कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई ८ लाख ९६ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि र कर्मचारीहरुका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९९० कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । साथै मरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।

बिओकेको ६३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बैंक अफ काठमाण्डु(बिओके)को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । बैंकको ६ प्रतिशत अर्थात ६३ लाख ७५ हजार ३९६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तातरण भई दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६८९.७२ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनको सेयर प्रतिकित्ता ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८५८.९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ९४३.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।