पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गर्दा १० बालबालिका र महिलाको मृत्यु : अफगान तालिबान

काठमाडौं । तालिबान सरकारका प्रवक्ताले अफगानिस्तानको खोस्त प्रान्तमा पाकिस्तानले एक घरमाथि बमबारी गरेको आरोप लगाएका छन् । जुन घटनामा परी १० बालबालिका र महिलाको मृत्यु भएको छ । तालिबानको अन्तरिम सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ‘एक्स’ मा जारी गरेको बयानमा बताएका अनुसार सोमबार र मंगलबारको मध्यरात (करिब १२ बजे) खोस्त प्रान्तको गरबुज जिल्लामा एक ठूलो विस्फोट भएको थियो । बीबीसी उर्दूका अनुसार मुजाहिदले उक्त विस्फोटमा नौ बालबालिका र एक महिला मारिएको दाबी गरेका छन् । उनले मारिएका बालबालिकाहरूको तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले दाबी गरेका छन् कि कुनार र पक्तिया क्षेत्रमा पनि हवाई हमला भएको छ, जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएका छन् । कुनार प्रान्तका स्थानीयले बीबीसी पश्तोलाई दिएको जानकारीअनुसार उनीहरूले गएराति अबेर मारवारा, असदाबाद र शेलिटन क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनेका थिए । यो पहिलो पटक होइन कि अफगानिस्तानले पाकिस्तानी सेनामाथि आफ्नै भित्री क्षेत्रमा हवाई हमला गरेको आरोप लगाएको हो । गत महिनाको सुरुतिर पनि अफगानिस्तानले पाकिस्तानले राजधानी काबुलसहित विभिन्न ठाउँमा हवाई हमला गरेको आरोप लगाएको थियो । पाकिस्तानले भने अहिलेसम्म अफगान सरकारका प्रवक्ताले लगाएको आरोपप्रति कुनै प्रतिक्रिया दिएको छैन । अघिल्लो वर्षहरूमा पाकिस्तानले काबुलका ती आरोपहरू अस्वीकार गर्दै आएको छ, जसमा पाकिस्तानी सेना अफगानिस्तानका विभिन्न स्थानहरूमा हमला गरिएको बताइन्थ्यो । यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तानभित्र केही सीमावर्ती क्षेत्रमा चरमपन्थीका ठेगानाहरूलाई निशाना बनाएको कुरा स्वीकार गरेको थियो । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का गतिविधिका कारण दुवै देशबीच तनावपूर्ण अवस्था कायम छ ।

राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी जिनपिङबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोनमा कुरा गरेका छन् । एक ह्वाइट हाउस अधिकारीले सीएनबीसीलाई दिएको जानकारीअनुसार उक्त कुराकानीबारे केही विवरण भने खुलाइएको छैन । कुराकानी किन तय गरिएको हो वा कसले अनुरोध गरेको हो भन्ने पनि स्पष्ट गरिएको छैन ।  ह्वाइट हाउसले छलफलको विषयवस्तु खोलेन तर ट्रम्पले सोमबार पछि ट्रुथ सोसियलमा पोस्ट गर्दै उक्त फोनवार्ताको पुष्टि गरेका थिए । ‘हामीले युक्रेनररुस, फेन्टानाइल, सोयाबिन तथा अन्य कृषि उत्पादनलगायत धेरै विषयमा छलफल गर्यौं । हामीले हाम्रा महान किसानहरूका लागि निकै महत्त्वपूर्ण र राम्रो सम्झौता गरेका छौं  र यो अझ सुधार हुँदै जान्छ । हाम्रो चीनसँगको सम्बन्ध अत्यन्तै बलियो छ,’ उनले लेखेका छन् । ट्रम्पका अनुसार दुबै नेताहरूले पारस्परिक प्रत्यक्ष भेटघाट गर्ने पनि सहमति जनाएका छन् । पहिलो भेट अप्रिलमा बीजिङमा हुनेछ र अर्को राज्य भ्रमण यसै वर्ष अमेरिकामा हुनेछ । ‘हामीले नियमित रूपमा संवाद कायम राख्नु अत्यन्तै आवश्यक छ भन्ने सहमति पनि जनायौं,’ ट्रम्पले लेखेका छन् । यसअघि चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दक्षिण कोरियाको बुसानमा गत महिना भएको भेटपछि दुबै पक्षले ‘सहमति भएका सबै बुँदाहरू कार्यान्वयन गरिरहेको’ उल्लेख गरिएको थियो । उक्त सहमतिमा अमेरिकाले चिनियाँ सामानहरूमा गरिएका केही भन्सार महसुल कम गर्ने र चीनले दुर्लभ खनिजमाथि लगाइने नयाँ निर्यात प्रतिबन्ध स्थगित गर्ने निर्णयसमेत समावेश थियो, जसले दुवै देशबीच जारी व्यापार तनावलाई केही कम गरेको छ । यता चीनले ‘बुसान बैठकयता चीन–अमेरिका सम्बन्ध सामान्य रूपमा स्थिर र सकारात्मक दिशामा अघि बढिरहेको’ जनाएको छ । ट्रम्प र सीबीच युक्रेनबारे पनि छलफल भएको थियो । युक्रेनलाई थ्याङ्क्स गिभिङअघि अमेरिकी प्रशासनले प्रस्ताव गरेको शान्ति योजनामा सहमत गराउने प्रयास भइरहेको छ । त्यस्तै, जिनपिङले ताइवान ‘चीनमा फर्किनुपर्ने’ आफ्नो देशको स्थायी धारणा पनि दोहोर्याए । चिनियाँ विदेश मन्त्रालयका अनुसार ट्रम्पले ‘अमेरिका चीनका लागि ताइवान मुद्दाको महत्त्व राम्रोसँग बुझ्दछ’ भनेका थिए । ट्रम्पले सी जिनपिङलाई ‘महान नेता’ पनि भनेको मन्त्रालयको भनाइ छ ।

एआईबारे नीतिगत ढिलाइले युरोपको भविष्य खतरामा

काठमाडौं । युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता (एआई) लाई अँगाल्न गरिएको ढिलाइले महाद्वीपको भविष्यलाई ‘खतरामा’ पार्न सक्ने बताउँदै यसलाई अपनाउन देखिएका अवरोधहरू द्रुत रूपमा हटाउनुपर्ने बताएका छन् । ‘हामीलाई यो परिवर्तनलाई अँगाल्न रोक्ने सबै अवरोधहरू हटाउनु अब धेरै ढिलो गर्नुहुँदैन,’ उनले ब्राटिस्लाभा सम्मेलनमा भनिन्, ‘एआई अपनाउने लहरलाई पार गर्न हामीले युरोपको भविष्यलाई खतरामा पार्ने जोखिम उठाउनु गलत हुनेछ ।’ एआई प्रविधिका समर्थकहरू युरोपेली नेताहरु भन्छन्, ‘अहिले युरोप, संयुक्त राज्य अमेरिका र चीनभन्दा पछाडि परेको छ र यो अत्यधिक नियमन, नवीनताको कमी र कम लगानीका कारण भएको हो ।’ ‘युरोपले पहिले नै एआईमा पहिलो मूभर हुने अवसर गुमाएको छ,” लेगार्डले भनिन् ।  ‘यदि यूरोपेली महाद्वीपले अझैपनि आफ्ना प्रमुख उद्योगहरूमा निर्णायक रूपमा प्रविधि प्रयोग गर्यो भने युरोपले ढिलो सुरुवातलाई प्रतिस्पर्धात्मक किनारामा बदल्न सक्छ,’ उनले भने ।  उनले युरोपमा द्रुत रूपमा अपनाउन सकिने खण्डित नियमहरू देखि ऊर्जाको उच्च लागतसम्मका धेरै अवरोधहरूबारे चर्चा गर्दै भनिन्, ‘यसले एआईलाई शक्ति प्रदान गर्ने विशाल तथ्याङ्क केन्द्रहरू चलाउन महँगो बनाउँछ।’ उनका अनुसार थप खुट्टा तान्नुको परिणाम ‘एआई मोडेलहरूमा दौड हार्ने’ भन्दा बढी हुन्छ । हामीले अन्ततः हाम्रा धेरै क्षेत्र र उद्योगहरूको लागि प्रतिस्पर्धाको थप घाटाको सामना गर्नुपर्ने उनले बताए ।