रिडी हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता १५४ रुपैयाँ मात्र

काठमाडौं । सोमबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहको थियो ।

नेप्से ८ अंकले बढ्दा ५१ करोडको सेयर कारोबार, सबै समूह उकालो

काठमाडौं । आइतबार नेप्से परिसूूचक ८ दशमलब २६ अंकले बढेर १५१८ अंकमा पुगेको छ । बजारमा ५१ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी डिप्रोक्स डेभलपमेन्ट बैंकको १५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको पनि १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३० अंकले बढेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः २६ र १२ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । सो दिन प्रोगेसिभ फाइनान्स र बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.६२ र ९.४५ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।

सूर्योदय लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने, पुँजी चार करोड ७६ लाख पुग्ने

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि एक प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी चार करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी चार करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।