आईसीएफसी र स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । बिहीबार आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १९१९.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २५४० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्सको पनि १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३९.८२ रुपैयाँ छ । बुधबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ७०३.८० रुपैयाँमा भएको थियो ।
११ वाणिज्य बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा कम, पाँच वटाको बोनस पनि पाइने
काठमाडौं । पछिल्लो समय दोश्रो बजार निरन्तर रुपमा घटिरहेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक घटेर २४५५ बिन्दुसम्म झरिसकेको छ । जुन २०७७ चैत यताकै न्यून बिन्दु हो । सूचीकृत कम्पनीहरुको सेयर मूल्य घटेसँगै सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक पनि घट्न पुगेको हो ।बुधबार १३ वटै समूहकाे परिसूचक घटेर राताम्मे भएकाे थियाे । त्यस्तै, सूचीकृत वाणिज्य बैंकहरुमा पनि अधिकांशको सेयर भाउ दिनानु दिन सस्तिँदै गएका छन् । बुधबारको बजारमा कारोबारमा आएका वाणिज्य बैंकमध्ये २ वाणिज्य बैंकको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । बुधबार नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । यससँगै, हाल दोश्रो बजारमा ११ वटा वाणिज्य बैंकको सेयर मूल्य ३०० भन्दा तल झरिसकेको छ । जसमा ग्लोबल आईएमई, माछापुच्छ्रे, लक्ष्मी, सनराइज, एनसीसी, सिटिजन्स, बैंक अफ काठमाण्डू, मेगा, कुमारी, सिभिल र सेञ्चुरी रहेका छन् । कुनको कति ? हाल ग्लोबल आईएमईको सेयर मूल्य घटेर २९७ रुपैयाँमा झरेको छ । एक वर्षयता बैंकको सेयर अधिकतम प्रतिकित्ता ५२२ रुपैयाँमा काराेबार भएको थियो । र, न्यूनतम २८९ रुपैयाँसम्ममा झरेको थियो । १० प्रतिशत बोनसपछि बैंकको सेयर मूल्य समायोजन समेत भइसकेको छ । त्यसैले अब बैंकको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउँदैनन् । बैंकले आगामी मंसिर २७ गते वार्षिक साधारणसभा मार्फत १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको सेयर अधिकतम ४५५ रुपैयाँ र न्यूनतम २२८ रुपैयाँमा भएको थियो । बैंकले गत वर्षकाे नाफाबाट १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । त्यस्तै, लक्ष्मी बैंकको पनि सेयर मूल्य घटेर प्रतिकित्ता २९० रुपैयाँमा कारोबार भइरहेको छ । गत एक वर्षमा बैंकको अधिकतम मूल्य ४४७ र न्यूनतम २५९ रुपैयाँ छ । बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा बोलाएको छ । तर हालसम्म बुक क्लोज भने भएको छैन । बैंकले यहि मंसिर २४ गते शुक्रबार बुक क्लोज गर्दै छ । यससँगै २३ गते विहीबारसम्म बैंकको सेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन् । सेयर मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य थप घट्ने छ । त्यस्तै, अधिकतम ४१८.२० रुपैयाँसम्म कारोबार भएको सनराइज बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २८० रुपैयाँमा झरेको छ । यद्यपि याे न्यूनतम मूल्य भने होइन । एक वर्षयता बैंकको सेयर न्यूनतम २३५ रुपैयाँसम्ममा कारोबार भएको नेप्सेले जनाएको छ । ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको बैंकको हालसम्म बुक क्लोज अर्थात मूल्य समायोजन भएको छैन । बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म कायम सेयरधनीले बैंकको उक्त लाभांश पाउने छन् । साथै, मूल्य समयोजन पश्चात बैंकको सेयर मूल्य थप घट्ने छ । बुधबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको अन्तिम कारोबार प्रतिकित्ता २७१ रुपैयाँमा भएको छ । जुन मंगलबारको तुलनामा ८ रुपैयाँले घटी हो । त्यस्तै, अधिकतम मूल्यको आधारमा प्रतिकित्ता १३६ रुपैयाँले घटी हो । एक वर्षयता बैंकको सेयर प्रतिकित्ता ४०७ रुपैयाँसम्म भएको छ । र, न्यूनतम २६७.६० रुपैयाँमा भएको छ । बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हालसम्म आगामी वार्षिक साधारणसभाको मिति तय गरेको छैन । साथै, दोश्रो बजारमा एनसीसीको सेयर किन्नेले उक्त प्रस्तावित लाभांश पाउने छन् । बैंक अफ काठमाण्डूको सेयर मूल्य घटेर २६५ रुपैयाँमा झरेको छ । जबकी बैंकको सेयर अधिकतम ४३३.२० रुपैयाँ र न्यूनतम २३६ रुपैयाँसम्ममा भएको छ । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । १० प्रतिशत बोनसपछि बैंकको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३१० रुपैयाँ कायम भएको थियो । तर हाल बैंकको सेयर भाउ घटेर ३०० भन्दा तल झरेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न आगामी मंसिर २९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बुक क्लोज भइसकेकोले अब बैंकको सेयर किन्नेले गत वर्षको लाभांश भने पाउने छैनन् । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य घटेर प्रतिकित्ता २६७.५० रुपैयाँ कायम भएको छ । बैंकले गत वर्षको लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ । कार्त्तितक १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । प्रतिकित्ता ४०५ रुपैयाँसम्म पुगेको मेगा बैंकको सेयर मूल्य अहिले प्रतिकित्ता २६८ रुपैयाँ छ । एक वर्षयता बैंकको सेयर न्यूनतम २४७ रुपैयाँमा पनि किनबेच भएको छ । सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको बैंकको सेयर मूल्य समयोजन भइसकेको छ । यससँगै अब बैंकको सेयर किन्नेले गत वर्षको लाभांश पाउन योग्य हुँदैनन् । प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ । त्यस्तै, कुमारी बैंकको सेयर प्रतिकित्ता २४३ रुपैयाँमा भइरहेको छ । गत ५२ हप्तायता बैंकको उक्त सेयर अधिकतम ४१३ र न्यूनतम २१९ रुपैयाँसम्ममा किनबेच भएको छ । बैंकले गत आर्थिक वर्षको लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ । कार्त्तिक १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बुधबार सिभिल बैंकको सेयर भाउ प्रतिकित्ता २३७ रुपैयाँ छ । जुन मंगलबारको तुलनामा ५ रुपैयाँले घटी हो । यसअघि बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३१६ रुपैयाँसम्म पुगेको थियो भने घटेर १६५ रुपैयाँसम्म झरेको नेप्सेले जनाएको छ । बैंकले हालसम्म गत वर्षको लाभांश घोषणा गरेको छैन । त्यस्तै, सेञ्चुरी कमर्शियल बैंकको पनि सेयर मूल्य ३०० भन्दा तल छ । बुधबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता २२३ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले घटी हो । बैंकको सेयर अधिकतम ३२४ रुपैयाँ र न्यूनतम १९२ रुपैयाँसम्म किनबेच भएको पाइन्छ । बैंकले हालसम्म गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छैन । यससँगै, यी ११ बैंकमध्ये ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन्स र कुमारी बैंकले वार्षिक साधारणसभा गरी गत वर्षको लाभांश पनि पारित गरिसकेका छन् । बैंक अफ काठमाण्डू, मेगा बैंककाे पनि लाभांश घाेषणापछि मूल्य समायाेजन भैसकेकाे छ । अब यी बैंकको सेयर किन्नेले गत वर्षको लाभांश पाउँदैनन् । त्यस्तै, लक्ष्मी, सनराइज, एनसीसी, सिभिल र सेञ्चुरी बैंकको सेयर किन्ने सेयरधनीले भने गत वर्षको लाभांश पाउन योग्य हुनेछन् । यद्यपि सिभिल र सेञ्चुरीले भने हालसम्म गत वर्षको लाभांश घोषणा समेत गरेका छैनन् । नाफामा रहेकाले दुबै बैंकले लाभांश पनि खुवाउने पक्कापक्की नै छ ।
प्राइम लाइफ इन्स्याेरेन्सकाे १५.८७ प्रतिशत लाभांश पारित
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश पारित गरेको हो । उल्लेखित बोनश शेयर वितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७६ हुनेछ । साथै साधारणसभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियुक्त भएका छन् । कम्पनीले देशभरमा १५० भन्दा ब९ी स्थानहरुबा६ जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।