सोल्टी होटेलको २६.३१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७८÷०७९ का लागि चुक्ता पूँजीको २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद गरी कूल २६.३१५७८९४७ प्रतिशत अर्थात् ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित ४८ औँ वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको सभा पुस २८ गते कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीको सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । कम्पनीले लाभांश र सभा प्रयोजनार्थ पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले आर्थिक वर्ष २०६७/२०६८ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६८/२०६९ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०७०/२०७१ मा ५७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोली अन्तिम दिन
काठमाडाैं । इष्टर्न हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओमा आवेदन दिने समय बढाइएकाे छ । आज (मंगलबार) सार्वजनिक विदा परेपछि आइपीओमा आवेदन दिने समय एक दिन थप गरिएकाे छ । कम्पनीकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै आइपीओमा आवेदन दिनका लागि एक दिन समय थप गरेकाे जानकारी दिएकाे हाे । इष्टर्न हाइड्रोपावरले छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन, साढे १ अर्ब पूँजी भएको ब्रोकरका लागि नबिल एक्लो
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट सिफारिस लिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३० दिनको समयअवधि राखेर गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । यस अवधिमा नेप्सेबाट ४५ वटा कम्पनीले आवेदनका लागि सफिारिस लिएको नेप्सेले जनाएको छ । नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीलाई सिफारिस गरेको नेप्सेले जनाएको छ । ४५ वटा कम्पनीहरुमा एउटा कम्पनीले धितोपत्र व्यापारीका लागि आवेदन दिएको छ । नबिल सेक्युरुटिजले १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजीको धितोपत्र व्यापारीका लागि आवेन दिएको हो । धितोपत्र व्यापारीका लागि आवेदन दिँदा १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनु पर्ने व्यवस्था छ । यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको हुनुपर्नेछ । उक्त व्यवसायका लागि ३ वटा कम्पनीले आवेदन दिने गरी नेप्सेबाट सिफारिस लिएका छन् । मेगा स्टक मार्केट, सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले ६० करोड रुपैयाँ पूँजी भएको ब्रोकर कम्पनीको लागि आवेदन दिएका हुन् । यस्तै, सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड रुपैयाँ चुक्ता पूँजी भएको हुनु पर्ने व्यवस्था छ । ४१ वटा कम्पनीले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको ब्रोकर कम्पनीका लागि आवेदन दिन सिफारिस लिएको नेप्सेले जनाएको छ । भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड, केबिएल सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड, सेयर प्रो सेक्युरिटिज लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज प्रालि, एनआईसी एसिया सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रालि, पाही इन्भेस्टमेन्ट लिमिटेड, मियो सेक्युरिटिज प्रालि, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, जेबीएनएल सेक्युरिटिज लिमिटेड, प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडले आवेदन दिएका छन् । यस्तै, एसपीएसए सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रालि, सानिमा सेक्युरिटिज लिमिटेड, आकाश भैरव सेक्युरिटिज लिमिटेड, क्यापिटल हब प्रालि, गरिमा सेक्युरिटिज लिमिटेड, स्टक्स काट्र्स सेक्युरिटिज लिमिटेड, हातेमालो फानान्सियल सर्भिसेज प्रालि, सीबीआईएल सेक्युरिटिज, इगल स्टक इक्विटी प्रालि, सनराईज सेक्युरिटिज लि, इन्दिरा सेक्युरिटिज प्रालि, सजिलो ब्रोकर लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्ल्युचिप सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिटिज कम्पनी लिमिटेड, रोडसो सेक्युरिटिज लि., सिजी ईन्भेष्टमेन्ट से. लिमिटेड, म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि, मनि वल्र्ड शेयर एक्सचेन्ज प्रालि, सेन्चुरी सेक्युरिटिज लिमिटेड, एप्पल सेक्युरिटिज लिले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको ब्रोकर कम्पनीका लागि आवेदन दिएका छन् ।