मेगा बैंकमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबारसँगै १० प्रतिशतले बढ्यो सेयर मूल्य
काठमाडौं । बिहीबारको सेयर बजारमा लगानीकर्ताहरु एकाएक मेगा बैंकको सेयरमा झुम्मिएका छन् । सो दिन लगानीकर्ताको आकर्षणसँगै बैंक विभिन्न चार शीर्षकमा अग्रस्थानमा देखिएको छ । बैंक टप ट्रनओभर, टप भोल्युम, टप ट्रान्जेक्सन र टप गेनरको अग्रस्थानमा रहेको छ । बैंकको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ छ । जसको दिनभर ८९७ पटकको कारोबारमा कूल २ लाख २५ हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जुन अन्य कम्पनीको तुलनामा सर्वाधिक हो । त्यस्तै, सर्वाधिक कारोबार भएको मेगा बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २२.५० रुपैयाँले बढी हो । इन्भेष्टमेन्टसँग मर्जको हल्लाले उचालियो मेगा बैंकको सेयर मूल्य समग्रमा बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले बढी हो । त्यस्तै, बजारमा कूल ८८ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा कम हो । सो दिन अर्थात जेठ ६ गतेको बजारमा ९३ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा केही समूह हरिया देखिएका छन् भने केही राता देखिएका छन् । विकास बैंक, फाइनान्स, होटल्स एण्ड टुरिजम, हाइड्रोपावर र अन्य समूहबाहेक सबै समूह हरिया देखिएका छन् ।
सूर्या लाइफको सर्वाधिक कारोबार हुँदा एनटीसीसहित ५ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । बिहीबारको सेयर बजारमा सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन सो दिन कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । बजारमा कूल २३२ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसको कूल १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको शीर्ष स्थानमा सूर्या लाइफसँगै दोश्रो र तेश्रो स्थानमा दुई वाणिज्य बैंक छन् । दोश्रो स्थानमा रहेको एनआईसी एशियाको ६ करोड ७३ लाख रुपैयाँ र तेश्रोमा रहेको नबिल बैंकको ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका तीन वटै कम्पनीको सेयर मूल्य भने घटेको छ । बुधबारको तुलनामा सूर्या लाइफको सेयर मूल्य घटेर प्रतिकित्ता ५८२ रुपैयाँ, एनआईसी एशियाको प्रतिकित्ता ७६४ रुपैयाँ र नबिल बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ९०१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो । घट्दो बजारलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बुधबार दिएको एक अभिव्यक्तिले थप मद्दत गरेको देखिन्छ । उनले बुधबार एक कार्यक्रममा बोल्दै बैंकको व्याजदर बढ्न सक्ने भनेसँगै त्यसको असर बिहीबारको बजारमा परेको हुन सक्छ । यद्दपि बजार भने घट्दो क्रममा नै रहेको थियो । घटेको बिहीबारको बजारमा ५ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । बजारमा एनटीसीसहित ५ कम्पनीको सेयर मूल्य बुधबारको तुलनामा बढेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १.२७ प्रतिशत, कालिका पावर कम्पनीको ०.९८ प्रतिशत, न्यादी ग्रुप पावरको ०.७१ र नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर मूल्य ०.२० प्रतिशतले बढको छ । बिहीबार घलेम्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी प्रतिशत अर्थात ६.८६ प्रतिशतले घटेर प्रतिकित्ता २१३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । फाइनान्सको हकप्रद सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । सो प्रयोजनको लागि संस्थाको सेयर मूल्य समायोजन भई प्रतिकित्ता ३११.१८ रुपैयाँमा पुगेको छ । सोमबारको बजारमा संस्थाको सेयर प्रतिकित्ता ४५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बैंशाख २० गते बुक क्लोज गर्दै छ । यससँगै बैशाख १९ गतेसम्म कायम सेयरधनीले संस्थाले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
एनएलजी इन्स्योरेन्ससहित ६ लघुवित्तको सेयर मूल्य बढ्यो
काठमाडौं । सोमबारको बजारमा कूल ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । दोहोरो अंकले घटेको बजारमा पनि एनएलजी इन्स्योरेन्ससहित ६ लघुवित्तको सेयर मूल्य बढेको हो । जसमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ११४.२० रुपैयाँले बढेर प्रतिकित्ता १२५६.८० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएजली इन्स्योरेन्सको १.०७ प्रतिशतले बढेर प्रतिकित्ता ७५८ रुपैयाँ पुगेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको २र२ प्रतिशत, सबैको लघुवित्त वित्तीय संस्थाको १.८६ प्रतिशत, नेरुडे लघुवित्त वित्तीय संस्थाको ०.४१ र माहुली लघुवित्त वित्तीय संस्थाको ०.३१ प्रतिशतले सेयर मूल्य बढेको छ । समग्रमा नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशतले घटी हो । सोमबारको बजारमा कारोबार शुरु भएदेखि नै सेयर बजारमा निरन्तर रुपमा ओरालो लागेको हो । त्यस्तै, कारोबारमा आएका सबै समूहहरु राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ३४२.२५ बिन्दुले घटेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको सेयर कारोबार १ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो कारोबारमा बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५१ रुपैयाँले घटेर प्रतिकित्ता ४५९ रुपैयाँमा झरेको छ ।
सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०७९.१७ रुपैयाँ पुगेको छ । जुन मूल्य प्रतिकित्ता १२९५ रुपैयाँलाई आधार मानेर गरिएको हो । यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५४४.३४ रुपैयाँ पुगेको छ । जुन मूल्य प्रतिकित्ता ५७७ रुपैयाँलाई आधार मानेर गरिएको हो । यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।
एकैदिन ९५ अंकले बढ्यो नेप्से परिसूचक, २७ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । लामो समयपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । निरन्तर घटीरहेको नेप्से परिसूचक आइतबार भने ९५.४६ अंकले बढेर २४२०.९१ बिन्दुमा पुगेको छ । जुन प्रतिशतको आधारमा ४.११ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि ५६.१७ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारमा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आइतबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको एकैदिन २२ करोड रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएको हो । र, उक्त सेयरको मूल्य प्रतिकित्ता १८५ रुपैयाँ छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको एकैदिन ११ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ९६२.९० रुपैयाँमा भएको हो । त्यस्तै, कारोबार खुलेदेखि बढेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेष्ठो लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेसन बाहेक कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढेको छ । सेयर मूल्य बढ्नेमध्ये २७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा पनि १० वटा कम्पनीको ठ्याक्कै १० प्रतिशतले सेयर मूल्य बढेको छ भने बाँकीको १० प्रतिशत हाराहारीले मूल्यमा वृद्धि भएको छ । सेयर मूल्य १० प्रतिशतले बढ्नेमा नेशनल हाइड्रो पावर कम्पनी, वेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रो, यूनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रो पावर कम्पनी छ । त्यस्तै, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर्स, पोखरा फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, बरुण हाइड्रोपावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, यूनाईटेड मोदी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण काबेली पावर, गुराँस फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३४.३७ अंकले बढेको छ भने सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड समूह रहेको छ । सो समूह ०.३१ अंकले बढ्न सफल भएको छ ।
बोनसको लागि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर प्रतिकित्ता ६४५ रुपैयाँमा भएको थियो । यससँगै अबको बजारमा कम्पनीको सेयर किन्नेले गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।
नयाँ सारथी लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १०७४.१२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १२७८.२० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता १०७४.१२ रुपैयाँलाई आधार मानेर हुने छ ।
७३ अंकको उतारचढावबीच बढ्यो कारोबार रकम, यूनिलिभरसहित १० कम्पनीको सेयर मूल्यमा सुधार
काठमाडौं । मंगलबारको बजारमा ७३.४९ अंकको उतारचढाव देखिएको छ । दिनभरको कारोबारमा नेप्से परिसूचक अधिकतम २५०७.७६ देखि न्यूनतम २४३४.२७ बिन्दुसम्ममा झरेको हो । र, बजार बन्द हुँदा परिसूचक अघिल्ल्लो दिनको तुलनामा ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा अडिएको छ । जुन १.८६ प्रतिशतले घटी हो । सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ९ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा भने १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा लगानीकर्ता आत्तिएकाले कारोबार रकम बढ्न पुगेको हो । दैनिक रुपमा बजार घट्न थालेसँगै लगानीकर्ताहरु डराएर घाटामै भएपनि सेयर बेच्न थालेपछि त्यसको प्रभाव कारोबार रकममा देखिएको हो । एक घण्टामै ४३ अंकले घट्यो बजार, ८ कम्पनी बाहेक सबै राताम्मे त्यस्तै, मंगलबारको बजारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । त्यस्तै, घटेको बजारमा म्युचुअल फण्ड तथा ऋणपत्र बाहेकका १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । जसमा राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिलिभर नेपाल, सोल्टी होटल, एनएलजी इन्स्योरेन्स, साञ्जेन जलविद्युत कम्पनी, ओरियन्टल होटल र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सोमबारको तुलनामा बढेको हो । यसमध्ये राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १०र१० प्रतिशतले बढेको हो । बजारमा इमर्जिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता १३२३ रुपैयाँमा झरेको छ । यता कारोबारमा आएका समूहहरु मध्ये होटल्स एण्ड टुरिजम समूह १५ अंकले बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।
एक महिना नबित्दै ३२६ प्रतिशतले बढ्यो इमर्जिङ नेपालको सेयर मूल्य, सेबोनले राख्यो ‘वाचलिस्ट’मा
काठमाडौं । पछिल्लो समय घट्दो बजारमा इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर रुपमा बढिरहेको छ । हालै प्राथमिक बजारमा आईपीओ जारी गरेर दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयर मूल्य एक महिना नबित्दै ३२६.६१ प्रतिशतले बढिसकेको छ । इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समूह अन्तर्गतको नयाँ कम्पनी हो । कम्पनीले गत माघमा मात्रै सर्वसाधारणलाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको कम्पनी दोश्रो बजारमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै कम्पनीले २०७८ फागुन २२ गतेदेखि दोश्रो बजारमा कारोबार शुरु गरेको थियाे । पहिलो दिन कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८७.१० रुपैयाँमा भएको थियो । त्यसदेखि यताको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढ्दो क्रममा छ । फागुन २२ देखि चैत १७ गतेसम्मको अवधिमा कम्पनीको सेयर प्राय जसो सर्किट लेभलमा नै कारोबार भएर बन्द भएको थियो । यससँगै, हालसम्म अर्थात् चैत १७ गतेसम्म कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । र, शुरुवाती सेयर मूल्यको तुलनामा ९३७.७ रुपैयाँले बढी हो । कम्पनीको सेयर मूल्य मात्रै नभई कारोबार रकम र कारोबार संख्या पनि बढ्दो चरणमा देखिएको छ । चैत १७ गतेको बजारमा मात्रै कम्पनीको सर्वाधिक कारोबारसँगै कारोबार संख्या पनि सर्वाधिक छ । ५ हजार ३६० पटक खरिद बिक्री भएको कम्पनीको सेयर एकैदिन ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । के भन्छन् लगानीकर्ता ? दोश्रो बजारमा कम्पनीको कूल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत भएदेखि नै सेयर मूल्य निरन्तर बढेर नयाँ नयाँ रेकर्ड राखेसँगै कम्पनीको सेयरमा चलखेल भइरहेको हो कि भन्ने लगानीकर्तामा परेको छ । थोरै सेयर भएको कम्पनीको सेयर मूल्य लगातार बढेसँगै कम्पनीको सेयरमा कर्नरिङ भएको हो कि भन्ने आशंका हुनु स्वभाविक कुरा पनि हाे । लगानीकर्ता दिपेन्द्र अग्रवाल भने बजारमा आपूर्ति कम भएको कारणले पछिल्लो समय इमर्जिङ नेपालको सेयर मूल्य बढिरहेको बताउँछन् । ‘बजारमा सप्लाई नभएर हो इमर्जिङको सेयर मूल्य बढेको,’ उनले भने । उनका अनुसार अहिले भइरहेको इमर्जिङको कारोबारलाई चलखेल तथा सेयर कर्नरिङ केही पनि भन्न मिल्दैन । तर, सेयर मूल्य बढिरहेको यो कम्पनीमा नयाँ लगानीकर्ताहरुलाई नफस्न् उनले आग्रह गरेका छन् । ‘इमर्जिङको कारोबारलाई कर्नरिङ भन्न मिल्दैन, किनभने राष्ट्र बैंकको नियममा एउटा व्यक्ति, संस्था वा घर परिवारले कुनै पनि कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर राख्छ भने मात्रै त्यसलाई सेयर कर्नरिङ भन्न मिल्छ, मलाई जहाँसम्म लाग्छ अहिलेसम्म नेपालमा सेयर कर्नरिङ भएको छैन, कर्नरिङ गर्ने ग्रुप नै छैन,’ अग्रवालले भने । यता नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले भने कम्पनीको बढ्दो सेयर मूल्यको बारेमा खासै जानकार नभएको बताएका छन् । ‘धेरै दिनदेखि यो कम्पनीको सेयरमा सर्किट लागिरहेको छ भन्ने मात्रै थाहा छ, के कारणले लागेको छ मैले अध्ययन गरेको छैन,’ पूर्वअध्यक्ष रौनियारले भने । तर, लगानीकर्ताले भने निरन्तर सर्किट लागेको कम्पनीमा लगानी गर्दा विचार पुर्याउनु पर्ने उनको भनाई छ । ‘लगानीकर्ताहरु सर्किट लागेकोतिर लाग्नुभन्दा कम्पनीको वोर्थ कति छ, १२०० रुपैयाँ पुग्ने वोर्थ छ कि छैन, विचार गर्नुपर्छ,’ उनी भन्छन् । दोश्रो बजारमा कम्पनीहरुको सेयर मूल्यमा के कारणले दैनिक सर्किट लागि रहेको छ, कसले किन ठूलो भोल्युममा किनबेच गरिरहेको छ, भन्ने विषयमा लगानीकर्ताले भन्दा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अध्ययन गर्नुपर्ने लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष रौनियार बताउँछन् । यता नियामक निकाय धितोपत्र बोर्डले भने यस विषयमा अध्ययन भइरहेको बताएको छ । ‘हामीले कम्पनीको पछिल्लो समय कारोबार भइरहेको मुभमेन्टलाई नियालिरहेका छौं, तर के भइरहेको छ भन्नेमा अझैपनि निर्क्योल निकाल्न सकेका छैनौं, अहिले कारोबारको ट्रेन्ड हेर्दैछौं, त्यसपछि मात्रै थाहा होला,’ बोर्ड उच्च श्रोतले भन्यो । सेयर कर्नरिङ भनेको के हो ? सेयर कर्नरिङ ठूलो कम्पनीमा नभई सानो कम्पनीहरुमा मात्रै हुने सम्भावना बढी हुन्छ । कुनै कम्पनीको चुक्ता पुँजी कम छ, बजारमा सेयर कम छ भने र कम्पनीको आकर्षण बढ्दो छ भने त्यस्तो कम्पनीमा सेयर कर्नरिङको आशंका बढी हुन्छ । जस्तै, कुनै एउटा सानो कम्पनीको सेयर साथी साथी मिलेर या कुनै ग्रुप मिलेर सबै उठाउने र बजार बढेपछि मात्रै बेच्ने उद्देश्यले गरिएको कामलाई सेयर कर्नरिङ भन्न मिल्छ । ठूलो परिणामको सेयर हुने भएकोले बैंक तथा वित्तीय संस्थामा भने कर्नरिङ हुँदैन । यद्यपि, सेयर कर्नरिङको विषयमा सेबोनसँग पनि स्पष्ट परिभाषा नभएको पूर्वअध्यक्ष रौनियार बताउँछन् । तर, बजारमा क-कसले लगानीको नाममा बद्मासी गरिरहेको छ भन्ने विषयमा नियामक निकाय सेबोन, बजार सञ्चालक नेप्सेले नीति नियम बनाएर कारवाही गर्नुपर्ने उनको भनाई छ ।
एनटीसी र जीवन विकास लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एनटीसीको २० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२०.८३ रुपैयाँ कायम भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तिको ७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३ हजार रुपैयाँ कायम भएको छ । यससँगै आइतबारको बजारमा यी दुई कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।
लाभांश प्रस्ताव गरेकै दिन उच्च अंकले घट्यो एनटीसीको सेयर मूल्य
काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेकै दिन सेयर मूल्य उच्च रुपमा घटेको छ । कम्पनीले इतिहासमै पहिलो पटक सेयर लाभांश प्रस्ताव गरेकै दिन सेयर मूल्यमा भारी गिरावट आएको हो । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ । कम्पनीको सेयर मूल्य घटेर १६२६ रुपैयाँमा आएको छ । मंगलबार टेलिकमको २ लाख ३ हजार कित्ता सेयर कारोबार हुँदा ३४ करोड २३ लाख रुपैयाँको किनबेच भएको छ । सेयर लाभांशको सूचना चुहाएर टेलिकममा ठूला लगानीकर्ताले सेयर मूल्य बढाएको र लाभांश घोषणापछि बिक्री गर्न थालेपछि सेयर मूल्य घटेको आंशका गरिएको छ । कम्पनीको सूचना चुहाएर एकवर्ष यताकै महँगो मूल्य १७९९ सम्म सेयर मूल्य पुगेको थियो । टेलिकमको ९७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
पहिल्यै सुचना चुहिदा टेलिकको सेयर मूल्य एक वर्षमै दोब्बर, कति दिदैछ बोनस सेयर ?
काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिइनेछ । संचालक समितिको यो निर्णय सम्बन्धित नियामक निकायको स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जानेछ । कम्पनीले आगामी चैत २४ गते वार्षिक साधारणसभा बोलाएको छ । टेलिकमको बोनस सेयर चैत ९ सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् । कम्पनीको अहिले चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । २० प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीमा सरकारको ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । कम्पनीले बोनस सेयर दिएपछि सरकारले पाउने नगद लाभांश कम हुनेछ । सरकारका आम्दानीका स्रोत खुम्चिएर राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था भएको समयमा राम्रो नाफा गरिरहेका कम्पनीबाट सरकारले नगद लाभांश नपाउने अवस्था सिर्जना हुँदा सरकारको आम्दानी प्रभावित हुनेछ । यद्यपि, टेलिकमले बोनस सेयर दिएको भने यो पहिलो पटक हो । यसअघि कम्पनीले नगद लाभांश मात्रै दिएको इतिहास छ । टेलिकमले यसपाली बोनस सेयर दिदैछ भन्ने सु्चना पहिला नै बाहिरिएको थियो । यसरी सुचना वाहिरिएपछि कम्पनीको सेयर मूल्य बढेको देखिन्छ । गत जनवरी २ मा टेलिकमको सेयर मूल्य प्रतिकित्ता १३०३ रुपैयाँ थियो । कम्पनीले बोनस सेयर दिदैछ भन्ने सुचना बाहिरिएपछि मूल्य बढेर २२ फेब्रुअरीमा प्रतिकित्ता १७९९.९ रुपैयाँसम्म पुग्यो । एक वर्षको बीचमा कम्पनीको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता ९७२ रुपैयाँ थियो । मार्च १४ (हिजो) कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२९.९ रुपैयाँसम्म पुगेको थियो भने प्रतिकित्ता १७१४ मा कारोबार बन्द भएको थियो । कम्पनीले बोनस सेयर दिने हल्ला चलेपछि एक वर्षको अवधिमा सेयर मूल्य करिब दोब्बर भएपनि कम्पनीले दिने लाभांश भने घट्न थालेको छ । कम्पनीले यसअघि ५० प्रतिशतभन्दा बढीको लाभांश दिने गरेको भएपनि यसपाली भने ४० प्रतिशत मात्रै दिने घोषणा गरेको छ ।
एनएलआईसीएलको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसीएल) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । उक्त समायोजित मूल्य पछिल्लो कारोबारको अन्तिम मूल्यलाई आधार मानेर गरिएको हो । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १०२० रुपैयाँमा भएको थियो । यससँगै उक्त सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भएपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छन् ।
हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार मानेर गरिएको हो । यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।
सेयर बजारमा छायो हरियाली, १० प्रतिशतले बढ्यो न्यादी हाइड्रोको सेयर मूल्य
काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । गत सातादेखि निरन्तर घटेर राताम्मे भएको बजारमा फागुन ३ गते भने हरियाली छाएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढी हो । परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६८ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार ३ अर्ब २३ करोडको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएका मध्ये हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ भने केहीको घटेको छ । कारोबारमा आएकामध्ये न्यादी हाइड्रो पावरको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८९.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४४.५० रुपैयाँले बढी हो । यता कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १८७.०३ अंकले बढेको छ ।
लघुवित्तहरुको सेयर मूल्य स्वभाविक छैन, पूँजी वृद्धि आवश्यक छः सीईओ ओझा
तीन दशकसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका बैंकर ज्योतिचन्द्र ओझा हाल आरएमडीसीको सीईओको रुपमा कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंकमा वि.स २०४० सालमा ७औं तहको अधिकृतको रुपमा प्रवेश गरेका उनले २०७० सालमा सोही बैंकको कार्यकारी निर्देशकबाट अनिवार्य अवकाश पाए । राष्ट्रिय वाणिज्य बैंकमै हुँदा उनले नेको इन्स्योरेन्सको अध्यक्ष, ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक हुने अवसर पनि प्राप्त गरे । त्यस हिसावले पनि बैंकर ओझासँग बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रको बारेमा पनि राम्रो दख्खल छ । २०७१ सालमा आरएमडीसीमा सीईओको रुपमा प्रवेश गरेका ओझा एक अब्बल र अनुभवी बैंकरका रुपमा परिचित छन् । आरएमडीसीमा सीईओ ओझाको दोस्रो कार्यकाल पनि अब केही समयपछि सकिँदैछ ।उनै ओझासँग आरएमडीसीको आन्तरिक विजेसन र समग्र लघुवित्तको विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । लघुवित्तहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आरएमडीसी र समग्रमा लघुवित्तहरुको वित्तीय विवरण कस्तो आयो ? प्रकाशित वित्तीय विवरणहरुका अनुसार सबैको ग्रोथ राम्रै छ । हामी पनि आरएमडीसीको ग्रोथमा सन्तुष्ट नै छौं । रिपोर्टमा कुनै समस्याहरु नदेखिए पनि हामी माझ केही चुनौतिहरुपक्कै पनि छन् । अहिले तरलताको समस्याले पनि लघुवित्तहरुलाई केही गाह्रो भएको देखिन्छ । लघुवित्तहरुमा फण्डको व्यवस्थ नहुँदा आगामी दिनहरुमा समस्या हुने देखिन्छ । लघुवित्तहरुको लगानी बढी जसो विपन्न वर्ग खासगरी महिलाहरुमा बढी जान्छ । ती विपन्न वर्गहरु संलग्न भएको लघुवित्तहरुमा भोलिको दिनमा उनीहरुलाई लगानी गर्न नसक्ने अवस्था आयो भने समस्या सिर्जना हुन सक्छ । अहिलेको तरलताको संकटले लघुवित्तहरुले पनि पैसा पाइरहेका छैनन् । नेपालमा लघुवित्तहरुको कर्जाको स्रोत नै वाणिज्य बैंकहरु नै हुन् । अहिले आफ्नो पूँजी र सदस्यहरुको बचत परिचालनबाट ५० प्रतिशत जति र ‘एक्स्ट्रनल बरोइङ’बाट ५० प्रतिशतले जति धानेको छ । श्रोतको व्यवस्थाको लागि सबै स्टेक होल्डर, बैंक तथा वित्तीय संस्थाले सोच्नु पर्छ । नेपालको वित्तीय पहुँच र वित्तीय साक्षरतामा लघुवित्तहरुको ठूलो योगदान छ । अरु बैंक तथा वित्तीय संस्थाले धितोमाा ऋण दिने र लघुवित्तले विनाधितमो कर्जा दिने गरेका छन् । अरुले नपत्याएको क्षेत्रलाई हामीले कर्जा दिइरहेका छौं । लघुवित्तहरुले विनाधितो कर्जा दिन्छन् भन्नुभयो, धितो राखेकै कर्जामा त जोखिम हुन्छ भनेपछि विनाधितोमा कर्जामा त झन बढी जोखिम होला नी ? लघुवित्तहरुले विनाधितो कर्जा दिने भएपनि यसमा सामुहिक जमानी हुन्छ । लघुवित्तहरु ग्रामिण मोडलमा सञ्चालित हुन्छन् ।समूहले निर्णय गरेर आउनुहुन्छ, सो समूहका सबैलाई जमानी राखेर लघुवित्तहरुले ऋण प्रवाह गर्छन् । कर्जा दिँदा पनिसल्लाहमा दिइन्छ । एकले अर्कालाई सहयोग पनि गर्छन् । समूहहरुको नियमित बैठक पनि हुन्छ । यसले पनि नियमित फलोअप गर्न सहयोग पुग्छ । कसले के काम गरिरहेको छ । सोही समूहले पनि जानकारी पाउँछ । उसले ऋण तिरेन भने हामीलाई पनि दवाव पर्छ भनेर उनीहरुले ऋण तिर्ने माहोल सिर्जना गर्छन् । सो समूहले नै एकअर्काबीच समन्वय गर्छन् । यो प्रक्रियाले पनि हामीलाई कर्जा असुलीमा धेरै समस्या हुँदैन । ऋणमा जोखिम पनि कम हुन्छ । लघुवित्तको नेपालमाराम्रो अभ्यास छ । लघुवित्तमा वित्तीय अनुशासन राम्रो छ । हाम्रो मेकानिज्म राम्रोे छ । तर, कहिलेकाहीँ केही जोखिम सिर्जना हुने उदाहरणहरु भने हुनु सामान्य नै हो । बैंकिङ व्यवसाय आफैमा जोखिममा आधारित क्षेत्र नै हो । लघुवित्तहरुले दिने सबै प्रकृतिको कर्जा विनाधितो नै होकी केही निश्चित ‘अमाउन्ट’ मात्रै हो ? लघुवित्तहरुले कुल लगानीको ३३ प्रतिशत कर्जा धितो लिएर नै ऋण प्रवाह गर्न सक्ने व्यवस्था छ । धितो लिएर ठूलो कर्जा मात्रै जान्छ । त्यसवाहेकको धितोविना नै लगानी हुन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको संकट छ, बैंक तथा वित्तीय संस्थाहरुले नै कर्जा लगाी गर्न पैसा नपाइरहेको अवस्थामा तपाईंहरु कसरी लगानी गरिरहनु भएको छ, पैसा कहाँबाट ल्याउँदै हुनुहुन्छ ? अहिले हामी पनि खुम्चिएका छौं ।हामीले कर्जा लिने भनेको पनि बैंक तथा वित्तीय संस्थाहरुबाट नै हो । हाम्रो लगानी पनि धेरै हुन्छ । त्यस वाट हाम्रो किस्ता तथा व्याज आइरहेको हुन्छ । त्यसबाट नै हामी काम गरिरहेका छौं । धेरैका माग सम्बोधन गर्न त सकेका छैनौं । तर, केहीकामाग पुरा गरिरहेका छौं । फण्डहरु जुटाउन नै हामी प्रयत्न गरिरहेका छौं । लघुवित्तहरुले राष्ट्र बैंकबाट पाएको सहुलियतहरु तपाईंहरुका ग्राहक तथा कृषकहरुले पाउँदैनन् भन्ने विषय पनि व्यापक रुपमा सुनिन्छ, तपाईंहरु आफ्नै नाफा मात्रै किन हेर्नुहुन्छ ? रिटेल व्यवसाय गर्ने संस्थाहरुले बाहिरबाट कतिमा लिएका हुन्छन् ? उनीहरुको कष्ट अफ फण्ड कति छ ?त्यसमा सञ्चालन खर्च जोडेर उनीहरुले लगानी गर्ने हो । यसमा राष्ट्र बैंकले सीमा तोकेको छ । लघुवित्तमा स्वस्थ प्रतिस्पर्धा छ । सोही अनुसार हामीले शुल्क पनि लिने हो । हाम्रो अभ्यास एकदमै फेयर नै छ । नेपालमा लघुवित्तको जस्तो फेयर अभ्यास अरुकमै होला । आरएमडीसी लघुवित्तको लगानी कुन क्षेत्रमा बढी छ ? हामीले लगानी गर्ने भनेको विभिन्न लघुवित्तहरुर सहकारीहरुमा नै हो । उहाँहरुले नै कृषि र पशुपालनामा बढी लगानी गरेका छन् । हामीले हाम्रा ग्राहकहरुलाई पैसा मात्रै दिँदैनौं । उनीहरुको सीप विकास, क्षमता अभिवृद्धिका लागि पनि काम गर्दै आएका छौं । तालिम दिने, फिल्डमा गएर अनुगमन पनि गर्दै आएका छौं । विभिन्न व्यक्ति तथा संस्थाहरुले जुन प्रयोजनका लागि लघुवित्तहरुबाट ऋण लिएका हुन्छन् सो प्रयोजनमा त्यो रकम खर्च नभएको विषय पनि बेला बखत उठ्छ, फिल्डमा जाँदा यस्तो परिपाटी कत्तिको देख्नुहुन्छ ? हो, कहिले काँही त्यस्तो प्रवृति पनि हामी भेट्टाउँछौं । हामी होलसेल गर्ने संस्था भएकोले हामीले संस्थालाई कर्जा दिने हो । रिटेलबाट प्रवाह हुने कर्जामा त्यस्तो परिपाटी केही मात्रामा भेटिन्छ । व्यापक रुपमा भने छैन । सहकारीलाई तपाईंहरु पाटर्नरका रुपमा लिनुहुन्छ । तर, सहकारी र लघुवित्तहरुको काम कारवाही एउटै भयो भनेर पनि विभिन्न समयमा प्रश्न गरिन्छ । यी दुवैको औचित्य किन ? नेपालमाअझै पनि वित्तीय पहुँच र वित्तीय साक्षरता एकदमै आवश्यक छ । कुनै व्यक्तिसँग सीप छ, क्षमता छ । तर, उसले पैसा पाएको हुँदैन । नेपालमा लघुवित्त र सहकारीहरुको विकासले वित्तीय पहुँचमा ठूलो सहयोग पुगेको छ । यो प्रतिस्पर्धा हो । सेवाग्राहीलाई यो ‘च्वाइस’ गर्न मिल्ने अवसर पनि हो । पहिले थोरै बैंक हुँदा कर्जा पाउन पनि गाह्रो थियो । तर अहिले ऋण पाउन पनि सजिलो छ । यो सहरकारी र लघुवित्तहरुको कारणले सम्भव भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिसन गर्ने विषयलाई प्राथमिकता दिइहरेको छ । लघुवित्तहरु पनि दिनप्रतिदिन घटिरहेको छन् । लघुवित्तहरु कतिसम्म हुनु पर्छ भन्ने तपाईंहरुको माग हो ? मर्जर तथा एक्विजिसन स्वभाविक हो । पूँजी कम भयो भने संस्थामा समस्या हुन्छ । एउटा संस्थामा समस्या हुने वित्तीकै प्रणालीमै समस्या आउँछ । सानो डुङ्गा छ, तर, नदिमा ठूलो छाल आयो भने डुङ्गा डुब्न सक्छ । संस्था हरेक किसिमबाट बलियो बनाउन र सुदृढ गर्नको लागि नै राष्ट्र बैंकले यो नीति ल्याएको हो । यसमा हामी सबैले सहयोग गर्नुपर्छ । नेपालमा ४०/५० लघुवित्त आवश्यक छ जस्तो मलाई लाग्छ । वित्तीय तथा लघुवित्तहरु ‘कोर बैंकिङ’ भन्दा पनि सेयर कारोबारमै व्यस्त भए भन्ने आरोप पनि आउँछ नी ? होइन, आफ्नो मुख्य काम छोडेर सेयरमा कारोबार गरेका छैनन् । पुँजी कम भएको र कारोबार धेरै भएको हुनाले लघुवित्तहरुको लाभांश बढी छ । यसले पनि सेयरको मूल्य बजारमा बढी छ । लघुवित्त नै गर्ने काम छोडेर सेयर कारोबार भने गरिरहेका छैनन् । अहिले राम्रा–राम्रा वाणिज्य बैंकहरुको सेयर मूल्य कम छ । तर, सानो लघुवित्तको सेयर मूल्य राम्रो बैंकको भन्दा लगभग दोव्वर नै देखिन्छ, तपाईंले यसको कारण के देख्नु भएको छ ? सुरुमा त लघुवित्तहरुमा सेयरधनी थोरै हुन्छन् । कारोबार धेरै छ । पूँजी पनि कम भएपछि लाभांश पनि राम्रै दिन्छन् । लाभांश धेरै आउने रहेछ भनेर पनि लगानीकर्ताहरु लघुवित्ततर्फ आएका हुन सक्छन् । सेयरको मूल्य मार्केटले बढाएको हो ।संस्थाका विभिन्न सूचक तथा स्ट्रेन्थभन्दा पनि सर्टटर्मकै फाइदा हेर्न भएकोले पनि सेयर मूल्यमा यस्तो भएको हुनसक्छ । वाणिज्य बैंकहरुको न्यूनतम ८ अर्ब पँजी भइसक्यो । उनीहरुले लाभांश वितरण गर्दा त्यसको आधारमा लाभांश वितरण हुन्छ । लघुवित्तहरुको पुँजीको तुलनामा कारोबार बढी छ । सेयरधनीको पुँजी कम तर कारोबार बढी भएको कारणले उनीहरुले लाभांश बढी दिन सक्ने भए । लाभांशकै कारणले लघुवित्तहरुको मूल्य बढेको हुनसक्छ । लघुवित्तहरुको अहिलेको सेयर मूल्य स्वभाविक हो ? यसलाई म स्वभाविक पनि भन्दिन । मार्केटले लाभांश हेरेर लगानी गरेको होला । नेपाली सेयर बजार त्यति परिपक्क भइसकेको छैन । दीर्घकालीनभन्दा पनि अल्पकालीन रुपमासेयर बजार चलेको छ । हल्लाको भरमा सेयर लगानीकर्ताले लगानी गरिरहेको अवस्था छ । लघुवित्तहरुको दीगो विकासका लागि पूँजी आवश्यक छ । सेयर बजार पूँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो । यसमा सबै नियकाहरुले ध्यान दिनु पर्छ । हाम्रो हेर्ने दृष्टिकोण परिपक्क नभएको कारणले पनि केही समस्या आएको हुन सक्छन् । समग्रमा सेयर बजार विकासको क्रममा छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेसँगै नाफा घट्यो भन्ने विषय छ नी, यो कति यर्थाथ हो ? यसले खासै असर गरेको छैन । राष्ट्र बैंकले जुन संस्थाहरु जुन उद्धेश्यका लागि स्थापना भएका हुन् तिनीहरुको प्राथमिकता त्यसैमा होस् भन्ने किसिमबाट यस्तो गरेको हालो । त्यो व्यवस्था नै नाफा घटेको हो जस्तो मलाई लाग्दैन अहिले बैंक तथा बीमा क्षेत्रमा पूँजी वृद्धिको चर्चा छ, लघुवित्तहरुको पूँजी बढाउन आवश्यक छ कि छैन ? लघुवित्तहरुको पूँजी बढाउन एकदमै आवश्यक छ । यति नै पूँजी बढाउनु पर्छ भन्दा पनि पूँजी वृद्धि हुुनु भनेको संस्था बढ्नु हो । संस्थासँग जति धेरै पूँजी छ कारोबार पनि बढ्छ । संस्था बलियो र सुदृढ बनाउनका लागि संस्था हरेक तबरबाट सक्षम हुनुपर्छ ।नाफा बढाउनेभन्दैमा पनि निक्षेपभन्दा बढी लगानी गर्नु भएन । आफ्नो मापदण्डमा बस्नु पर्छ । सधैं नाफा मात्रै हेरेर पनि हुँदैन । संकटको बेला बाँच्न सक्नु नै ठूलो कुरा हो । आरएमडीसीको अहिलेको नाफालाई नै आधार मानेर हेर्दा यस लघुवित्तका सञ्चालकले यो वर्ष कतिसम्म लाभांश पाउन सक्छन् ? प्रत्येक वर्ष हाम्रो लाभांश राम्रो रहेको छ । हामीले गत वर्षको नाफाबाट २५ प्रतिशत दिएका छौं । अब यो वर्ष यति नै दिन्छौं भनेर अहिले नै भन्न सकिने अवस्था छैन । भोलिको दिनमा नियामकले कुनै नयाँ व्यवस्था गर्ला वा अझै कुनै संकट आउन सक्ला । त्यसैले अहिले यति नै दिन सक्छौं भन्न सकिन्न । लघुवित्त र सहकारीहरुको व्याजदरको विषयमा समय–समयमा प्रश्नहरु उठ्छन्, विपन्न नागरिकहरुबाट नै चर्को व्याज लिने गुनासो तपाईंहरुमाथि छ, लघुवित्तहरुको व्याजदर कम गर्न सकिँदैन ? संसारकै लघुवित्तहरुको व्याजदर हेर्ने हो भने सायद नेपालमै सबैभन्दा कम होला । यो विषयमा ठूलो भ्रमबीच हामी बाँचिरहेका छौं । लघुवित्तहरुमा व्याजभन्दा पनि भनेको बेला र चाहेको जति पाउने विषय महत्वपूर्ण हो । लघुवित्तहरुले घरमै गएर ऋण दिइरहेका छन् । लघुवित्तहरुको विकास र व्यवस्थापनका लागि सम्बन्धित निकायहरुबाट के कस्तो पहल हुन आवश्यक छ ? सरकार, नियामक र लघुवित्तहरुले पनि अब स्रोतसाधनकोउपलब्धतामा ध्यान दिनु पर्छ । लघुवित्त फण्ड स्थापना गरेर कर्जा प्रवाह गर्न सकिन्छ कि भन्ने तर्फ हामीले सोच्नु पर्छ । त्यससँगै लघुवित्तको नियमन पनि चुस्त बनाउन आवश्यक छ । यो क्षेत्रमा केही समस्या पनि छन् । एउटै व्यक्ति ५÷६ संस्थाबाट ऋण लिने परिपाटी छ । यस्ता विभिन्न समस्याहरु समाधानका लागि सम्बन्धित निकायबाट पहल हुन जरुरी छ । लघुवित्तहरुले अब पैसा दिने मात्रै भन्दा पनि त्यससँगै वित्तीय साक्षरता र क्षमता अभिवृद्धिको विषयमा प्राथमिकता दिनु पर्छ । तब मात्र लघुवित्तहरु प्रभावकारी हुन सक्छन् । आरएमडीसीमा तपाईं सीईओको रुपमा आइसकेपछि संस्थाको मुहार कत्तिको फेकियो ? आरएमडीसी थोक कर्जा प्रवाह गर्ने संस्था हो । म २०७१ सालबाट यसमा आवद्ध भएँ । हामीले यसलाई व्यापकप्रभावकारी बनाउने तर्फ काम गरिरहेका छौं । हाम्रा पाटर्नर र कारोबारको वृद्धि सँगै विभिन्न निकायको समन्वयमा क्षमता विकास र लुघवित्तको विकासका लागि पनि हामीले काम गरिरहेका छौं । यो संस्थामा म आवद्ध भइसकेपछि राम्रै रिजल्ट दिएँ जस्तो मलाई महसुस हुन्छ । ग्राहकहरुले चाहेको बेलामा थोक कर्जा दिएका छौं । उहाँहरुको कामको फिल्डमा अनुगमन गरेका छौं । उनीहरुलाई बेला–बेला सहयोग र सल्लाह दिइरहेका छौं । विभिन्न तालिम पनि दिँदै आएका छौं । यो संस्थालाई थप परिस्कृत बनाउन आगामी योजना के कस्ता छन् ? यसलाई अझै व्यापाक रुपमा देशधर नेटवर्क बढाउने र स्थानीय लेभलका सहकारी र वित्तीय संस्थाहरुलाई पाटर्नरका रुपमा अगाडि लैजानेतर्फ हाम्रो ध्यान हुनेछ । हाम्रा ग्राहकहरुको कामलाई स्तरिय वनाउन तर्फ पनि हाम्रो जोड रहनेछ ।
जानकी फाइनान्ससँगै दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जानकी फाइनान्सको १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ६७७.१० रुपैयाँलाई आधार मानिएको संस्थाको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५८८.७८ रुपैयाँ कायम भएको छ । ज्योति लाइफको १० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसको लागि सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता २३३२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १९४३.३३ रुपैयाँ कायम भएको छ ।
बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०५७.६० रुपैयाँलाई आधार मानेर शुरु हुने छ । यसअघि अर्थात माघ ११ गते इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १३२२ रुपैयाँमा भएको थियो ।