हिमालयन र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई बैंकलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएसँगै अब दुबै बैंकले छिट्टै ऋणपत्र निष्काशन गर्नेछन् । हिमालयन बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न सेबोनबाट अनुमति पाएको हो । बैंकले ‘वार्षिक १०.५ प्रतिशत हिमालयन बैंक बन्ड २०८६’ ऋणपत्र निष्काशन गर्ने छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित मूल्यका दरले २५ लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि र बाँकी १५ लाख इकाई ऋणपत्र व्यक्तिगतका लागि छुट्याएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि बोर्डले अनुमति दिएको छ । बैंकले ‘वार्षिक १०.५ प्रतिशत बीओके डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित मूल्य दरका ११ लाख इकाई ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र ६ लाख ६० हजार कित्ता व्यक्तिगतका लागि छुट्याएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले माग्यो सेबोनको अनुमति, स्थानीयलाई सस्तो पर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता सेयर र सर्वसाधारण लगानीकर्ताका लागि ७५ लाख ४६ हजार ६११ कित्ता सेयर छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४ सय रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्न अनुमति मागेको हो । त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने सेयर मूल्यभन्दा ३५ रुपैयाँ सस्तोमा स्थानीय बासिन्दालाई सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीले साउन ९ गते सोमबार सेबोनमा आवेदन दिएको हो । घोराही सिमेन्टको ३ अर्ब ४५ करोडको सेयर आउँदै, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्दै एक दर्जन कम्पनी, कुनको मूल्य कति ?

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार नेपाल फाइनान्स कम्पनी लिमिटेडको ७० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ७० प्रतिशत हकप्रद बापतको २३ लाख १९ हजार ७५८.०८८ कित्ता सूचीकृत भएको नेप्सले जनाएको छ ।