सेयर बजारको समस्या मिलेर समाधान गरौं
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् । ‘मौद्रिक नीतिमा समावेश भएका गुनासोहरु यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासमा सहजीकरण गर्नुपर्ने छ,’ उनले भने । बजार विकासको लागि नियमनकारी संस्थाहरुबीचको समन्वयनको खाँचो रहेको बताउँदै उनले सबै नियमनकारी संस्थाहरुलाई समन्वयन गरेर काम गर्न आग्रह गरेका छन् । उनले राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीचको अन्तरसम्बन्ध समन्वयात्मक सहकार्य गर्नको आग्रह गरेका हुन् । पुँजीबजारमा नयाँ नेतृत्व आएपछि सकारात्मक प्रयासहरु भइरहेको र ती प्रयासमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताए । हरेक नियमनकारी संस्थाहरुमा जवाफदेहीताको सहितको स्वायत्ता हुनुपर्ने छ । नेपाल सरकारअन्तर्गतका जुनसुकै नियमनकारी निकायका संस्थाहरुलाई जवाफदेहीताको सहितको स्वायत्ताको उपयोग गर्न अपिल गरेका छन् । धितोपत्र बजारको आजको समस्याको समाधान गर्नको लागि नेपालको पुँजीबजारललाई अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । त्यो आधुनिक प्रविधिको अभावमा नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्न सक्ने प्रयास गर्नुपर्छ । ‘म अर्थमन्त्रालय आएदेखि सबैभन्दा पहिला पुँजीबजार सुधार गर्ने विषय उठाएको थिएँ, र, समस्याहरुको पहिचान गर्न सचिवज्यूहरुसँगको व्यापक छलफल गरियो । र, पहिचान गरेर त्यसलाई नयाँ ढंगले अघि बढ्ने काम गरिएको छ’, उनले भने । बजारमा प्रविधिको आवश्यक रहेको छ, त्यसको लागि नियमनकारी संस्थाहरुलाई सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको उनले बताए । भौतिक पूर्वाधारको विषयमा पनि अर्थमन्त्रालयले सहजीकरण गर्ने उनले बताए । सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउनु पर्ने बताउँदै उनले धितोपत्र बजारसम्बन्धी जनचेतनाका कार्यक्रम अपर्याप्त भएकोले लगानीकर्ताहरुले समस्या भोग्नुपरेको समेत बताए ।
सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति
काठमाडौं । सेयर बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन भएको छ । अर्थमन्त्रालयले जेठ २५ गते नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बसेर चार सदस्यीय सुझाव समिति गठन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३० औंं वार्षिकोत्सवको अवसरमा बोल्दै सो जानकारी गराएका हुन् । उनका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधीसहित चार सदस्यीय समिति गठन गरिएको हो । यससँगै, उक्त समितिले दिएको सुझावको आधारमा सम्बन्धित निकायले गर्नुपर्ने कामहरु गरिने समेत उनले बताए । यता, पुँजीबजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा बनेको संघर्ष समितिले जेठ २३ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
४/१२ करोडको नीतिमा सहजीकरण गर्ने गभर्नरको आश्वासन
काठमाडौं । सेयर बजारका लगानीकर्ताले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । नेपाल पुँजीबजार संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले मंगलबार गभर्नरलाई भेटेका हुन् । भेटमा लगानीकर्ताहरुले सेयर बजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । अध्यक्ष पोखरेलका अनुसार उक्त टोलीले सेयर बजारमा परेको दवाव, सेयर धितोमा ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी लगायतको बारेमा अवगत गराएका हुन् । लगानीकर्ताको भनाइलाई ध्यानमा लिँदै गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भीर रुपले अध्ययन गर्ने बताएका लगानीकर्ता पोखरेलले भनिन् । साथै, अधिकारीले त्यसतर्फ कसरी सहजिकरण गर्नको लागि छलफल अगाडि बढाउने समेत बताएका पोखरेलले जानकारी गराइन् । ‘हामीले अहिलेको अवस्थामा ४ करोड र १२ करोडलाई खारेजी नै गर्न सकिन्न भने पनि त्यसलाई परिपत्रबाट जारी गरेर समय बढाउन सुझाव दियौं,’ अध्यक्ष पोखरलले भनिन्- ‘त्यसमा गर्भनरज्यूले अहिले नै यो गर्छौं भन्ने अवस्था छैन तर पनि योभन्दा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्छौं भन्नुभयो ।’ संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले बजार सुधारका लागि ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गरिनुपर्ने माग छ । त्यस्तै, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडीमा नै कायम गर्न माग गरेका छन् । त्यसैगरी, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्न र पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत लगानीकर्ताको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएसँगै लगानीकर्ता र अधिकारीबीच भेटवार्ता भएको हो । तर सोमबार हुने भनिएको भेटवार्ता गभर्नर अधिकारीको व्यस्तताले गर्दा एक दिन पछि सरेको हो । सम्बन्धित सामग्री : गभर्नरलाई प्रधानमन्त्रीको फोन : पुँजी बजारको समस्या तत्काल समाधान गर्नुस्