नेप्से परिसूचक दोहोरो अंकले घट्दा ३ हाइड्रोमा लाग्यो सर्किट

काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घट्दा तीन हाइड्रोपावर कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर मूल्य सर्किट लाग्नेमा रुरु हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर रहेको छ । रुरु र इस्टर्नको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पिपुल्सकोमा भने नकारात्मक सर्किट लागेको छ । यस्तै, एनसिसि बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज सेयर बजार १४.४८ अंकले घट्दा एक अर्ब १९ करोडको ४८ लाख कित्ता सेयर किनबेच भएको छ ।

एचआइडिसिएलले गर्यो लाभांश प्रस्ताव, पुस २६ गते बोलायो साधारणसभा

काठमाडाैं । एचआइडिसिएल गत वर्षकाे लाभांशबाट सेयरधनीलाई दिन लाभांश प्रस्ताव गरेकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हाे । सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकको लाभांश पाउन पुस १० गतेसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं ।  एनएमबि बैंकले बुक क्लोज मिति तोकेको छ । बैंकको बुधबार बसेको संचालक समितिले २७ ‍औं वार्षिक साधारणसभाको लागि पुस ११ गते एकदिन बुक क्लोज मिति तोकेको हो । यसर्थ पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम भएका बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट यस वर्ष सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले पुस २५ गतेको लागि साधारणसभा बोलाएको छ ।