नेप्से परिसूचक २३ सयभन्दा तल झर्‍यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि नेप्से परिसूचक ओरालो लागेको छ । एक घण्टा ४५ मिनेटको कारोबार हुँदा २३.४९ अंकले घटेर २२९७ अं‌कमा झरेको हो । मंगलबार १३ अंकले बढेपछि बुधबार र बिहीबार लागातार ओरालो लागेको हो । यो समचार तयार पार्दासम्म ५७ करोड ६८ लाख बराबरको कारोबार भएको छ । साथै आज नेप्से पिरसूचक घटे पनि ग्रिन भेन्चरको सेयर १० प्रतिशतले बढेको द्ध ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक : कारोबार रकम भने बढ्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३६.७३अंकले घटेर २३२०.५१ अंकको बिन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर एक अर्ब ५८ करोड बराबरको करोबार भएको छ । आज १८३ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको बढेको छ । आज नेप्से परिसूचक घटे पनि जाल्पा लघुवित्त र ग्रिन भेन्चरको सेयर सर्किट लेभलमा बढेको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा नेस्डो लघुवित्त रहेको छ । आज नेस्डोको सेयर मूल्यमा नकारात्मक सर्किट लागे पनि करिब १४ करोड १९ लाख बराबरको कारोबार भएको छ । नेस्डोपछि ५ करोड बराबरको कारोबारसहित एनआईसी एसिया बैंक दोस्रोमा आएको छ ।

सिवाईसीको आइपिओमा पौने २३ लाखको आवेदन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा २२ लाख ७७ हजार ७४३ जनाको आवेदन परेको छ । उनीहरूले दुई करोड ५६ लाख कित्ताको लागि आवेदन दिएका हुन् । बिक्री प्रबन्धका अनुसार आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन मागभन्दा ६९.५२ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । हाल संस्थापक समूहको ६७.५० प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीको चुक्तापुँजी आठ करोड २१ लाख आठ हजार रहेको छ ।कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । संस्थाले वैशाख २ गतेदेखि सर्वसाधारण समूहको तीन लाख ९५ हजार ३३६ कित्ता निष्काशन गरेको थियो ।