आईसीएफसी र स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । बिहीबार आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १९१९.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २५४० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्सको पनि १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३९.८२ रुपैयाँ छ । बुधबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ७०३.८० रुपैयाँमा भएको थियो ।

११ वाणिज्य बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा कम, पाँच वटाको बोनस पनि पाइने

काठमाडौं । पछिल्लो समय दोश्रो बजार निरन्तर रुपमा घटिरहेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक घटेर २४५५ बिन्दुसम्म झरिसकेको छ । जुन २०७७ चैत यताकै न्यून बिन्दु हो । सूचीकृत कम्पनीहरुको सेयर मूल्य घटेसँगै सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक पनि घट्न पुगेको हो ।बुधबार १३ वटै समूहकाे परिसूचक घटेर राताम्मे भएकाे थियाे । त्यस्तै, सूचीकृत वाणिज्य बैंकहरुमा पनि अधिकांशको सेयर भाउ दिनानु दिन सस्तिँदै गएका छन् । बुधबारको बजारमा कारोबारमा आएका वाणिज्य बैंकमध्ये २ वाणिज्य बैंकको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । बुधबार नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । यससँगै, हाल दोश्रो बजारमा ११ वटा वाणिज्य बैंकको सेयर मूल्य ३०० भन्दा तल झरिसकेको छ । जसमा ग्लोबल आईएमई, माछापुच्छ्रे, लक्ष्मी, सनराइज, एनसीसी, सिटिजन्स, बैंक अफ काठमाण्डू, मेगा, कुमारी, सिभिल र सेञ्चुरी रहेका छन् । कुनको कति ? हाल ग्लोबल आईएमईको सेयर मूल्य घटेर २९७ रुपैयाँमा झरेको छ । एक वर्षयता बैंकको सेयर अधिकतम प्रतिकित्ता ५२२ रुपैयाँमा काराेबार भएको थियो । र, न्यूनतम २८९ रुपैयाँसम्ममा झरेको थियो । १० प्रतिशत बोनसपछि बैंकको सेयर मूल्य समायोजन समेत भइसकेको छ । त्यसैले अब बैंकको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउँदैनन् । बैंकले आगामी मंसिर २७ गते वार्षिक साधारणसभा मार्फत १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको सेयर अधिकतम ४५५ रुपैयाँ र न्यूनतम २२८ रुपैयाँमा भएको थियो । बैंकले  गत वर्षकाे नाफाबाट १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । त्यस्तै, लक्ष्मी बैंकको पनि सेयर मूल्य घटेर प्रतिकित्ता २९० रुपैयाँमा कारोबार भइरहेको छ । गत एक वर्षमा बैंकको अधिकतम मूल्य ४४७ र न्यूनतम २५९ रुपैयाँ छ । बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा बोलाएको छ । तर हालसम्म बुक क्लोज भने भएको छैन । बैंकले यहि मंसिर २४ गते शुक्रबार बुक क्लोज गर्दै छ । यससँगै २३ गते विहीबारसम्म  बैंकको सेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन् । सेयर मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य थप घट्ने छ । त्यस्तै, अधिकतम ४१८.२० रुपैयाँसम्म कारोबार भएको सनराइज बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २८० रुपैयाँमा झरेको छ । यद्यपि याे न्यूनतम मूल्य भने होइन । एक वर्षयता बैंकको सेयर न्यूनतम २३५ रुपैयाँसम्ममा कारोबार भएको नेप्सेले जनाएको छ । ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको बैंकको हालसम्म बुक क्लोज अर्थात मूल्य समायोजन भएको छैन । बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म कायम सेयरधनीले बैंकको उक्त लाभांश पाउने छन् । साथै, मूल्य समयोजन पश्चात बैंकको सेयर मूल्य थप घट्ने छ । बुधबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको अन्तिम कारोबार प्रतिकित्ता २७१ रुपैयाँमा भएको छ । जुन मंगलबारको तुलनामा ८ रुपैयाँले घटी हो । त्यस्तै, अधिकतम मूल्यको आधारमा प्रतिकित्ता १३६ रुपैयाँले घटी हो । एक वर्षयता बैंकको सेयर प्रतिकित्ता ४०७ रुपैयाँसम्म भएको छ । र, न्यूनतम २६७.६० रुपैयाँमा भएको छ । बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हालसम्म आगामी वार्षिक साधारणसभाको मिति तय गरेको छैन । साथै, दोश्रो बजारमा एनसीसीको सेयर किन्नेले उक्त प्रस्तावित लाभांश पाउने छन् । बैंक अफ काठमाण्डूको सेयर मूल्य घटेर २६५ रुपैयाँमा झरेको छ । जबकी बैंकको सेयर अधिकतम ४३३.२० रुपैयाँ र न्यूनतम २३६ रुपैयाँसम्ममा भएको छ । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । १० प्रतिशत बोनसपछि बैंकको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३१० रुपैयाँ कायम भएको थियो । तर हाल बैंकको सेयर भाउ घटेर ३०० भन्दा तल झरेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न आगामी मंसिर २९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बुक क्लोज भइसकेकोले अब बैंकको सेयर किन्नेले गत वर्षको लाभांश भने पाउने छैनन् । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य घटेर प्रतिकित्ता २६७.५० रुपैयाँ कायम भएको छ । बैंकले गत वर्षको लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ । कार्त्तितक १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । प्रतिकित्ता ४०५ रुपैयाँसम्म पुगेको मेगा बैंकको सेयर मूल्य अहिले प्रतिकित्ता २६८ रुपैयाँ छ । एक वर्षयता बैंकको सेयर न्यूनतम २४७ रुपैयाँमा पनि किनबेच भएको छ । सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको बैंकको सेयर मूल्य समयोजन भइसकेको छ । यससँगै अब बैंकको सेयर किन्नेले गत वर्षको लाभांश पाउन योग्य हुँदैनन् । प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ । त्यस्तै, कुमारी बैंकको सेयर प्रतिकित्ता २४३ रुपैयाँमा भइरहेको छ । गत ५२ हप्तायता बैंकको उक्त सेयर अधिकतम ४१३ र न्यूनतम २१९ रुपैयाँसम्ममा किनबेच भएको छ । बैंकले गत आर्थिक वर्षको लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ । कार्त्तिक १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बुधबार सिभिल बैंकको सेयर भाउ प्रतिकित्ता २३७ रुपैयाँ छ । जुन मंगलबारको तुलनामा ५ रुपैयाँले घटी हो । यसअघि बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३१६ रुपैयाँसम्म पुगेको थियो भने घटेर १६५ रुपैयाँसम्म झरेको नेप्सेले जनाएको छ । बैंकले हालसम्म गत वर्षको लाभांश घोषणा गरेको छैन । त्यस्तै, सेञ्चुरी कमर्शियल बैंकको पनि सेयर मूल्य ३०० भन्दा तल छ । बुधबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता २२३ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले घटी हो । बैंकको सेयर अधिकतम ३२४ रुपैयाँ र न्यूनतम १९२ रुपैयाँसम्म किनबेच भएको पाइन्छ । बैंकले हालसम्म गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छैन । यससँगै, यी ११ बैंकमध्ये ग्लोबल आईएमई,  माछापुच्छ्रे, सिटिजन्स र कुमारी बैंकले वार्षिक साधारणसभा गरी गत वर्षको लाभांश पनि पारित गरिसकेका छन् । बैंक अफ काठमाण्डू, मेगा बैंककाे पनि लाभांश घाेषणापछि मूल्य समायाेजन भैसकेकाे छ ।  अब यी बैंकको सेयर किन्नेले गत वर्षको लाभांश पाउँदैनन् । त्यस्तै, लक्ष्मी, सनराइज, एनसीसी, सिभिल र सेञ्चुरी बैंकको सेयर किन्ने सेयरधनीले भने गत वर्षको लाभांश पाउन योग्य हुनेछन् । यद्यपि सिभिल र सेञ्चुरीले भने हालसम्म गत वर्षको लाभांश घोषणा समेत गरेका छैनन् । नाफामा रहेकाले दुबै बैंकले लाभांश पनि खुवाउने पक्कापक्की नै छ ।

नेपाल बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ । यससँगै मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३७८.६८ रुपैयाँलाई आधार मानेर हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४३१.७० रुपैयाँमा भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कूल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब नाघ्ने छ ।

७२ अंकले घटेको बजारमा यूनिलिभरसहित ९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबारको सेयर बजार उच्च अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.८० प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम बढेको छ । बजार निरन्तर रुपमा घटेसँगै लगानीकर्ताहरुले डराएर सेयर बेच्न थालेपछि कारोबार रकम बढ्न पुगेको हो । आइतबारको बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । जबकी गत बिहीबारको बजारमा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार २२६ वटा स्क्रिप्टहरु कारोबारमा आएका थिए । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको उच्च अर्थात २८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा अन्य ५ कम्पनीको १० करोड माथिको सेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३७२ अंकले घटेको छ । घटेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्य बढ्यो उच्च अंकले घटेको आइतबारको बजारमा पनि ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), कर्पोरेट डेभलपमेन्ट बैंक, मैलुङ्ग खोला जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स र यूनिलिभर नेपालको सेयर मूल्य बढेको छ । जसमध्ये न्यादी हाइड्रोपावरको सेयर कारोबार सर्किट लेभलमा भएको छ । बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.३२ प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७४८.१० रुपैयाँमा झरेको छ ।

एभरेष्ट बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार मात्रै एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता ५८३ रुपैयाँ भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम भएको छ । त्यसैगरी सबैको लघुवित्तको पनि ३१.०५ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १५०४.०१ रुपैयाँ कायम भएको छ । त्यस्तै, अबको बजारमा यी तीन वटै कम्पनीको पहिला कारोबार समायोजन पश्चात कायम भएको मूल्यको आधारमा हुने छ ।

४७.५० बोनसपछि महिला लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । ४७.५० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार ७३८.०२ रूपैयाँले घटेको छ । बुधबार प्रतिकित्ता ५३९७ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ३६५८.९८ रुपैयाँ कायम भएको छ ।

मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये मेगा बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो । त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १६९९.३० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१७५.१० रुपैयाँमा कारोबार भएको छ ।

लाभांश घोषणासँगै महालक्ष्मी विकासको सेयर मूल्य घट्यो, दुई हाईड्रोमा लाग्यो सर्किट

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६३०.०१ बिन्दुमा झरेको छ । जुन आइतबारको तुलनामा ०.८१ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिजो २३४ कम्पनीको सेयर किनबेच भएको थियो भने आज २२८ कम्पनीको सेयर किनबेच भएको छ । बजारमा महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ६१ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले आज बिहान मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको थियो । ५ वर्षयताकै उच्च लाभांश घोषणा गरेको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता ६१९.४० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिन प्रतिकित्ता ६५२ रुपैयाँ थियो । महालक्ष्मी विकास बैंकले घोषणा गर्यो ५ वर्षयताकै उच्च लाभांश दोहोरो अंकले घटेको बजारमा पनि दुई हाईड्रोको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । जसमा न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनी रहेका छन् । यी दुईको सेयर मूल्य क्रमशः ९.९९ र ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता ३१०.५० र ३८१.४० रुपैयाँ पुगेको छ । सोमबार आईसीएफसी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ९३.२० रुपैयाँले घटेर प्रतिकित्ता ८३८.८० रुपैयाँमा झरेको छ ।

ग्लोबल आईएमईको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६५.२० रुपैयाँमा भएको थियो ।

निफ्रा र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र मेरो माइक्रोफाइनान्स वित्तीय संथाको सेयर मूल्य समायोजन भएको छ । यी दुबैको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । जसमध्ये निफ्राको ८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३१.४८ रुपैयाँ कायम भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको छ । यससँगै बिहीबारको बजारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यबाट शुरु हुने छ ।

नेपाल एसबीआई बैंकले ५.३१ प्रतिशत लाभांश दिने, लाभांश घोषणापछि घट्यो सेयर मूल्य

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंककाे चुक्ता पुँजी ९ अर्ब ४९ कराेड छ । उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि पाउनेछन् । लाभांश घोषणापछि बैंककाे सेयर मूल्य घटेकाे छ । मंगलबार ३५२ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर मूल्य बुधबार खुल्ने वित्तिकै ६ रूपैयाँले घटेकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँबाटै शुरु हुनेछ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको थियो ।

ओरालो लागेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको हो । नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतले घटी हो । त्यस्तै, कारोबार रकम घटेर ४ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा करिब २ अर्बले घटी हो । गत बिहीबारको बजारमा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०र१० प्रतिशतले बढेको छ । पछिल्लो कारोबारको तुलनामा नारायणीको सेयर मूल्य ८६.६० रुपैयाँले बढेर प्रतिकित्ता ९५२.६० रुपैयाँ र मानुषीको १४९.५० रुपैयाँले बढेर प्रतिकित्ता १६४४.८० रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने भएसँगै संस्थाको सेयर मूल्य बढेको हो । संस्थाले गत मंसिर ३ गते मात्रै नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको थियो । यससँगै, संस्थाले अब १३ करोड १२ लाख रुपैयाँ बराबरको १३ लाख १२ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । आइतबार सबैभन्दा बढी तेह्रथुम पावरको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ४.२१ प्रतिशतले घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ । बजारमा हाइड्रोपावर र उत्पादनमूलक समूह उकालो लागेका छन् भने कारोबारमा आएका बाँकी सबै समूह ओरालो लागेका छन् ।

फर्ष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२१.८२ रुपैयाँ कायम भएको छ । यससँगै, आइतबारको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९२१.८२ रुपैयाँबाट शुरु हुने छ । यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १०१४ रुपैयाँमा भएको थियो ।

बम्पर लाभांश घोषणा गरेको एशियन लाइफमा झुम्मिए लगानीकर्ता, बढ्यो सेयर मूल्य

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कार्त्तिक ३० गते बेलुका बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो । उच्च लाभांश घोषणा गरेसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बजारमा कम्पनीको उच्च कारोबार भएको छ । कारोबार खुलेको ३० मिनेटमै कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता १३४८ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ४.२१ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित २७ प्रतिशत लाभांश आर्थिक वर्ष २०७०/७१ यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७०।७१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेबलमा, कुन कम्पनीमा किन बढ्यो लगानीकर्ताको आकर्षण ?

काठमाडौं । आजको दिन दोस्रो बजार सकारात्मक रह्यो । कारोबार रकम, परिसुचकको बृद्धि जस्ता सुचकले दोस्रो बजार सकारात्मक रहेको देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेबलमा पुग्यो । कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिन १० प्रतिशतले बढ्नु भनेको मूल्य बढेर सर्किट लेबलमा पुगेको मानिन्छ । एकै दिन कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढ्न वा घट्न पाउँदैन । नेप्सेले कुनै पनि कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ भने सोभन्दा बढी घट्न दिदैन । यस्तै, १० प्रतिशतले बढेको छ भने पनि सोभन्दा बढी बढ्न दिदैन । आज १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज ६ वटा कम्पनीहरु नेपाल टेलिकम (एनटीसी), नेपाल बंगलादेश (एनबी) बैंक, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर, अपर तामाकोशी जलविद्युत र मैलुङखोल जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्ेको छ । यस्तै, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । प्रभु इन्स्योरेन्स कम्पनीको मूल्य ९.५३ प्रतिशतले, श्रीइन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ९.४३ प्रतिशतले, लिवर्टी इनर्जी कम्पनीको ९.२१ प्रतिशतले, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९.०८ प्रतिशतले र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ । किन बढ्यो मूल्य ? आज दोस्रो बजारमा १० प्रतिशतले सेयर मूल्य बढेकामध्ये एनबी बैंक अर्काे एक वाणिज्य बैंकसँग मर्जरमा जाँदैछ भन्ने हल्लाले काम गरेको छ । नविल बैंक र एनबी बैंकबीच मर्जर हुँदैछ भन्ने हल्ला दोस्रो बजारमा व्यापक हुँदा सेयर मूल्य बढेर सर्किट लेबलमा पुगेको हो । एनबी बैंकको सेयर मूल्य दोस्रो बजारमा यसअघि पनि नबिल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाले बढेको थियो । एनबी बैंकको बंगलादेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वको सेयर विक्री गर्न लागेको छ । सो सेयर नेपाली व्यवसायी तथा नबिल बैंकका लगानीकर्ता विनोद चौधरीले किन्ने गृहकार्य भएको र एनबी बैंक पनि नबिलसँग मर्जरमा जान्छ भन्ने विश्लेषणका आधारमा एनबीको सेयर मूल्य बढेको हो । एनटीसीको सेयर मूल्य बढ्नुमा भने स्वभाविक कारण देखिन्छ । एनटीसीले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा उसको नाफा ५० प्रतिशतको हाराहारीमा बृद्धि भएको देखाएको छ । एनटीसीको नाफा बृद्धि भएको वित्तीय विवरण प्रकाशित भएकोले सो कम्पनीको सेयर मूल्य बढेको हो । १० प्रतिशतले नै मूल्य बढेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य केही दिनयता बढ्ने गरेको छ । मूल्य बढेर सर्किट लेबलमा कारोबार भएको अर्काे कम्पनी पन्चकन्या माईले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण आज मात्रै प्रकाशित गरेको थियो । यस्तै, अपर तामाकोशीले पनि आज नै वित्तीय विवरण प्रकाशित गरेको छ । तामाकोशीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ८६ करोड रुपैयाँ नाफा भएको वित्तीय विवरण प्रकाशित गरेको छ । नाफा बृद्धि भएको वित्तीय विवरण प्रकाशित भएकोले पनि अपर तामाकोशीको मूल्य बढेको हो ।

अपडेटः एनबी बैंक र अपरसहित ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर कारोबार खुलेको २ घण्टामा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउँसो एक बजेसम्मको अवधिमा नेपाल बङ्गलादेश (एनबी) बैंक, बोलर्स नेपाल (तराई), अप्पर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । एनबी बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३२.६० रुपैयाँले बढी हो । त्यस्तै, बोटलर्स नेपालको १० प्रतिशत अर्थात १३ सय रुपैयाँले बढेर १४ हजार ३०८ रुपैयाँ पुगेको छ । अप्परको १० प्रतिशतले बढेर प्रतिकित्ता ६४१ रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा ५३.३० रुपैयाँले बढी हो । त्यसैगरी, दैनिक सकारात्मक सर्किट लागेको तेह्रथुम पावरको सेयरमा आज पनि सर्किट लागेको छ । सोमबारको तुलनामा कम्पनीको सेयर मूल्य ४८.३० रुपैयाँले बढेर प्रतिकित्ता ५३१.६० रुपैयाँ पुगेको छ । जुन प्रतिशतको आधारमा ९.९९ प्रतिशतले बढी हो । यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक ४३.१० अंकले बढेर २७५८.४५ बिन्दुमा पुगेको छ । जुन सोमबारको भन्दा १.५९ प्रतिशतले बढी हो । हालसम्म २ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये तीन कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसको छ । यो अवधिसम्म कारोबारमा आएका सबै समूह उकालो लागेर हरिया देखिएका छन् ।

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । यससँगै आज मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६१८.०१ रुपैयाँदेखि नै शुरु हुने छ ।

नेप्से २३ अंकले बढ्दा कारोबार घट्यो, साहसको सेयर मूल्यमा निरन्तर सर्किट

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । शुरुवाती कारोबारमा घट्दो क्रममा रहेको बजार अन्त्यमा २३.७६ अंकले उकालो लागेको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार ०.८४ प्रतिशतले बढेर २८४३.६२ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकमा सुधारदेखिए पनि कारोबार रकम भने घटेको छ । सो दिन २३० कम्पनीको ६ अर्ब ७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७० करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ७३० रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा कामना सेवा विकास बैंक रहेको छ । संस्थाको २२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । बजारमा साहस उर्जाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि सर्किट लागेको कम्पनीको सेयर मूल्य आजपनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५३९.३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४९ रुपैयाँले बढी हो । त्यस्तै, गुणविल फाइनान्स कम्पनीको सेयर मूल्य ९.१६ प्रतिशतले बढेर प्रतिकित्ता ८४४.९० रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा राम्रो प्रगति गरेसँगै कम्पनीको सेयर मूल्य बढेको बुझिन्छ । मंगलबार सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य २.९५ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ५९० रुपैयाँमा झरेको छ । मंगलबार बैंकिङ्ग, इन्भेष्टमेन्ट र ट्रेडिङ्ग समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३८०.१८ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३८०.१८ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४२५.८० रुपैयाँमा भएको थियो ।