समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) जारी गर्ने भएको छ । जसको लागि संस्थाले प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको हो । सो सम्बन्धमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । समता घरेलु लघुवित्त दिगो लघुवित्त सेवा प्रदान गर्ने, कृषि उत्पादन बढाउने, र गरिबजन समुदायमा आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको हो । यस कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी एफपीओ जारी गर्न लागेको हो । यससँगै, संस्थाले सर्वसाधारणलाई जारी हुन बाँकी सेयर २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्न लागेको हो ।

एनटीसी र निफ्रासहित ८ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता, बोर्डले दियो स्वीकृति

काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र नेपाल इन्फ्राष्ट्रकचर (निफ्रा) सहित ८ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले चैत २३ गते एनटीसी, निफ्रा, महालक्ष्मी विकास बैंक, सानिमा लार्ज क्याप फण्ड, प्रभु सेलेक्ट फण्ड, अल्का इन्भेष्टमेन्ट प्रा.लि, स्काई टच इन्भेष्टमेण्ट एण्ड कन्सल्टेण्ट र टेलिभेञ्चर पार्टनर्सलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ । योग्य संस्थागत लगानीकर्ता भनेको के हो ?  बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ । हालसम्म कुन कुनले पाए स्वीकृति ? [pdf id=322343]

विजय लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । चैत २४ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।