इन्द्रेणी मसरुम फार्मले सेयर जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडाैं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा सेयर जारी गर्ने भएकाे छ । कम्पनीले साे सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ । कम्पनीले आधुनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ ।
सेयर बजार ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार ११.६८ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेको हो । आज (मंगलबार) ४९ लाख ६७ हजार हजार ५६१ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको हो । कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज सप्तकोसी जलविद्यत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो । जसको लागि यी दुई कम्पनीले गत असार २७ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता यससँगै, उक्त मर्जर प्रकृया सकिएर एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कम्पनीको सेयर कारोबार फुकुवा हुने छ ।