जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड ७८ लाख रुपैयाँ नाघ्ने छ ।
७२ अंकले घटेको बजारमा यूनिलिभरसहित ९ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । आइतबारको सेयर बजार उच्च अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.८० प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम बढेको छ । बजार निरन्तर रुपमा घटेसँगै लगानीकर्ताहरुले डराएर सेयर बेच्न थालेपछि कारोबार रकम बढ्न पुगेको हो । आइतबारको बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । जबकी गत बिहीबारको बजारमा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार २२६ वटा स्क्रिप्टहरु कारोबारमा आएका थिए । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको उच्च अर्थात २८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा अन्य ५ कम्पनीको १० करोड माथिको सेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३७२ अंकले घटेको छ । घटेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्य बढ्यो उच्च अंकले घटेको आइतबारको बजारमा पनि ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), कर्पोरेट डेभलपमेन्ट बैंक, मैलुङ्ग खोला जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स र यूनिलिभर नेपालको सेयर मूल्य बढेको छ । जसमध्ये न्यादी हाइड्रोपावरको सेयर कारोबार सर्किट लेभलमा भएको छ । बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.३२ प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७४८.१० रुपैयाँमा झरेको छ ।
सेयर बजार राताम्मे, ६४ अंकले ओरालो लाग्यो नेप्से परिसूचक
काठमाडौैं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । साताको पहिलो दिन अर्थात आइतबारको बजार पनि कारोबार खुलेदेखि नै निरन्तर रुपमा घटीरहेको छ । दिउँसो साढे एक बजेसम्ममा परिसूचक ६४.७५ अंकले घटेर २५२१.४४ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले घटी हो । कारोबार खुलेको साढे २ घण्टामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । हालसम्म कम्पनीको १९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।