छ्याङदी हाइड्रोपावरको लिलामी सेयर बोलपत्र बिहीबार खोलिँदै

काठमाडौं । छ्याङदी हाइड्रोपावरको ५९ हजार ८२७ कित्ता सेयर लिलामीका लागि आव्हान गरिएको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज कार्यालयमा खोलिने जानकारी दिँदै प्रतिनिधिलाई उपस्थित भइदिन आग्रह गरेको छ । कम्पनीले चैत १ गतदेखि ९ गतेसम्म सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख ११ गते बोलायो वार्षिक साधारण सभा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत वर्षको प्रस्तावित लाभांशलाई पारित गर्दै छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४० लाख ८४ हजार ११९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, इन्स्योरेन्सले सभामा जाने प्रयोजनको लागि आगामी चैत २४ गते बुक क्लोज गर्दै छ । यससँगै चैत २३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । सम्बन्धित समाचार प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी १ अर्ब १७ करोड नाघ्ने

नेप्से परिसूचक ४१ अंकले बढ्दा सवा दुई अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार पौने २ अर्ब बराबरको कारोबार भएकोमा आज बढेर दुई अर्ब २५ करोड एक लाखन्दा बढीको कारोबार भएकव छ । बुधबारको कूल कारोबारमध्ये सिद्धार्थ इस्युरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा प्रभु इन्स्युरेन्स छ । बैंकको एकैदिन १० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, चार कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किटमा इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो ।