सेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । १२ बजेर ४५ मिनेट जाँदा बजार ४३ दशमलब ९८ अंकले ओरालो लागेको छ । सो अवधीमा १२२ कम्पनीको ६७ करोड मुल्य बराबरको सेयर कारोबार भएको छ । नेप्सका सबै परिसूचक रातै देखिएका छन् । उत्पादन मुलक समुह बाहेक सबै समुहको सूचक दोहोरो अंकले घटेको छ ।

लक्ष्मी इक्विटी फण्डलाई एक अर्बको इकाई निष्कासन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । लक्ष्मी इक्विटी फण्डलाई एक अर्ब रुपैयाँको इकाई निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । बोर्डले आइतबार कम्पनीलाई १० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको फण्ड म्यानेजर लक्ष्मी क्यापिटल रहेको छ ।

लुम्बिनी जनरलले हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर सिबीआएल क्यापिटल मार्फत ३९ करोड लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।