श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित ११ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मंगलबार ९२ करोडले घट्यो सेयर कारोबार, सबैभन्दा बढी आईसीएफसीको
काठमाडौं । केही दिनयता सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै निरन्तर घटिरहेको छ । मंगलबारको बजारमा पनि परिसूचक सामान्य अंकले घटेको छ भने कारोबार रकम ९२ करोड रुपैयाँले घट्न पुगेको छ । बजारमा परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतले घटी हो । मंगलबार २२५ स्क्रिप्टको ३ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन सोमबारको तुलनामा ९२ करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । जसमध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । संस्थाको १६ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंक र हिमालयन डिष्टिलरीको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसमध्य महालक्ष्मीको १३ करोड ९९ लाख र हिमालयन डिष्टिलरीको १० करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आईसीएफसी र महालक्ष्मी विकास बैंक दुबैको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । जसमध्ये आईसीएफसीको ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ८९० रुपैयाँ र महालक्ष्मीको ५.२८ प्रतिशतले बढेर प्रतिकित्ता ६५० रुपैयाँ पुगेको छ । मंगलबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी अर्थात ४.७७ प्रतिशतले सेयर मूल्य घटेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १६१६ रुपैयाँमा झरेको छ । बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् ।
समीट लघुवित्तले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । मंसिर १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । हालै सजिलो लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था मर्ज भई गत २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु भएकोले उक्त प्रस्तावित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।