सेयर बजारमा उल्लास कायमै, ४ अर्ब माथिको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार ३२.४६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार मंगलबार सेयर बजार बढेर २०१८.९३ विन्दुमा पुगेको छ । आज एक करोड ७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले २७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।
मध्य भोटेकोशीले बोलायो २ वर्षको साधारण सभा
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले १० औं र ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेड ८ गते बसेको बैठकले वार्षिक साधारण सभा असार २० गते बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयता दिएको रकम अनुमोदन गर्ने र सञ्चालक समिति सदस्यको निर्वाचन गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।
नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको हो । न्युनतम मापदण्ड पुरा गरे÷नगरेको विषयमा समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा छानविन गरि निष्कर्षमा नपुगेसम्म लाइसेन्स सम्वन्धी सम्पूर्ण प्रक्रिया तत्कालका स्थगन गर्न भनेको हो । हाल धितोपत्र बोर्डले १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ । साथै, समितिले आगामी बैठकमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डको पदाधिकारीहरुसंग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको विषयमा विस्तृत छलफल गर्ने बताएको छ । बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरणमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको र सांसदहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनेर विषय उठान गरेको हुँदा तत्काल लाइसेन्स वितरण प्रक्रिया स्थगन गर्न समितिले निर्देशन दिएको हो । साथै, समितिको गत जेठ २ गते बसेको बैठकमा समेत गम्भीर रुपमा अध्ययन गर्नुपर्ने माग भएको बताएको छ । पूँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन वि.सं.२०७७ असार ३० को पत्रबाट बोर्डलाई कार्यान्वयनको लागि पठाइएकोमा हालसम्म भएका कामकारवाही र समितिको निर्देशन कार्यान्वयनको सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण ५ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग समितिले गत जेठ ७ गते पत्र पठाएको थियो । धितोपत्र बोर्डले गत जेठ १२ गते अर्थसमितिलाई पठाएको पत्रमा थप एउटा सम्म स्टक एक्सचेन्ज स्थापना गर्न अनुमति प्रदान गर्न उपयुक्त हुने बताएको थियो । साथै, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमती पूर्वाधार तयार गरेका ब्रोकर कम्पनीलाइ लाइसेन्स प्रदान गरेको जानकारी गराएको थियो ।