सेयर बजार १६.५१ अंकले घट्दा दुई कम्पनीमा लाग्यो सर्किट, सानिमा बैंकको उच्च कारोबार
काठमाडौं । बुधबार सेयर बजार १६.५१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घट्दा नेप्से परिसुचक १९१७.२८ विन्दुमा पुगेको छ । घटेको बजारमा दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा नाडेप लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंकको रहेको छ । यस्तै, आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएको छ । आज १८ औं वार्षिकोत्सवको मनाउँदै गरेको सानिमा बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । यस सँगै अब बिहीबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
एफपीओ जारी गर्दै विन नेपाल लघुवित्त, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने भएको छ । लघुवित्त र मुक्तिनाथबीच निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका लागि बुधबार सम्झौता भएको हो । लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ बिक्री गर्न जनाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा धितोपत्र बोर्डले स्वीकृति दिने प्रिमियम मूल्य थप गरी एफपीओ बिक्री गर्न लागेको हो । यद्दपि, विन नेपाल लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग्न भने बाँकी नै रहेको छ ।