असारभित्रै आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गर्दै इन्स्योरेन्सले उक्त जानकारी गराएको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् । जसमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु समावेश गरिएको कम्पनीले जनाएको छ । कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखारउपशाखा संचालनमा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको जानकारी गराएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।
लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख १० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । संस्थाले आफ्नो १३औं वार्षिक साधारण सभा सो दिन दिउँसो ३ गते कम्पनीको प्रधान कार्यालय धुलिखेलमा जुम मार्फत गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागिग १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । जसको लागि आगामी २०७८ चैत २३ गतेदेखि २०७९ बैशाख १० गतेसम्म संस्थाले बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३० करोड ३३ लाख रुपैयाँ पुग्ने छ ।
नेष्डो समृद्ध लघुवित्तको कतिमा हुँदैछ सेयर कारोबार ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज (चैत १४ गते) पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७.७० रुपैयाँमा भएको हो । यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य बढुदो क्रममा रहेको छ । करिब २ घण्टाको अवधिमा संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ७६२.६० रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबार मूल्यको तुलनामा १४.९० रुपैयाँ अर्थात् १.९९ प्रतिशतले बढी हो ।