सयपत्री हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ६ जनालाई ११ कित्ता, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५७२ जना लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जना लगानीकर्ताको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १४ लाख १२ हजार ४६८ जनाको आवेदन सदर भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ता सेयर पाएका छन् । १० कित्ताका दरले वितरण गर्दा ६ जनाले ११ कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १३ लाख ४६ हजार ५१४ जनाको हात रित्तो भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुलाई ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषका लागि, १४ लाख ४२१ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो । यसरि हेर्न सकिन्छ नतिजा कम्पनीको आईपीओ विभिन्न तरिकाबाट हेर्न सकिन्छ । जसमध्ये बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट https://www.niblcapital.com, सिडिएससीको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएस एण्ड क्लियरिङ्गले आईपीओ हेर्न संचालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र सयपत्री हाइड्रोको वेवसाइट http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ ।
शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा
काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले आगामी भदौ १० गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगरमा डाकेको हो । उक्त सभाले कम्पनीको गणपुरक संख्या ६५ प्रतिशतलाई बढाएर ५१ प्रतिशत कायम गर्दै छ । त्यस्तै, सञ्चालक समितिमा ७ जना हुने व्यवस्थालाई संशोधन गरी ६ जनाको बनाउने विशेष प्रस्ताव छ । जसमा स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकमा १ जना र सेयरधनीहरुबाट ५ जना हुने छन् । विशेष साधारण सभा जुम मार्फत पनि गरिने भएकाले इच्छुकहरु जुम मार्फत सभामा जोडिन सक्ने छन् ।
सयपत्री हाइड्रोको आईपीओ बाँडफाँड भोलि, कति बजे ?
काठमाडौं । सयपत्री हाइड्रो पावरले जारी गरेको आईपीओको बाँडफाँड भोलि (साउन २४ गते) हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले भोलि बिहान १० बजे बाँडफाँड गरिने जानकारी गराएको हो । उक्त बाँडफाँडको कार्यक्रम एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा हुने छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।