बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिओकेको ६ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो ।नेप्सेले प्रतिकित्ता २१४ रूपैयाँ २५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । बैंकले मंसिर २३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसधा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन, कति छ समायोजित मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो । नेप्सेले प्रतिकित्ता २४४ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमान्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । असार १ गते बैंकको सेयर प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो । बैंकले मंसिर २३ गते शुक्रबार १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको साभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।

पाँच वटा लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजार खुलेको करिब तीन घण्टामा पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । पाँच मध्ये तीनको पुर्ण रुपमा सर्किट लागिसकेको छ भने दुईको सर्किट लेभलमा कारोबार भइरहेको हो । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त रहेका छन् भने उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको लागेको छ । शनिबार ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जाल्पा लघुवित्तको भने आइतबार सेयर बजार खुलको ५ मिनेटमै सेयर मूल्यमा सर्किट लागेको थियो । यो समाचार तयार पार्दसम्म नेप्से परिसुचक २९.७५ अंकले बढेर १९५१.९१ विन्दुमा पुगेको छ । यसरी नेप्से उकालो लाग्दा आइतबारको बजारमा सबैभन्दा बढी कारोबार लघुवित्तकै रहेको छ ।लघुवित्तले लाभांश घोषणा गर्न थालेसँगै लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

बजार खुलेको ५ मिनेटमै जाल्पा लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

काठमाडाैं । सेयर बजार खुलेकाे ५ मिनेटमा जाल्पा लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । शनिबारकाे बसका संचालक समितीले ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेपछि आइतबार बजार खुलकाे ५ मिनेटमै लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । सर्किट लागेपछि लघुवित्तकाे सेयर मूल्य ३४०८.९० रुपैयाँ पुगेकाे छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।  

एकैदिन १२ सय रुपैयाँले बढ्यो युनिलिभरको सेयर मूल्य

काठमाडौं । बिहिबार यूनिलिभर नेपालले सेयर मूल्य एकैदिन ६.५६ प्रतिशतले बढेको छ । बिहीबार बिहान लाभांश घोषणा गरेको युनिलिभरको एकैदिन १२ सय रुपैयाँले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार युनिलिभरको कारोबार भएको अन्तिम मूल्य १९ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने घाेषणा गरेकाे छ । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १ हजार २७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो ।

अरुण काबेलीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । अरुण काबेलीको १० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२.७३ रूपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको बिहिबार(कात्तिक १७ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बिहीबार बीमामा छायो हरियाली, चार कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । बिहीबारको सेयर बजारमा बीमा समूह हरियाली छाएको छ । राताम्मे देखिएको सो दिनको बजारमा निर्जीवन र जीवन बीमा समूह मात्रै हरिया देखिएका हुन् । जसमध्ये जीवन बीमा समूह १.४० अंकले बढेर ८ हजार ९३९ बिन्दुमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ०.६२ अंकले बढेर ७ हजार ७०१ बिन्दुमा पुगेको छ । बिहीबार दुई जीवन र दुई निर्जीवन गरी कूल चार वटा बीमा कम्पनीको सेयर मूल्य बढेको छ । जसमा जीवनको तर्फबाट नेशनल लाइफ र एशियन लाइफ रहेका छन् भने निर्जीवनको तर्फबाट राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्स रहेका छन् । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.२९ प्रतिशतले बढेर प्रतिकित्ता ५८१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँले बढी हो । नेशनल लाइफले १५.७८९ प्रतिशत लाभांश प्रस्तावसहित मंसिर १८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रयोजनको लागि मंसिर ८ गते एक दिन बुक क्लोज हुँदै छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य अर्थात ०.०४ प्रतिशतले बढी हो । निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको पनि सेयर मूल्य बढेर प्रतिकित्ता १३ हजार १३२ रुपैयाँमा कारोबार भएको छ । जुन बुधबारको तुलनामा १.८० प्रतिशत अर्थात २३२ रुपैयाँले बढी हो । शिखर इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ७५४.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ८.९० रुपैयाँ अर्थात १.१९ प्रतिशतले बढी हो ।

एनसीसी बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एनसीसी बैंकको सेयर मूल्य समायोजन भएको छ ।समायोजनपश्चात नेप्सेमा बैंकको सेयरमूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ । साधारण सभा तथा लाभांश वितरण गर्न बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । एनसीसी बैंकको सेयर कारोबार असोज १० गतेदेखि कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण रोक्का रहेको छ । बैंकले मंसिर २ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारण सभा बोलाएको छ । बैंकले हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

बोनसको लागि रु रु जलविद्युतको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार रु रु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८२७ रुपैयाँमा भएको थियो । यससँगै बिहीबारको बजारमा कम्पनीको पहिलो कारोबार समायोजित मूल्य अर्थात ७५१.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।

बोनसको लागि गुराँस लाइफको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस सेयरको लागि मंगलबार सेयर मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४८५ रुपैयाँमा भएको थियो ।

सेयर मूल्यमा १३ बीमा कम्पनी : राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो, सस्तो कुन ?

काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो । हाल बजारमा जीवन र निर्जीवन गरी कूल १३ कम्पनीको सेयर कारोबार भइरहेको छ । जसमध्ये निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १२ हजारभन्दा बढी छ । जुन अन्य कम्पनीको तुलनामा धेरै गुणा बढी हो । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २० हजार ४९९ रुपैयाँ र न्यूनतम १२ हजार २५५ रुपैयाँसम्ममा किनबेच भएको थियो । त्यसैगरी, सबैभन्दा बढी मूल्य हुने कम्पनीको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । जीवन बीमा व्यवसाय गर्दै आएको यो कम्पनीको सेयर हाल प्रतिकित्ता १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २ हजार ४९२ रुपैयाँ र न्यूनतम १ हजार ६५ रुपैयाँको बीचमा किनबेच भएको थियो । शिखर इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७१० रुपैयाँ छ । दोश्रो बजारमा २ हजार १५७ रुपैयाँसम्म किनबेच भएको कम्पनीको सेयर प्रतिकित्ता ६९० रुपैयाँसम्म झरेको थियो । त्यसैगरी, नेको इन्स्योरेन्सको सेयर ६७१ रुपैयाँमा किनबेच भइरहेको छ । प्रतिकित्ता ६०१ रुपैयाँसम्म झरेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँसम्म पुगेको थियो । दोश्रो बजारमा दुई जीवन बीमा कम्पनीको सेयर ५ सयदेखि ६ सय रुपैयाँको हाराहारीमा छ । आइतबार नेपाल लाइफको अन्तिम कारोबार प्रतिकित्ता ५७९ रुपैयाँ र नेशनल लाइफको प्रतिकित्ता ५३५ रुपैयाँमा भएको थियो । लगानीकर्ताले नेपाल लाइफको सेयर अधिकतम १८१० रुपैयाँ र नेशनल लाइफको अधिकतम ११७९ रुपैयाँसम्म कारोबार भएको थियो । त्यस्तै, पछिल्लो एक वर्षको अवधिमा यी दुईको सेयर क्रमशः ५७७ र ४९९ रुपैयासम्म झरेको थियो । यता ७ वटा कम्पनीको सेयर ५ सय रुपैयाँभन्दा कम मूल्यमा किनबेच भइरहेको छ । जसमा एनएलजी, एशियन लाइफ, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । एनएलजीको पछिल्लो कारोबार प्रतिकित्ता ४५१ रुपैयाँमा भएको छ । एक वर्षको अवधिमा अधिकतम १०१२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य भने घटेर ४२३ रुपैयाँसम्म झरेको थियो । दोश्रो बजारमा एशियन लाइफको सेयर प्रतिकित्ता ४३२.५० रुपैयाँमा पाइन्छ । पछिल्लो एक वर्षमा कम्पनीको सेयर अधिकतम १ हजार ३९८ रुपैयाँसम्म पुगेको थियो । र, सोही अवधिमा घटेर प्रतिकित्ता ४३० रुपैयाँसम्म झरेको थियो । यता नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर ४ सय रुपैयाँ भन्दा पनि सस्तोमा पाइन्छ । नेपाल इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार प्रतिकित्ता ३९८.४० रुपैयाँमा भएको थियो । जसको भाउ अधिकतम ९३७.३० र न्यूनतम ३९५ रुपैयाँसम्ममा झरेको थियो । त्यसैगरी, मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर प्रतिकित्ता ३६१.७० रुपैयाँ छ । हालसम्म कम्पनीको सेयर अधिकतम ८१०.९० र न्यूनतम ३५३.२० रुपैयाँको बीचमा कारोबार भइरहेको छ । पछिल्लो एक वर्षमा एक हजारमाथि पुगेको आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ३४७ रुपैयाँमा झरेको छ । यद्पि, उक्त मूल्य न्यूनतम मूल्य भने होइन । कम्पनीको सेयर न्यूनतम प्रतिकित्ता ३३३.२० रुपैयाँसम्म झरेको थियो । हाल दोश्रो बजारमा कारोबार भइरहेका बीमा कम्पनीमध्ये प्रुडेन्सियलको सेयर भाउ सबैभन्दा सस्तो छ । कम्पनीको सेयर प्रतिकित्ता ३३५.२० रुपैयाँमा कारोबार भइरहेको छ । हालसम्म कम्पनीको सेयरको लागि लगानीकर्ताले न्यूनतम ३२८ रुपैयाँदेखि अधिकतम ८१२ रुपैयाँसम्म लगानी गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्दै आएको यूनाइटेड इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३३६.२० रुपैयाँमा पाइन्छ । यसअघि कम्पनीको सेयर न्यूनतम ३२५ रुपैयाँदेखि अधिकतम ७८८ रुपैयाँसम्म किनबेच भएको थियो । नेपाली बजारमा जीवन र निर्जीवन गरी ३८ वटा कम्पनीले व्यवसाय गर्दै आएका छन् । जसमध्ये हाल १३ वटा कम्पनी मात्रै दोश्रो बजारमा कारोबार भइरहेका छन् । केही कम्पनी सूचीकृत नै भएका छैनन् भने सूचीकृत भएका केही कम्पनीको भने हाल कारोबार रोक्का छ । बजार ८ वटा जीवन र ८ वटा निर्जीवन गरी कूल १६ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । निर्जीवन तर्फका प्रिमियर, प्रभु, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, अजोड, जनरल र सानिमा जनरल छन् । र, जीवन बीमा तर्फका प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, यूनियन लाइफ र सानिमा लाइफको सेयर कारोबार रोक्का भइरहेको छ । यी कम्पनी मर्जरमा जाने तयारीमा रहेका छन् । दोश्रो बजारमा सूचीकृत नहुनेमा ७ वटा जीवन बीमा कम्पनी रहेका छन् । जसमा राष्ट्रिय बीमा संस्थान, सिटिजन्स लाइफ, आईएमई लाइफ, प्रभु लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ र मेट लाइफ रहेका छन् ।

निफ्रा बैंकको सेयर मूल्य हालसम्म कै सस्तो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको सेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको सेयरको भाउ पनि हालसम्म कै सस्तो मूल्यमा झरेको हो । आइतबार १.१० बजेसम्मको सेयर कारोबारमा बैंकको सेयर मूल्य ६.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १३.८० रुपैयाँ घटेर १८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको १ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ । बैंकको सेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको सेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो । बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि बैंकले आव २०७७÷०७८ मा सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयर र सर्वसाधारण समूहको ८ करोड ६४ लाख कित्ता सेयर स्वामित्व रहेको छ । बैंकको सेयर मूलय सुरुवातमा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेपनि हाल भने न्यूनतम मूल्यमा पुगेको हो । बैंकको सेयर मूल्य सस्तो भएकाले खरिद गर्नको संख्या पनि बढी रहेको छ । पछिल्लो विवरण अनुसार १ लाख २२ हजार ८१८ कित्ता खरिद गर्ने रहेका छन् भने १२ लाख ४५४ कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । बैंकको आम्दानीको मुख्य स्रोत भनेको संकलन गरेको निक्षेपको ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर हो ।

सेयर बजार निरन्तर ओरालो लाग्दै, कालिका पावरको सेयर मूल्य १० प्रतिशत घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । यसअघि हिजो आइतबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले गिरवाट आएको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा सोमबकार २.०७ प्रतिशत घटेको हो । आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको थियो । यस्तै, मंगलबार दिनभरिमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर ३० हजार १३५ पटक खरिदबिक्री हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ । यअिसअघि आइतबारका दिन १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार सेयर बजारमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९२ प्रतिशत अर्थात् ५८ रुपैयाँ बढेर १ हजार ५३८ रुपैयाँ पुगेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३३.४० रुपैयाँ घटेर ३००.६० रुपैयाँमा सीमित भएको छ । आज हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ५४० रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

आइतबारको सेयर बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो । यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार सेयर बजार घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम–१ को सेयर मूल्य ५.४५ प्रतिशत अर्थात् ०.४५ रुपैयाँ बढेर ८.८६ रुपैयाँ, नेपाल ल्यूव आयलको ४ प्रतिशत अर्थात् १०.५० रुपैयाँ बढेर २७३.३० रुपैयाँ, लक्ष्मी बैंकको ३.६६ प्रतिशत अर्थात् ७ रुपैयाँ बढेर १९८ रुपैयाँ, आदर्श लघुवित्तको १.९७ प्रतिशत अर्थात् ५.८० रुपैयाँ बढेर ३००.४० रुपैयाँ, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको १.९७ प्रतिशत अर्थात् ०.२१ रुपैयाँ बढेर १०.८९ रुपैयाँ पुगेको छ । यस्तै, वीन नेपाल लघुवित्तको १.९६ प्रतिशत अर्थात् १८ रुपैयाँ बढेर ९३७ रुपैयाँ, शिवश्री हाइड्रोको १.४६ प्रतिशत अर्थात् २.९० रुपैयाँ बढेर २०१.९० रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य १.३३ प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.६० रुपैयाँ, १० प्रतिशत प्राइम डिवेञ्चर २०८८ को सेयर मूलय १.२० प्रतिशत अर्थात् ९.८० रुपैयाँ बढेर ८२५ रुपैयाँ र मानुषी लघुवित्तको १ प्रतिशत अर्थात् ११ रुपैयाँ बढेर १ हजार ११५ रुपैयाँ पुगेको छ ।

घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति पुग्यो ?

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजार घटेपनि विभिन्न १० कम्पनीको सेयर मूल्य भने बढेको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य ४.१२ प्रतिशत अर्थात् ०.३४ रुपैयाँ बढेर ८.५९ रुपैयाँ, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.३८ प्रतिशत अर्थात् ३८ रुपैयाँ बढेर १ हजार ३८ रुपैयाँ, ८.५ प्रतिशत एसबिआई डिबेञ्चर २०८४ को सेयर मूल्य १.९२ प्रतिशत बढेर ८१५.५० रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूलय १.६९ प्रतिशत अर्थात् ०.१४ रुपैयाँ बढेर ८.४२ रुपैयाँ पुगेको छ । यस्तै, सनराइज ब्लुकचिप फण्डको सेयर मूल्य १.३० प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.७८ रुपैयाँ, मेगा म्युचुअल फण्ड–१ को सेयर मूल्य १.२१ प्रतिशत अर्थात् ०.०९ रुपैयाँ बढेर ७.५० रुपैयाँ, नबिल डिबेञ्चर २०८५ को सेयर मूल्य ०.७८ प्रतिशत अर्थात् ६.२० रुपैयाँ बढेर ८ सय रुपैयाँ, सिद्धार्थ इक्वीटि फण्डको सेयर मूल्य ०.६१ प्रतिशत अर्थात् ०.०५ रुपैयाँ बढेर ८.२१ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ०.४१ प्रतिशत अर्थात् १.९० रुपैयाँ बढेर ४६९.९० रुपैयाँ पुगेको छ ।

ब्याजदर बढ्ने भएपछि सेयर बजारमा पहिरो, ३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले बिहीबार ब्याजदर खुला छाड्ने निर्णय गरेको हो । लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेपछि ब्याजदर बढ्न सक्ने भएको छ । बिहीबार दिउँसो १ः५५ बजेसम्ममा सेयर बजारमा भारि गिरावट आएको छ भने सबै समूहमा राताम्य छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४ मा झरेको छ । यस्तै, सोही समय अवधिसम्ममा २२८ कम्पनीको ४१ लाख २८ हजार ६८६ कित्ता सेयर खरिदबिक्र हुँदा १ अर्ब ३४ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा राताम्य छाएको छ भने विभिन्न ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, एकै दिन सेयर मूल्य २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेप्सेमा ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । बुधबारको सेयर कारोबारमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेपछि लगानीकर्ताको आकर्षण बढेको हो । बुधबार बैंकको १८ हजार ७५२ कित्ता सयेर १३८ पटक खरिदबिक्री हुँदा ५० लाख ४८ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २४.९० रुपैयाँ बढेर २७३.९० रुपैयाँ पुगेको छ । यसअघि बैंकको सेयर मूल्य २४९ रुपैयाँ रहेको थियो ।

बिहीबार हिमालयन एभरेष्टको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । बिहीबारको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको कारोबार हो । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । बिहीबार कम्पनीको सेयर मूल्य ७.८० रुपैयाँले बढेर प्रतिकित्ता ४११.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशतले बढी हो । समग्रमा बिहीबारको बजारमा १ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २२ करोड रुपैयाँले बढी हो । बुधबारको बजारमा ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, सेयर मूल्य मापक नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटी हो । बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाको सेयर मूल्य ४.४९ प्रतिशतले बढेर प्रतिकित्ता १२८० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी गुमाउने अर्थात टप लुजरको र्शीष स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ६.४९ प्रतिशतले घटेर प्रतिकित्ता १४११.२० रुपैयाँमा झरेको छ । बिहीबार निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल एण्ड टुरिजम, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूह उकालो लागेका छन् । बाँकी समूह भने राताम्मे देखिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । शुक्रबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ६९५ रुपैयाँलाई आधार मानेर गरिएको हो । अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । साथै अब कम्पनीको सेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।