नेप्सेमा एक लघुवित्तको २१.५० प्रतिशत सहित २ को बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनमएबि लघुवित्त र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । एनएमबि लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बोनस सेयर बापतको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २१.५० प्रतिशत बोनस र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीको २० प्रतिशत बोनस सेयर बापतको २२ लाख २२ हजार ७१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मेगा क्यापिटलले ९ वटा शाखा विस्तार गर्ने
काठमाडौं । पछिल्लो समय मर्चेन्ट बैंकहरु आफ्नो व्यापार तथा सेवा विस्तार गर्नका लागि आक्रामक रुपमा लागेका छन् । मर्चेन्ट बैंकहरुले विभिन्न अफरको ब्यवस्था गरेका छन् भने अब शाखा विस्तार गरेर नै ग्राहकलाई सेवा दिने भएका हुन् । मेगा क्यापिटल मार्केट्सले पनि शाखा विस्तार गर्ने योजना अघि सारेको छ । क्यापिटलले ९ वटा शाखा विस्तार गरी सेवा संचालन गर्ने योजना गरेको हो । क्यापिटलले आफ्नो व्यापार विस्तार तथा सेवालाई सहज बनाउन ९ वटा शाखा काउण्टर संचालन गर्ने जानकारी दिएको छ । क्यापिटलले मेगा बैंकका ग्राहकको चाप बढी भएका शाखाहरुमा आफ्नो काउण्टर राखेर ग्राहकलाई मर्चेन्ट बैंकका सेवा उपलब्ध गराउने भएको हो । त्यस्तै, मेगा क्यापिटलमार्फत डिम्याट खाता खोल्नेको संख्या झण्डै २ लाख पुगेको क्यापिटलले बताएको छ । क्यापिटलले अर्काे म्युचुअल फण्ड ल्याउने तयारि अन्तिम चरणमा रहेको क्यापिटलले जनाएको छ ।
लक्ष्मी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घट्यो, कति दिने ?
काठमाडौं । लक्ष्मी क्यापिटलले आफ्ना २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन १६ गते सोमबार बसेको संचालक समितिको बैठकले लक्ष्मी बैंक कोष प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको दुई फण्डको लाभांश वितरण गर्ने भएको हो । क्यापिटलले दुवै योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ का लागि कर सहित ५/५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । क्यापिटलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष प्रतिफल घटेको हो । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।