सरकारको प्रक्षेपण : ७ वर्षमा ९० प्रतिशत विद्युतीय कारको कारोबार

काठमाडौं । नेपालमा आयात हुने सवारी साधनमध्ये सन् २०२५ सम्ममा २५ प्रतिशत निजी र २० प्रतिशत सार्वजनिक विद्युतीय सवारी आयात हुने सरकारको प्रक्षेपण छ । उर्जा, जलस्राेत तथा सिंचाई मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटुवालले सोही प्रक्षेपण अनुसार नीति बनाइरहेको बताए । ‘सरकारले कुन समयमा कति विद्युतीय सवारी साधन ल्याउने भन्ने सोच सहित काम गरिरहेको छ’, उनले भने । सरकारले सन् २०३० मा पुग्दा निजी विद्युतीय सवारी साधनहरुको कारोबार ९० प्रतिशत र सार्वजनिक सवारी साधनहरुको कारोबार ६० प्रतिशत पुग्ने आकलन गरेको उनले बताए । पेट्रोलियम पदार्थको खपत कम गर्दै विद्युतको खपत बढाउने बारे १५ औं योजनाले जोड दिएको र सरकारले सोहीअनुसार काम गरिरहेको भेटुवालले बताए । सन् २०३० सम्ममा १५ प्रतिशत विद्युत खपत गर्ने महत्वपूर्ण माध्यम विद्युतीय सवारी साधन नै हुने सरकारको अनुमान रहेको सह-सचिव भेटुवाल बताउँछन् ।

एफ डी मोटर्सको इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकले ब्याजबिनै ३ लाखसम्म कर्जा पाउने

काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् । मंगलबार ग्रन्थ इलेक्ट्रिक भेहिकल  (एफ डी मोटर्स) र कुमारी बैंकबिच सो ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रडिट कार्डमार्फत् कर्जा उपलब्ध गराउने सम्झौता भएको हो । जसअन्तर्गत कुनै पनी ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिन सकिने बताइएको छ । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि सम्झौता भएको छ । एफ डी मोटर्सले हाल दुईवटा मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य २ लाख, हजार, ९९९ र एफ फाइब ए को मूल्य २ लाख, ९७ हजार, ९९९ रहेको कम्पनीले जनाएको छ ।

नाडा अटो शोको लागि लटरी ड्र मार्फत स्टल निर्धारण

काठमाडौं ।  नाडाले स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । सोमबार नाडाले वल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको हो । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म-कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ । स्टल बुकिङ्गका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएका छन् । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ । नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२  कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको हो भन्ने हाम्रो बुझाई छ । दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । जसमध्ये चारपाँगे्र सवारी साधन १७, दुई पाँगे्र २३ , कमसियल सवारी साधन ६, बैक तथा वितिय निकायहरु ५, स्पेयर पार्टस, टायर लुव्रिकण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने छन् । स्मरणीय छ, विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत बर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो । विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय अव केही चलायमान हुने अपेक्षा समेत राखिएको छ । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुदैछ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने आशा समेत गरिएको छ । त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्बिसले गर्नेछ ।