४० प्रतिशत बोनसको लागि नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता २६१४.२९ रुपैयाँ कायम भएको छ । जुन सोमबारको कारोबारको तुलनामा प्रतिकित्ता १०४५.७१ रुपैयाँले घटी हो । पुस २६ गते सोमबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ३६६० रुपैयाँमा भएको थियो । मूल्य समायोजनसँगै पुस २६ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित गत वर्षको लाभांश पाउने छन् । अब पुस २७ गतेदेखि संस्थाको सेयर किन्नेले भने गत वर्षको लाभांश पाउँदैनन् ।

बोनसको लागि दुई फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार दुई फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस २२ गते गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमध्ये गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५४.४५ रुपैयाँ कायम भएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ७.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४४१.९७ रुपैयाँ कायम भएको छ । यससँगै पुस २१ गतेसम्म कायम सेयरधनीहरुले यी दुई संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

बोनस र हकप्रदको लागि ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई लघुवित्त, दुई फाइनान्स र एक हाइड्रो कम्पनीको बोनस तथा हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । जसमध्ये जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २३८३.२० रुपैयाँ कायम भएको छ । कालिका लघुवित्तको पनि १३ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समयोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११६३.७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, मल्टीपर्पस र पोखरा फाइनान्सको पनि क्रमशः १३ र ८.०७५ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । समायोजन पश्चात मल्टीपर्पसको सेयर मूल्य प्रतिकित्ता ४१६.८१ रुपैयाँ र पोखराको प्रतिकित्ता ४४० रुपैयाँ कायम भएको छ । त्यसैगरी हाइड्रो समूह अन्तर्गतको छ्याङ्दी हाइड्रोपावरको समायोजित मूल्य प्रतिकित्ता ३९६.१५ रुपैयाँ कायम भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । पुस २० गतेको कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यससँगै आज पुस २१ गतेदेखि यी कम्पनीको सेयर किन्नेले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश तथा हकप्रद सेयर पाउने छैनन् ।

६३ अंकले बढ्यो नेप्से, एनबी बैंकको उच्च कारोबार, ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । सोमबारको बजारमा भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार सबैभन्दा बढी नेपाल बङ्गलादेश (एनबी) बैंकको सेयर कारोबार भएको छ । नबिल बैंकसँग मर्जमा जाने हल्लासँगै बैंकको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बैंकको एकैदिन १४ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ७.४० रुपैयाँले बढेर प्रतिकित्ता ४०५.४० रुपैयाँ पुगेको छ । त्यस्तै, नबिल बैंकको पनि १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो उच्च कारोबार भएको बैंकको सेयर मूल्य भने १८ रुपैयाँले घटेर १११९ रुपैयाँमा झरेको छ । मंगलबार ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १०र१० प्रतिशतले बढेको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.७२ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ । बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । यी दुई समूह क्रमशः ०.५९ र ०.३४ प्रतिशतले घटेको छ ।

सिभिल र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस २० गते एकैदिन सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै बैंकको समायोजित मूल्य प्रतिकित्ता २४५.७१ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायन्स फाइनान्सको पनि १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यसअघि अन्तिम कारोबार प्रतिकित्ता ५२० रुपैयाँमा भएको संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ । यससँगै पुस १९ गतेसम्म यी दुई कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् ।

वाणिज्य बैंक र लघुवित्तसहित ६ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस १९ गते एकैदिन दुई वाणिज्य बैंक, दुई लघुवित्त, एक फाइनान्स र एक हाइड्रो कम्पनीको सेयर मूल्य समायोजन भएको हो । दुई वाणिज्य बैंक सेञ्चुरी कमर्शियल र हिमालयन बैंकको पनि बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । जसमध्ये सेञ्चुरी बैंकको ५.७५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजित मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन बैंकको पनि २१.३८ प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३९८.७५ रुपैयाँ कायम भएको छ । त्यस्तै, लघुवित्त समूह अन्तर्गतको मिर्मिरे लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । जसमध्ये मिर्मिरेको २० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । र, मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२९५.८३ रुपैयाँ कायम भएको छ । त्यसैगरी मिथिला लघुवित्तको २५ प्रतिशत बोनस सेयरको लाग मूल्य समायोजन भएको हो । आइतबार प्रतिकित्ता १९५९ रुपैयाँमा सेयर कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १५६७.२० रुपैयाँ कायम भएको छ । प्रोगेसिभ फाइनान्सको पनि ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । संस्थाको समायोजित मूल्य प्रतिकित्ता ३३१.६८ रुपैयाँ कायम भएको छ । उता कालिका पावर कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ४५०.४३ रुपैयाँ छ । कम्पनीले पनि सेयरधनीलाई १५ प्रतिशत बोनस प्रस्ताव गरेसँगै उक्त बोनसको लागि मूल्य समायोजन भएको हो । यससँगै, पुस १९ गतेको सेयर कारोबारमा हिमालयन बैंकबाहेक अन्य कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर भएको छ । र, अबको कारोबारमा यी ६ वटै कम्पनीको सेयर किन्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छैनन् ।

दुई लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन दुई लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन हुनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, चिलिमे हाइड्रोपावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन् । जसमध्ये इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ । नेप्सेले समीट लघुवित्तको २५.२८५३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ११६५.३४ रुपैयाँ तोकिएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा २६८.२९ रुपैयाँले घटी हो । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ९३९ रुपैयाँमा भएको थियो । चिलिमे हाइड्रोपावर कम्पनीको ७.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । बुधबारको सेयर बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५०२.९० रुपैयाँमा भएको थियो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५३७ रुपैयाँलाई आधार मानेर गरिएको समायोजित मूल्य प्रतिकित्ता ५११.४३ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी ५ वटै कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई नै आधार मानेर हुने छ । र, पुस १४ गतेसम्म यी कम्पनीको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउने छन् ।

महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७०.३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २९.५ प्रतिशत बोनसको लागि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२००.७७ रुपैयाँ कायम भएको छ । त्यसैगरी, नेपाल हाइड्रो डेभलपर्सको पनि ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ३९१ रुपैयाँलाई आधार मानेर गरिएको समायोजित मूल्य प्रतिकित्ता ३६५.४२ रुपैयाँ कायम भएको छ । यससँगै पुस १२ गतेसम्म यी तीन कम्पनीको सेयर किन्नेले गत वर्षको लाभांश पाउँने छन् भने सो दिन पछाडि किन्नले गत आवको लाभांश पाउँदैनन् ।

नेपाल लाइफ र मेगासहित ८ कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । सोमबारको बजारमा विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएका २३८ वटा स्क्रिप्टस् (कम्पनीसहित) हरु मध्ये २७ वटाको सेयर मूल्य बढेको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकसहित ८ वटा कम्पनी रहेका छन् । नेपाल लाइफको सेयर मूल्य ७ रुपैयाँ अर्थात ०.४६ प्रतिशतले बढेर प्रतिकित्ता १५४० रुपैयाँमा सेयर किनबेच भएको छ । त्यस्तै, मेगा बैंकको पनि सेयर मूल्य ७.५० रुपैयाँले बढेर प्रतिकित्ता २८५ रुपैयाँमा अन्तिम कारोबार भएको हो । जुन अघिल्लो दिनको तुलनामा २.७० प्रतिशतले बढी हो । सबैभन्दा बढी गोर्खाज फाइनान्स र मध्ये भोटेकोशीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । सोमबार यी दुई कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८७६.७० र १२१ रुपैयाँमा भएको छ सामलिङ् पावर कम्पनीको ५.९२ प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिशाल बजार कम्पनीको सेयर मूल्य ०.२७ प्रतिशतले बढेर प्रतिकित्ता ४८१५ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार ८५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, माहुली सामुदायिक लघुवित्तको पनि सेयर मूल्य बढेको छ । आइतबारको तुलनामा संस्थाको सेयर मूल्य २.३७ प्रतिशत अर्थात प्रतिकित्ता ३५.६२ रुपैयाँले सेयर मूल्य बढेको छ । र, सोमबारको अन्तिम कारोबार प्रतिकित्ता १५३८ रुपैयाँमा भएको छ ।

एकाएक जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अधिकांशको सेयर मूल्य बढ्यो

काठमाडौं । दोश्रो बजारका लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको सेयरमा आकर्षित भएका छन् । आइतबारको सेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । दिउँसो १ बजेसम्ममा टप गेनरको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक अधिकांश लाइफ इन्स्योरेन्सहरु रहेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, एशिनयन लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरु झुम्एिका छन् । जसमध्ये अधिकांशको सर्किट लेभलमा कारोबार भइरहेको छ भने बाँकीको ८ प्रतिशतभन्दा बढीले बढेको छ । यता निर्जीवन बीमा समूह पनि ७२९ बिन्दुले उकालो लागि सकेको छ । पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएको बुझिन्छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६२.४५ अंकले बढेर २५८२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह उच्च अर्थात ८.३२ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा जीवन बीमा समूह ११०७.७४ अंकले बढेर १४ हजार ४२३ बिन्दुमा पुगेको छ । बजारमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको १९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।

समृद्धि फाइनान्स र बुटवल पावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । आइतबार मात्रै समृद्धि फाइनान्स र बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, बुटवल पावरको भने १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ४३८ रुपैयाँ कायम भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । सूर्या लाइफको १२.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै इन्स्योरेन्सको समायोजित मूल्य प्रतिकित्ता ६३८.८६ रुपैयाँ तोकिएको छ । त्यस्तै, ज्योति विकास बैंकको पनि ११ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । बिहीबार अन्तिम कारोबार प्रतिकित्ता ४४७.५० रुपैयाँमा भएको बैंकको सेयर मूल्य समायोजित पछि प्रतिकित्ता ४०३.१५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, एनएमबि लघुवित्तको २१.५० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो र समायोजित मूल्य प्रतिकित्ता १०५३.५० रुपैयाँ कायम भएको छ । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १२८० रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा यी तीन वटै कम्पनीको सेयर समायोजित मूल्यलाई आधार मानेर हुने छ । सेयर बजार अब पुस ११ गते आइतबार मात्रै खुल्ने छ ।

दुई वाणिज्य बैंकसहित ४ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंक र दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । वाणिज्य बैंकमध्ये एनएमबि बैंक र नेपाल एसबिआईको मूल्य समोजन भएको हो । जसमध्ये एनएमबिको १२.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३६.३६ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल एसबिआईको ३.५० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ३४४.८३ रुपैयाँ कायम भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको क्रमशः २७ र १९ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । यससँगै छिमेक लघुवित्तको प्रतिकित्ता १२४० रुपैयाँ र गणपति लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११७४.७९ रुपैयाँ कायम भएको छ । यससँगै आजदेखि यी चार कम्पनीको सेयर खरिद गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउँदैनन् ।

एचआईडीसीएल र साना किसान लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई संस्थाको बोनसको लागि मूल्य समायोजन भएको हो । जसमध्ये एचआईडीसीएलको ८ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्य पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २४८.३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, साना किसान लघुवित्तको पनि २५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । आइतबार प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजित पछि प्रतिकित्ता ११७६ रुपैयाँ तोकिएको छ । यससँगै, पुस ४ गतेसम्म यी दुई संस्थाको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको लाभांश पाउने छन् । र, अबको बजारमा यी संस्थाको सेयर किन्नेले भने गत वर्षको लाभांश पाउने छैनन् ।

मनकामना स्मार्ट लघुवित्तसहित दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार मात्रै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये प्रभु बैंकको १२ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २९४.७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, सनराइज बैंकको ६.६५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता २७१ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर समायोजनसँगै प्रतिकित्ता २५४.१० रुपैयाँ कायम भएको छ । लघुवित्त समूह अन्तर्गतको मनकामना स्मार्ट लघुवित्तको पनि १७ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको प्रतिकित्ता सेयर मूल्य १३३३.३३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १५६० रुपैयाँ कायम भएको छ । यससँगै भोलिदेखि यी कम्पनीको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउने छैनन् ।

बिहीबारको बजारः प्रभुको उच्च कारोबार, एनबीको सेयर मूल्यमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । बुधबार सामान्य अंकले घटेको बजार बिहीबार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५७ प्रतिशतले घटी हो । बुधबारको तुलनामा बिहीबारको कारोबार २ अर्ब २८ करोड रुपैयाँले घटेको छ । बुधबार ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार २ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । बिहीबार २२४ वटाको धितोपत्र कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, नेपाल बङ्गलादेश (एनबी) बैंकको ७ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा पनि एनबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । बुधबारको तुलनामा बैंकको सेयर मूल्य ३२.२० रुपैयाँले बढेर प्रतिकित्ता ३५४.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पछिल्लो समय एनबी बैंक नबिल बैंकसँग मर्जमा जाने व्यापक हल्ला छ । तर, हालसम्म यो विषयमा आधिकारिक निर्णय भने आइसकेको छैन । त्यस्तै, तीन वटा हाइड्रो कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । ग्रीन लाइफ हाइड्रोपावरको ७.५९, मैलुङ्ग खोला जलविद्युत कम्पनी ७.५१ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ७.०७ प्रतिशतले घटेको छ । बजारमा म्युचुअल फण्ड बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड समूह ०.५७ प्रतिशतले घटेको छ ।

तीन लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस १ गते मात्रै सर्पोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सपोर्ट लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बुधबार प्रतिकित्ता २३०० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १७६९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४२७.५० रुपैयाँ तय भएको छ । त्यसैगरी, वोमी लघुवित्तको समायोजित मूल्य प्रतिकित्ता १३४०.८३ रुपैयाँ कायम भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । यससँगै आजदेखि यी तीन संस्थाको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउने छैनन् ।

२ म्युचुअल फण्ड बाहेक सबैको सेयर मूल्य बढ्यो, एकैदिन ६० कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबारको बजारमा ६० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब अडाई २ घण्टा मात्रै खुलेको बजारमा कारोबारमा आएका मध्ये ६० कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो । उक्त ६० कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । र, बाँकी १७ कम्पनीको प्रतिकित्ता सेयर साढे ९ प्रतिशतभन्दा बढी मूल्यमा बढेको छ । मंगलबार सर्किट लेभलमा सेयर किनबेच हुनेमा अधिकांश हाइड्रो र फाइनान्स समूहका कम्पनी रहेका छन् । त्यस्तै, केही माइक्रोफाइनान्स, केही विकास बैंक छन् भने वाणिज्य बैंक अन्तर्गतका एउटा पनि छैनन् । त्यस्तै, आजै साधारणसभा र बुक क्लोजको मिति तय गरेको नेपाल रि इन्स्योरेन्सको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ । इन्स्योरेन्सको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता १२३९ रुपैयाँ पुगेको छ । ६ प्रतिशतले बढेको बजारमा पनि दुई म्युचुअल फण्डको इकाई मूल्य भने घटेको छ । नबिल ब्यालेन्स्ड फण्ड ३ र कुमारी इक्विटी फण्डको इकाई मूल्य सामान्य अर्थात ०.२१ र ०.११ प्रतिशतले घटेको छ । यससँगै यी दुईको प्रतिइकाई मूल्य क्रमशः ९.४१ र ८.८९ रुपैयाँमा झरेको छ । सेयर मूल्य १० प्रतिशतले बढेका ६० कम्पनी सम्बन्धित समाचार साढे एक घण्टा अघि नै बन्द भयो मंगलबारको सेयर बजार सेयर कारोबार पुनः सुचारु नेप्सेमा लाग्यो सर्किट ब्रेक, सेयर कारोबार स्थगित सेयर बजारमा छायो हरियाली, एक घण्टामै ९० अंकले बढ्यो परिसूचक

बोनसपछि नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता १०४१.१८ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २२३.७२ रुपैयाँले घटी हो । यसअघि संस्थाको सेयर प्रतिकित्ता १२६४.९० रुपैयाँमा भएको थियो ।

लक्ष्मी बैंकसहित तीन संस्थाको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा तीन वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । एकैदिन लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको लागि र नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । जसमध्ये लक्ष्मी बैंकको ८ प्रतिशत बोेनसको लागि सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २७०.३७ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २९२ रुपैयाँमा भएको थियो । त्यस्तै, समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता १३५१ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको समायोजित मूल्य ११२५.८३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रदको लागि सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ८५६ रुपैयाँमा भएको थियो । यससँगै, अबको कारोबारमा यी तीनवटै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यको आधारमा हुने छ ।