ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, एकै दिन सेयर मूल्य २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेप्सेमा ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । बुधबारको सेयर कारोबारमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेपछि लगानीकर्ताको आकर्षण बढेको हो । बुधबार बैंकको १८ हजार ७५२ कित्ता सयेर १३८ पटक खरिदबिक्री हुँदा ५० लाख ४८ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २४.९० रुपैयाँ बढेर २७३.९० रुपैयाँ पुगेको छ । यसअघि बैंकको सेयर मूल्य २४९ रुपैयाँ रहेको थियो ।

नेप्से ५० अंकले बढ्यो, कारोबार रकम पनि बढ्दै

काठमाडौं । निरन्तरको ओरालो लागेको सेयर बजारमा मंगलबादेखि भने हरियाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.८० अंकले बढेर १९८२.८९ अंकमा कारोबार भइरहेको छ । साढे २ बजेसम्म नेप्से परिसूचकबढेसँगै कारोबार रकम पनि बढेको छ । २२५ कम्पनीको ३४ लाख ९९ हजार ६५५ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १० करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेप्सेमा रहेको म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो । पछिल्लो समय आर्थिक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेको र चाडपर्वको समय नजिक आउन लागेपछि सेयर बजार बढ्ने सेयर जानकारहरु बताउँछन् । साथै केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

१५.७८ प्रतिशत लाभांश पारित गर्न सानिमा क्यापिटलको साधारणसभा असोज २६ गते

काठमाडौं । सानिमा क्यापिटलले आफ्नो साधारण सभा आह्वान गरेको छ । कयापिटलले सातौं वार्षिक साधारणसभा असोज २६ गते बोलाएको हो । क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २६ गते रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल–१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे सभा बोलाएको हो । क्यापिटलको सभाले सेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेको १५.७८९ प्रतिशत अर्थात् ३ करोड ९४ लाख ७३ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।