सिवाईसी नेपालको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (जेठ ३० गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘सिवाईसीएल’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यससँगै भोलि अर्थात सोमबारको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
३२ सय नजिक पुगेको सेयर बजार साढे ११ सय अंकले घट्यो, १५ खर्ब बढी नोक्सान
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले घटेको छ । अघिल्लो साता १४५.०८ अंकले घटेको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबारका दिन अर्थात शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको सेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय सेयर बजार लामो समयदेखि निरन्तर रुपमा घटिरहेको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले घटेर २०४८.१६ अंकको बिन्दुमा झरेको हो । यो अवधिमा सेयर बजारमा १५ खर्ब बढी नोक्सान भएको लगानीकर्ताहरु बताउँछन् । चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण सेयर बजार घट्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमवार नेप्से सूचकमा १२.८९ अंकले घटेर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमवार कारोबार भएको २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयरमार्फत् १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन अर्थात मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलवार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर, बुधवार भन सेयर बजार बढेको थियो । बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो । बुधवार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो । बिहीवारदेखि बजार बढ्ने आंकलन गरिएपनि एकदिन पनि टिक्न नपाई बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झ¥यो । बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि घटेको हो । त्यस्तै, नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ
वाणिज्य बैंकको सेयर मूल्य २०० भन्दा तल, सस्तोमा सेयर किन्ने अवसर
काठमाडौं । सेयर बजार घट्दै जाँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर जुरेको छ । बाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल झरेको छ । सेन्चुरी कमर्शियल बैंकको सेयर शुक्रबार १९६ देखि १९९ रुपैयाँमा किनबेच भएको छ । बैंकको सेयर तीन वर्षपछि २०० रुपैयाँ भन्दा तल झरेको हो । एक वर्षअघि यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँसम्ममा कारोबार भएको थियो । एक वर्षका कम्पनीको सेयर मूल्य करिव ३९ प्रतिशतले घटेको छ । बुधबार सिभिल बैंकको सेयर पनि प्रत्तिकित्ता १९६ रुपैयाँमा कारोबार भएको थियो । एक वर्षअघि यस बैंकको सेयर ३१६ रुपैयाँसम्ममा किनबेच भएको थियो । यस बैंकको सेयर मूल्य पनि एक वर्षमा ३८ प्रतिशतले घटेको छ । सेन्चुरी र सिभिल जस्ता नयाँ बैंकको मात्र होइन, पुराना बैंकहरुको सेयर मूल्य पनि २००को हाराहारीमा झरेको छ । कुमारी बैंकको सेयर यसै साता प्रतिकित्ता २०० रुपैयाँमा किनबेच भयो । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर पनि यो सातामा २०२ रुपैयाँमा किनबेच भयो । एक वर्षअघि प्रतिकित्ता यस बैंकको सेयर ४०७ रुपैयाँमा किनबेच भएको थियो । सनसाइज बैंकको २१२, लक्ष्मी बैंकको सेयर २१५ र बैंक अफ काठमाण्डूको सेयर मूल्य यो साता २१५ रुपैयाँसम्ममा झरेको छ । सिटिजन्स बैंकको २२३, मेगा बैंकको २२६, प्रभु बैंकको २३७, माछापुच्छ«े बैंकको सेयर मूल्य २४५ रुपैयाँमा झरेको छ । पुराना, ठूला र स्थापित बैंकहरुको सेयर मूल्य पनि ३०० रुपैयाँ भन्दा कममा कारोबार भैरहेको छ । ग्लोबल आईएमई बैंक र इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २६५ रुपैयाँमा झरेको छ । एनएमबी बैंकको २६८, प्राइम बैंकको २७२, सानिमा बैंकको २८५, नेपाल बैंकको २९०, नेपाल एसविआई बैंकको २९६ रुपैयाँमा किनबेच भैरहेको छ । हिमालयन बैंकको सेयर ३१६, कृषि विकास बैंकको ३३५, सिद्धार्थ बैंकको ३३६ रुपैयाँमा कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३९७ रुपैयाँमा झरेको छ । सेयरको सबैभन्दा बढी मूल्य नविल बैंकको छ । शुक्रबार यस बैंकको सेयर प्रतिकित्ता ८४८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो महाँगो सेयर एनआईसी एशिया बैंकको ७१६ रुपैयाँमा किनबेच भएको छ । तेस्रो महँगो एभरेष्ट बैंकको सेयर मूल्य ४५८ रुपैयाँमा झरेको छ ।