका शाखा, महालक्ष्मी विकास बैंकका केहि शाखा र एस डेभलपमेन्ट बैंक लगायतकाहरुबाट आवेदन दिन सकिने उल्लेख गरेको छ ।
देवः विकास बैंकको ६ लाख कित्ता र कैलाश विकास बैंकको ७३ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । देवः विकास बैंक लिमिटेडको ६ लाख १७ हजार ६१५ कित्ता सेयर लिलामी बढाबढमा विक्री गरिने भएको छ । यो बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार ३१८ कित्ता सर्वसाधारण तर्फको हकप्रद सेयरको विक्री नभएपनि लिलाम बढाबढमा विक्री गर्न लागेको हो । यो बैंकले गत माघ ९ गतेदेखि फागु २७ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको सेयरको विक्री न्युनतम एक सय रुपैयाँ कबोल गरेर आदन माग गरेको छ । यो बैंकले आगामी जेठ ४ गते भित्रै बोलपत्रको लागि आवेदन दिइसक्नुपर्ने बताएको छ । कैलाश विकास बैंकको पनि ७३ हजार कित्ता सेयर लिलामीमा कैलाश विकास बैंक लिमिटेको पनि सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले पनि न्युनतम एक सय कित्ता आवदेन एक सय रुपैयाँ भन्दा बढी कबोल गरेर आवेदन दिन भनेको छ । यसले पनि गत फागुन ६ देखि चैत्र १० गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा विक्री नभएको सेयरको लागि बोलपत्र आव्हान गरेको हो । यसको सेयर आवेदन यही बैशाख २८ गतेभित्र ग्लोबल आइएएमी क्यापिटल लिमिटेडमार्फत दिन सकिने पनि उल्लखे छ ।